नेपाली समय:
Flash News

छैठौं महाधिवेशन समाजवादी क्रान्तिको कार्य दिशालाई कार्यान्वयन गर्नसक्ने आवश्यक नेतृत्व चयन गर्न सफल रहोस -नारायणकाजी श्रेष्ठ

NK shrestha Prakash

Narayan kaji shrestha

उपाध्यक्ष एनेकपा माओवादी
प्रश्नः अखिल नेपाल टे«ड युनियन महासंघको ऐतिहासिक छैठौं राष्ट्रिय महाधिवेशन जेष्ठ १५ देखि काठमाण्डौमा भव्यतापूर्वक प्रारम्भ हँुदैछ । उपाध्यक्ष कमरेड पार्टीको तर्फबाट आवश्यक परामर्श र दिशानिर्देशनको लागि हामी यहाँ उपस्थित भएका छौं ।
यो अखिल नेपाल टे«ड युनियन महासंघको छैटौं महाधिवेशन भव्यतापूर्वक सफल होस भन्ने शुभकामना दिन चहान्छु । यसको सफलताको अर्थ हालसम्म यसले नेपाली टे«ड युनियन आन्दोलनको क्रान्तिकारी धाराको प्रतिनिधि शक्तिकोरुपमा भूमिका खेलीराखेको छ । त्यो भूमिका अझ प्रभावकारी ढंगले खेल्न सकोस भन्ने हो । त्यो भूमिकालाई प्रभावकारी ढंगले खेल्नको लागि यसले नेपालको सामाजिक, आर्थिक संरचनामा र राजनीतिमा जुन खालको गुणात्मक परिवर्तन आएको छ, नेपाली क्रान्तिको नयाँ कार्य दिशा छ, त्यो नयाँ कार्यदिशालाई क्रियान्वयन गर्ने सवभन्दा सहयोगी, भरपर्दो सहयोगीकोरुपमा यसले भूमिका खेल्नुपर्ने हुन्छ । त्यसैले यसको सफलताको अर्थ हो, हिजो जसरी नयाँ जनवादी क्रान्तिको कार्य दिशाको सहयोगी शक्तिको रुपमा यसले आफ्नो भूमिका खेल्यो र आम मजदुरहरुलाई पनि उनीहरुको हकहितको निम्ति भरोसा योग्य भूमिका खेल्यो, त्यसैगरी आज यसले नयाँ कार्यदिशा जो समाजवादी क्रान्तिको कार्य दिशा छ, त्यो कार्यदिशालाई कार्यान्वयन गर्ने सवभन्दा भरपर्दो शक्तिकोरुपमा संगठितरुपमा भूमिका खेल्नु र त्यसलाई लागू गर्नको निम्ति आवश्यक नेतृत्व चयन गर्ने काम नै यसको मुख्य कार्यभार हो । दुईवटा कार्यभार पूरा गर्ने गरी यसले आफ्नो महाधिवेशन सफल पार्नेछ भन्ने कुरामा आशा गरेको छु, शुभकामना दिन चहान्छु ।
प्रश्नः नेपाली ट्रेड युनियन आन्दोलनमा वैचारिक र संगठनात्मक सुधार तथा विकाशको विषयमा के कस्तो आवश्यकता देख्नु भएको छ ?
