नेपाली समय:
Flash News

“ट्रेड यूनियन आन्दोलन अब उत्पादन र उत्पादकत्व वृद्धि र श्रमिकको समृद्धि तर्फ केन्द्रीत हुनुपर्दछ”- प्रेमलकुमार खनाल

नेपाल एमालेका वैकल्पिक केन्द्रीय सदस्य, पेसागत महासंघ, नेपालका वरिष्ठ उपाध्यक्ष तथा विश्व ट्रेड यूनियन महासंघ (डब्लू.एफ.टि.यू.)को प्रेसीडेन्सीयल काउन्सियलका सदस्य श्री प्रेमलकुमार खनालसँग मे दिवसको सन्दर्भ लगायत समसमायिक विषयमा रहेर उहाँ सँग गरिएको कुराकानी

मे दिवशका बारेमा बताई दिनु हुन्छ नि ?

premal khanal

Premal khanal

मे दिवस संसार भरका श्रमिकहरुको महान चाडको दिन हो । सन् १८८६ मे १ का दिन अमेरिकाको शिकागो शहरका मजदुरहरुले ८ घन्टा काम, ८ घन्टा विश्राम र ८ घन्टा मनोरञ्जनको माग राखी सडकमा ओर्लिएर बलीदानीपूर्ण संघर्ष गरी सन् १८८९ मा विजयी हासिल गरे । यसरी विजयी हासिल गरेको खुसीयाली सँगसँगै आन्दोलनमा ९ जना मजदुर नेताहरुले शहादत गरेको सम्मान स्वरुप सम्झना गर्नका लागि सन् १८९० मे १ देखी विश्वव्यापी रुपमा मे दिवस मनाउन थालिएको हो । मे दिवसलाई श्रमिकहरुको एकता, विरता र संघर्षको प्रतिक को रुपमा मनाईन्छ ।
नेपालमा मे दिवसको सान्दर्भिकताबारे बताईदिनुहोस् ।
मे दिवस श्रमिकहरुको एकता, विरता र संघर्षको प्रतिक रुपमा मनाईने हुँदा निरङ्कुश कालमा स्वभाविक रुपमा ट्रेड यूनियनहरुले श्रमिकहरुलाई निरङ्कुशता विरोधी आन्दोलनमा उत्रन आवह्रन गर्दै मे दिवस मनाए । राजनीतिक अधिकार र राजनीतिक स्वतन्त्रता प्राप्तिका लागि यो स्वभाविक पनि थियो । अब मुलुकमा गणतन्त्र संस्थागत भई सकेको सन्दर्भमा मे दिवस लाई रचनात्मक एवं श्रृजनात्मक तवरले नयाँ ढंगले मनाउनु पर्दछ ।
तर मे दिवसलाई श्रमिकहरुले धेरै सदुपयोग गरेको पाइदैन नी ?

