नेपाली समय:
Flash News

सामाजिक सुरक्षा ऐन सहित श्रम ऐन पनि ल्याउने तयारी भैरहेको छ अध्यक्ष खिलानाथ दाहाल नेपाल ट्रेड युनियन कंग्रेस

नेपाल ट्रेड युनियन कंग्रेसका अध्यक्ष खिलानाथ दाहालको बारेमा कुनै छुट्टै परिचय दिईरहनु पर्दैन । पटक पटकको टे«ड युनियन कंग्रेसको अध्यक्षका प्रत्यासी दाहाल अन्ततः उहाँ सफल हुनु भयो । टे«ड युनियन कंग्रेसको लामो इतिहास पछि उहाँ सानदार बहुमतका साथ निर्वाचित हुनुभयो र निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर बस्नेतलाई सँगठनात्मक जिम्मेवारीबाट विदा गरि एनटियुसीको केन्द्रीय कमाण्ड संभाल्न सफल हुनुभयो । मजदुर अनलाईनका प्रतिनिधिले नेपाली मजदुरहरुका लागि उहाँहरुको संगठनको गतिवधि र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले नेपाली मजदुरका जल्दाबल्दा विषयमा गरेका गतिविधिमा आधारित कुराकानी गरेका छौं ।
Khilanath Dahal-NTUCबन्द क्यासिनोहरु कहिलेसम्म खुल्छन र के मजदुरहरुले ढुक्कको सास फेर्न पाउँने संभावना छ ?
देशको विभिन्न भागमा संचालन हुंदै आएको क्यासिनोहरुमा ८००० मजदुरहरुले रोजगारी पाएका थिए । अचानक भएको बन्दले प्रत्यक्ष अप्रत्यक्षरुपमा झण्डै पचास हजार मानिसलाई नराम्रो असर पारेको छ । रोजगारको क्षेत्रमा यो ज्यादै नकारात्मक उदाहरण बनेर आएको छ । क्यासिनो श्रमिकहरुको माग पुरा हुनुपर्छ । हामी प्रयत्न गरिरहेका छौ । हामी टे«ड युनियनहरुले ठूलो चासो व्यक्त गरेका छांै । तत्कालै खुलाउने प्रयत्न गरिरहेका छौं ।
तर किन विलम्ब भएको हो ?
क्यासिनोमा सरकार र साहु पक्षको भूमिका अलि जटिल बनेर आएको छ । सरकारलाई बुझाउने बक्यौता करको कुरा छ । सरकारले बक्यौता वुझाउन ताकेता गरिरहेको छ । लगानीकर्ताहरुको कुरो अस्पष्ट देखिएको छ । विलम्ब हुनुको कारण पनि त्यही हो ।


नेपाली मजदुरहरुले नयाँ श्रम ऐन कहिलेसम्म पाउछन् ?
सामाजिक सुरक्षा ऐन सहित श्रम ऐन पनि ल्याउने तयारी भैरहेको छ । सामाजिक सुरक्षा ऐनले श्रमिकहरुलाई सही ढंगले सुरक्षा गर्ने भए पछि श्रम लचकता हामीले स्वीकारेका हौं । त्यसकारण सामाजिक सुरक्षा ऐन अनुमोदन भएपछि श्रम ऐन पनि संगै आउँछ । अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको विषयमा धेरै विषयहरु समेट्न र उनीहरुको अधिकारको सुनिश्चितता गर्न बाँकी छ । पार्लियामेन्टमा टेबुल भई अनुमोदन हुन बाँकी छ ।
नयाँ संविधानको परिमार्जित मस्यौदामा मजदुरका विषयमा तपाई ट्रेड युनियनहरुले(जेटियुसीसी) हालेको संशोधन प्रस्तावले स्थान पायो त ?
पाएको छ । आएको छ तर केही महत्वपूर्ण पक्षहरु अझै परेको छैन । ती हुन मजदुर आयोग गठनको व्यवस्था, मजदुरको प्रतिनिधित्व र मजदुरहरुले कार्य थलोबाटै भोट हाल्न पाउने अधिकार परेको छैन र श्रमिकको परिभाषा अझै जति प्रष्ट पार्नु पर्ने हो पारिएको छैन । हामी यसका लागि प्रयत्न गरिराखेका छौं ।
तपाई अध्यक्षमा निर्वाचित भैसकेपछि नेपाल ट्रेड युनियन कंग्रेसको विकासको गति कस्तो छ ?
म अध्यक्षमा निर्वाचित भैसकेपछि कैयौं महत्वपूर्ण क्षेत्रमा संगठनले नयाँ उचाई ग्रहण गर्दैछ । सर्वप्रथम त युवा समिति र महिला कमिटीको टे«ड युनियन कंग्रेसको इतिहासमा पहिलो पटक देशव्यापीरुपमा निर्वाचन गरी निर्वाचित केन्द्र देखि जिल्ला तहसम्मको कमिटीहरु गठन गरिएको छ । विभिन्न प्रतिष्ठानहरुमा संगठन दर्ता प्रकृया व्यापकरुपमा थालेका छौं । हामीसंग २५ पेसागत संगठनहरु आवद्ध रहेका छन् । त्यसैगरी प्रजातान्त्रिक आन्दोलनमा विश्वास राख्ने दुईवटा राष्ट्रिय स्तरका वित्तिय कर्मचारी संगठनलाई मर्ज गराएका छौं । दुईवटा निजामति कर्मचारी संगठनलाई एकीकरण गरी हाम्रो महासंघको आवद्धता दिईसकेका छौं । अरु दैनिक आईपर्ने कामहरुलाई तदरुकताका साथ अघि बढाउँदै वेब पेजलाई अपडेट गरिसकेका छौं । मुलत संगठनलाई व्यवस्थित एवं प्रणालीगतरुपमा लैजान सक्षम भएका छौं ।