पहिलो कुरा त आजको परिस्थितिमा सवभन्दा मुख्य कुरा चाँही मजदुरहरुको नेपालको विशिष्टताको चरित्र र आप्mनो भूमिकाको बारेमा वैचारिक स्पष्टता आजको मुख्य आवश्यकता हो । वैचारिकरुपमा अन्यौल हुनु, अस्पष्टता हुनुले ट्रेड युनियन आन्दोलनलाई सही दिशातिर लैजान सक्तैन । टे«ड युनियन आन्दोलनलाई सही दिशातिर लैजान नसक्नु वा टे«ड युनियन आन्दोलन सही दिशामा नजानु भनेको नेपालको क्रान्तिकारी आन्दोलन आज जुन चरणमा छ –ऐतिहासिक चरणमा छ । त्यो चरणको कार्यभार पूरा गर्न पनि समश्या पैदा हुनु हो । त्यसकारणले खाली नेपालको ट्रेड युनियन आन्दोलनको कार्यभारको मात्रै कुरा होइन । हाम्रो अखिल नेपाल ट्रेड युनियन महासंघको गतिविधिको मात्र विषय होइन । यो ठिक दिशातिर अगाडि बढेन भने अवको ऐतिहासिक चरणको क्रान्ति अगाडि बढ्न सक्दैन । त्यसैले पहिलो कुरा त वैचारिक प्रष्टताको हो । त्यसको निम्ति दुईटा कुरा–ट्रेड युनियनको आन्दोलनको कुरा । अर्काे कुरा त्यो आन्दोलनको प्रष्टताको निम्ति नेपाली क्रान्तिको अहिलेको कार्यदिशाको बारेमा प्रष्टता र मजदुरहरुको नेपालको आजको चरित्र र उनीहरुको संगठितको प्रष्टताको भूमिका र त्योसँगसँगै चाहिँ नेपालको मजदुरहरुको आजको तात्कालिक आवश्यकताहरु, मुद्दाहरुलाई कसरी पुरा गर्न सकिन्छ ? त्यसको लागि संघर्ष कसरी गर्न सकिन्छ भन्ने कुरामा प्रष्टताको आवश्यकता छ ।
अखिल नेपाल ट्रड युनियन महासंघ जस्तो क्रान्तिकारी ट्रेड युनियनले आम मजदुरहरुलाई कसरी संगठित गर्ने भन्ने सवालमा पार्टीको संगठन अन्तर्गत मात्रै संगठित गर्ने संकिर्णता भन्दा माथि उठ्नु पर्ने छ । त्यसकारण मजदुर नेताहरुले चाहिँ आम मजदुरको हकहितको लागि लड्ने, आपूmलाई त्यसको निष्ठावान योद्धाको रुपमा प्रस्तुत गर्ने भूमिका निर्वाह गर्नुपर्ने छ । त्यसमा मजदुर आन्दोलनमा समस्या छ कि भन्ने कुरामा अलि गम्भीर ढंगले सोच्नुपर्ने आवश्यकता छ । यो दुईटा कार्यभार–एउटा वैचारिक प्रष्टता र अर्काे मजदुर संगठनलाई मजदुरहरुले विश्वास गर्ने संगठनको रुपमा विकास गर्ने र आम मजदुरहरुलाई नै उसको उद्देश्यका निम्ति, उसको लक्ष्यका निम्ति उस्का तात्कालिक मुद्दाहरुमा संघर्ष गर्ने संगठन हो भनेर अझ प्रभावकारी रुपमा कसरी अगाडि बढाउने भन्ने कुरामा ध्यान दिनु जरुरी छ । यो बारेमा आपूmलाई मूल्याँङ्कन गरेर अगाडि बढ्ने काम अखिल नेपाल टे«ड युनियन महासंघले गर्नुपर्छ ।
प्रश्नः अलि प्रष्ट भएन उपाध्यक्ष कमरेड, वैचारिक स्पष्टताभित्र कुन कुन विषयहरु पर्दछन ?
वैचारिक स्पष्टता भन्नाले नेपालमा अखिल नेपाल टे«ेड युनियन महासंघ जस्तो क्रान्तिकारी संगठनले आम मजदुरहरुलाई संगठित गर्ने, संगठनले आजको नेपालको राजनीतिको हिसाबले नयाँ कार्यदिशा स्पष्ट गर्नुप¥यो । यो किन आवश्यक छ भने हिजो जसरी जनवादी क्रान्ति र त्यसको वरिपरि त्यसको मुलभूत सहयोगीको रुपमा भूमिका खेलिरहेको थियो । आज त्यो भूमिकामा परिवर्तन आएको छ । अब समाजवादी क्रान्तिको कार्यदिशा अन्तर्गत यस्ले भरपर्दाे मुख्य सहयोगी संगठनको भूमिका खेल्नुपर्दछ । अर्काे कुरा, ट्रेड युनियन आन्दोलनले विभिन्न गलत प्रवृत्तिहरुको विरुद्ध संघर्ष गर्नु परिराख्या छ । त्यसमा चाहिँ सुधारवादी प्रवृत्ति र जडसुत्रीय प्रवृत्तिका विरुद्ध पनि संघर्ष गर्नु परिराखेको छ ।
दक्षिणपन्थी सुधारवादी संघर्षको प्रष्टता र जडसुत्रीय प्रवृत्ति विरुद्ध टे«ड युनियन क्रान्तिलाई अगाडि बढाउने कुराको प्रष्टता । तेस्रो कुरा पनि महत्वपूर्ण छः त्यो के हो भने नेपालको मजदुरको वास्तविक चरित्रको बारेमा स्पष्टता । मजदुरहरुको समाजमा के भूमिका हुन्छ भन्ने कुरामा स्पष्टता । त्यसका निम्ति वैचारिक स्पष्टता, अनुसन्धान सहित तिनीहरुलाई प्रष्ट पारेर आजको विश्व परिस्थितिमा मजदुरहरुको भूमिका यो छ, नेपालको सन्दर्भमा मजदुरहरुको चरित्र र भूमिका यस्तो छ भनेर अनुसन्धानै गरेर स्पष्ट पार्ने आवश्यकता छ ।
प्रश्नः बैज्ञानिक समाजवादको आधारहरु के के हुन् र मजदुरबर्गले समाजवादका निम्ति के कस्तो भूमिका खेल्नु आवश्यक छ ?