wftu posterमे दिवस श्रमिकको चाडको दिन हो । तमाम श्रमिकहरु एक ठाउँमा भेला भएर खुसी साटासाट गर्ने, एकआपसमा शुभकामना आदानप्रदान गर्ने दिन हो । नयाँ कामका लागि एकतावद्ध भएर संगठीत तवरले अगाडी बढ्न संकल्प गर्ने दिन पनि हो । अग्रजहरुको वलिदानीको सामूहिक रुपमा भेला भएर सम्झना र सम्मान गर्ने दिन हो । तर प्राय ः छुट्टी भएपछि श्रमिकहरु घरमै आराम गर्ने वा व्यक्तिगत काममा बढी केन्द्रीत हुने गरेको पाइन्छ । ट्रेड यूनियनहरुबाट यसरी मे दिवसको महत्व दर्शाउदै श्रमिकहरुलाई परिचालन गर्न नसक्दा मे दिवस अझै प्रभावकारी वन्न नसकेको सत्य हो । अतः टे«ड युनियनले मे दिवसको महत्वको बारेमा प्रशिक्षण अभियाननै सञ्चालन गर्नु पर्ने खाँचो रहेको छ ।
परिवर्तित सन्दर्भमा अब ट्रेड यूनियन आन्दोलनको दिशा चाँहि के हुनुपर्दछ ?
विगतमा निरंकुस शासनकालमा अधिकार प्राप्तिका लागि अगाडि बढ्न श्रमजीवि वर्गलाई आवह्रान गर्दै मे दिवस मनाइन्थ्यो । अब मुलुकमा युगान्तकारी परिवर्तन भई मुलुकले आर्थिक–सामाजिक रुपान्तरणको बाटो लिएको सन्दर्भमा ट्रेड यूनियन आन्दोलनको कार्यदिशा पनि नयाँ ढंगले पुर्नपरिभाषित गर्न जरुरी छ । उत्पादन र उत्पादकत्व वृद्धि नगरीकन, राष्ट्रिय पूँजी निर्माण गरेर आर्थिक विकास नगरीकन आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन सक्दैन, सँगसँगै जनतालाई परिवर्तनको अनुभूति प्रदान गर्नका लागि नयाँ ढंगको कार्यशैलीका साथ गुणस्तरीय सेवा प्रदान गर्न सक्दा मात्र जनताले साँचो अर्थमा परिवर्तनको अनुभूति गर्न पाउँदछन्, अतः अब मुलुकको ट्रेड युनियन आन्दोलनले यिनै विषयमा केन्द्रीत रहेर भूमिका निर्वाह गर्नु पर्दछ ।
ट्रेड यूनियनहरुले जनताको कामभन्दा आÇनै स्वार्थका लागि मात्र भूमिका निर्वाह गर्ने गरेको गुनासो छ नी ?
मुलुकको ट्रेड यूनियन आन्दोलनले राजनीतिक अधिकारको प्राप्तीको सन्दर्भमा निरङकुशता विरोधी आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गरेको यथार्थतालाई आँखा चिम्लिएर ट्रेड यूनियनको विरोध गर्नु हुन्न । तर ट्रेड यूनियनको मूल ध्येय र उद्देश्य बमोजिम परिचाल हुन नसक्दा अथवा ट्रेड यूनियनको सहि ढंगले व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको कुरा साँचो हो । ३ ‘अ’ अर्थवाद, अराजकतावाद र अवसरवादी सोच चिन्तन र त्यस किसिमका गतिविधिले ट्रेड यूनियन आन्दोलनको लोकप्रियतामा प्रश्न उठेको छ । अब आन्दोलन भित्र यी ३ ‘अ’ का विरुद्ध दृढता पूर्वक वैचारिक संघर्ष गरेर ट्रेड यूनियनलाई साँचो अर्थमा सामाजिक परिवर्तनको सम्वाहकको रुपमा स्थापित र विकास गरेर लैजानु पर्दछ ।
निजामती क्षेत्रमा त निर्वाचन सरिरहेको छ नी ?
अलिकति पूर्व तयारी नगरीकन सिविए निर्वाचनको घोषणा हुँदा केही समस्या उत्पन्न भएको हो । तर अब कुनै पनि हालतमा सिविए निर्वाचन हुनुपर्दछ, निजामती सेवामा मात्रै होइन सबै संस्थान, बैंक, उद्योग कलकारखानामा निर्वाचन गर्न श्रम प्रशासनले गम्भीरतापूर्वक ध्यान दिनु पर्दछ, निर्वाचनको विधि र पद्धतिले मात्र ट्रेड यूनियन आन्दोलनलाई लोकतान्त्रिकरण गर्न मद्दत पु¥याउँदछ ।
तपाई भर्खरै विश्व ट्रेड यूनियन महासंघको बैठकबाट भाग लिएर आउनु भयो, बैठकको निष्कर्ष के रह्यो नी ?
विश्व टे«ड यूनियन महासंघ (डब्लू,एफ.टि.यू)को प्रेसीडेन्सीयल काउन्सिलको सदस्यको हैसियतले गत महिना भियतनाममा सम्पन्न बैठकमा भाग लिए । बैठकमा विश्वको समसामयिक राजनीतिक, आर्थिक र सामाजिक स्थितिको बारेमा छलफल भयो । खास गरि साम्राज्यवादी पुँजीवादले विश्वव्यापी रुपमा मच्चाएको हत्या, हिंसा, आतङ्क, र चर्काे श्रम शोषण र यसबाट श्रमजीवि वर्गले व्यहोर्नु परेको कष्टप्रद अवस्थाका बारेमा विस्तृत रुपमा छलफल भएको छ, सँगसँगै श्रमिकहरुको यस्तो कष्टप्रद अवस्थाका विरुद्ध जुध्नका लागि विश्वव्यापी रुपमा श्रमिक पक्षीय जुझारु वर्ग संघर्ष केन्द्रीत ट्रेड यूनियन आन्दोलन संचालन गर्नु पर्ने निष्कर्ष निकालिएको छ । साथै बैठकले नेपालका ३ वटा टे«ड युनियन महासंघ लगायत ३० वटा विभिन्न देशका ट्रेड यूनियनहरुलाई आबद्ध गराउदै आगामी अक्टोबार ५ देखी ८ तारीख सम्म दक्षिण अफ्रिकाको डरबानमा १७ औं विश्व सम्मेलन गर्ने निर्णय भएको छ ।
विश्व सम्मेलनको कार्यदिशा के हुने निर्णय भयो ?
आगामी १७ औं विश्व सम्मेलनका लागि विश्वव्यापी युद्ध, आतङ्क, गरिबी, बेरोजगारी र श्रमिकहरुको अधिकारका लागि “संघर्ष–अन्तर्राष्ट्रियवाद–श्रमिक पक्षीय एकता”को मूल नारामा केन्द्रीत रहेर कार्यदिशा तय गर्न बैठकले प्रस्ताव अगाडी सारेको छ ।
नेपालको अन्तराष्ट्रिय ट्रेड यूनियनको सँगको आबद्धता चाहि कस्तो छ ?
विश्व ट्रेड यूनियन आन्दोलनमा २ वटा केन्द्र रहेका छन् । पहिलो, प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकहरु आबद्ध रहेको विश्व टे«ड युनियन महासंघ (डब्लू.एफ.टि.यू) जसले साम्राज्यवाद र पूँजीवाद विरोधी आन्दोलनको अगुवाई गर्दै आएको छ । दोश्रो, चाँहि पूँजीवादी समर्थक श्रमिकहरु जो आफूलाई सोसल डेमोक्रेट भन्न रुचाउँदछन् । उनीहरु आबद्ध रहेको अन्तर्राष्ट्रिय टे«ड युनियन महासंघ (आई.टि.यू.सी.) रहेको छ, वैचारिक रुपमा यसले पूँजीवादी विचारको प्रतिनिधित्व गर्ने गर्दछ ।
नेपालबाट पेशागत महासंघ नेपाल लगायत एनटियुएफ, नेफोन, फिनेप्ट, आन्टुक, आईएनटियूसी, एनडिकोन्ट र एनडिफोन्ट गरी ८ वटा टे«ड युनियन महासंघहरु डब्लू.एफ.टि.यू. मा आबद्ध रहेको स्थिति छ ।
अन्तर्राष्ट्रिय टे«ड युनियन आन्दोलनका मुख्य चुनौती चाहिँ के रहेका छन् नी ?
मूलतः अन्तर्राष्ट्रिय टे«ड युनियन आन्दोलनमा अवसरवाद र वर्ग समन्वयवादी सोंच चिन्तन नै मुख्य चुनौती रहेको छ । अन्तर्राष्ट्रिय संस्थाहरु विश्व बैंक, आई.एम.एफ. लगायत पूँजीवादी देशका सरकारहरुले टे«ड युनियनहरुको भूमिकालाई कमजोर बनाउन पूँजीवादी समर्थक टे«ड युनियनहरुलाई अनेक आर्थिक सहयोग र परियोजना संचालन गर्न आर्थिक सहयोग गरेर भ्रष्टीकरणको दिशामा अगाडि बढाएका छन् । लेनिनले १०० वर्ष अगाडि “साम्राज्यवाद पूँजीवादको उच्चतम अवस्था” नामक पुस्तकमा लेखेको विचार अहिले अन्तर्राष्ट्रिय टे«ड युनियन आन्दोलनमा देखा परेका छन् । टे«ड युनियनका नेताहरुलाई भुत्ते बनाउन, उनीहरुलाई पूँजीवादी शोषण र साम्राज्यवादी हस्तक्षेप, हत्या हिंसा, आतङ्क विरुद्ध एक शब्द पनि विरोध गर्न नदिने गरी पट्टी बाधेझैं गर्ने काम गरेका छन् ।
अनि पेशागत महासंघ, नेपालको भर्खरै सम्पन्न बैठकले चाहि के निर्णय ग¥यो नि ?
पेशागत महासंघ नेपालको भर्खरै १० औं बैठक सम्पन्न भएको छ, आगामी असार ३ देखि ५ गते सम्म काठमाडौंमा छैठौं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय भएको छ । जेष्ठको पहिलो हप्ताभित्र सबै जिल्लामा जिल्ला अधिवेशन तथा जिल्ला परिषद् र प्रशिक्षण गर्ने निर्णय भएको छ । अधिवेशनमा १९।२० देशका विदेशी प्रतिनिधिहरु र झण्डै ७०० प्रतिनिधि पर्यवेक्षकहरु सहभागी हुने हुँदा सोको तयारी गर्न १४ वटा उपसमितिहरु गठन भएका छन् । बैठकले राजनीतिक अधिकार प्राप्तीका लागि सामन्तवाद विरोधी राजनीतिक आन्दोलनको कोर्स पूरा भई गणतन्त्र स्थापना भएको छ । परिवर्तित स्थितिमा स्वाधीन अर्थतन्त्रसहित समृद्ध नेपालको निर्माण, गुणस्तरीय सेवा र श्रमिकहरुको अधिकारलाई सुनिश्चितता गर्दै उनीहरुको काम र जीवनलाई समृद्ध बनाउन जिम्मेवार टे«ड युनियनको भूमिकाका साथ टे«ड युनियन आन्दोलनलाई अगाडि बढाउनका लागि महाधिवेशनमा कार्यदिशा तय गर्न प्रस्ताव अगाडि सारिएको छ ।
नेकपा एमालेको भर्खरै सम्पन्न छैठौं बैठकबारे बताई दिनु हुन्छ कि ?
केही ढिला भए पनि पार्टीको केन्द्रीय कमिटीको छैठौं बैठक आयोजना भई सम्पन्न भएको छ । बैठकमा पार्टी कामको समिक्षा, संविधान निर्माणमा पार्टीले निर्वाह गरेको नेतृत्वकारी भूमिका, पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको भारत तथा चीन भ्रमण, पार्टी काम र सरकार संचालनमा देखा परेको समस्याका बारेमा व्यापक छलफल भएको छ । बैठकले गुटगत गतिविधिलाई अन्त्य गर्न पार्टीले गर्ने निर्णयहरु संस्थागत र पारदर्शी हुने गरी गरेर पार्टीभित्र एकमना एकता कायम गरेर संविधान कार्यान्वयनमा पार्टीले नेतृत्वकारी भूमिका निर्वाह गर्नुपर्ने, संक्रमणकालीन वर्तमान अवस्थामा पार्टी कामलाई अझ व्यवस्थित ढंगले संचालन गर्नुपर्ने, संविधान बमोजिम प्रदेश कमिटी तत्काल बनाई मातहतको पार्टी कामलाई व्यवस्थित गरी विधान अधिवेशन मार्फत् विधानलाई व्यवस्थित गरेर पार्टी कामलाई नयाँ ढंगले अगाडि बढाउनु पर्ने दिशाबोध गरेको छ ।
यस्तै भूकम्पबाट क्षतिग्रस्त भएको विकासको पूर्वाधारहरुको पुनर्निमाण गर्न पाटीपंक्तिलाई विगतमा झैं परिचालन गर्नुपर्ने विषयमा पनि छलफल भएको छ । यस्तै पार्टीले वर्तमान सरकारको नेतृत्व गरिरहेको हुँदा जनतालाई परिवर्तनको अनुभूति हुने गरी सरकारमार्फत् बजेट कार्यक्रमलाई लागू गर्न र विगतको ९ महिने सरकार झैं लोकप्रिय ढंगले सरकार संचालन गर्न बैठकले सरकारलाई निर्देश गरेको छ ।
अन्त्यमा केही भन्नु हुन्छ कि ?
मे दिवसको अवसरमा सम्पूर्ण श्रमिक पेशाकर्मी मित्रहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै, मे दिवसलाई रचनात्मक, श्रृजनात्मक, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, श्रमिकहरुको काम र जीवनलाई मर्यादित बनाउने र अवसरवाद र वर्ग समन्वयवादका विरुद्ध वैचारिक संघर्ष गर्दै जुझारु एवं जिम्मेवार टे«ड युनियनको भूमिका निर्वाह गर्ने दिशामा अगाडि बढौं भन्ने आह्वान गर्न चाहन्छु ।