कम्युनिष्ट पार्टी स्थापना भएदेखि नै नेपाली मजदुरहरुको संगठित अग्रदस्ताको रुपमा कम्युनिष्ट पार्टीले र नेपालमा सामन्तिहरु विरुद्ध पुँजीवादी जनवादी क्रान्ति नै सम्पन्न नभएको कारणले त्यो पुँजीवादी जनवादी क्रान्तिलाई नयाँ जनवादी गणतन्त्रको रुपमा पुरा गर्ने । नयाँ जनवादी क्रान्तिको रुपमा पुरा गर्ने लक्ष्य लिएर संघर्ष गरियो । र, त्यो संघर्षको निम्ति अहिले सामन्तवादको निम्ति पुँजीवादी जनवादी क्रान्ति मुलभूत रुपमा आफ्नो मौलिकतामा पुरा भएको छ तर नयाँ जनवादी क्रान्तिका रुपमा होइन । नयाँ जनवादी क्रान्तिको रुपमा यो पुरा भएको थियो भने मजदुर वर्गको, किसान र अन्य वर्ग सहित राज्ययन्त्रको सबै संयन्त्रहरुमा हुन्थ्यो । र, समाजवादी क्रान्तिको दिशामा शान्तिपूर्ण रुपले सम्पन्न हुन्थ्यो । अहिले त्यसप्रकारले नयाँ जनवादी क्रान्तिको रुपमा पुँजीवादी जनवादी क्रान्ति त सम्पन्न भयो । त्यसकारणले मजदुर वर्गको नेतृत्वमा राज्ययन्त्रका सबै पक्षहरुमा हाम्रो वर्गको नेतृत्वको प्रभुत्व स्थापित हुन सकेन । तैपनि पुँजीवादी जनवादी क्रान्ति आधारभूत रुपमा सम्पन्न भएको छ । तर बुझ्नु पर्ने कुरा के हो भने राजनीतिक स्वतन्त्रतायुक्त पुँजीवादी क्रान्तिको बाटोमा अगाडि नबढीकन मजदुर वर्गले आपूmलाई उत्पीडनमुक्त पार्नसक्दैन । त्यसकारण मजदुरहरुको पूर्ण मुक्तिको लागि समाजवाद आवश्यक छ । समाजवाद भनेको वैज्ञानिक समाजवाद हो अर्थात् त्यहाँँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सर्वहारा वर्गको नेतृत्वमा यस्ले आप्mनो वर्गीय नेतृत्व स्थापित गर्छ ।
वैज्ञानिक समाजवादलाई हामीले नयाँ ऐतिहासिक कार्यदिशाको रुपमा ग्रहण गरौँ र वैज्ञानिक समाजवाद स्थापना गर्नका निम्ति हामीले यस्को वस्तुगत आधार तयार पार्नुपर्छ र त्यसको आत्मगत आधार तयारी गर्नुपर्छ । त्यो आत्मगत तयारी नभईकन र वस्तुगत आधार तयार नभईकन हामी एकैचोटी समाजवादमा पुग्न सक्दैनौ । र, अहिले नयाँ समाजवादी क्रान्तिको तयारी गरौँ । त्यसको एकवर्षपछि अर्काे दुई वर्षपछि नयाँ समाजवाद स्थापना गरौँ भनेर सोच्यौँ भने त्यसको निम्ति निर्णायक संघर्ष गरौँ भन्ने सोच्यौँ भने त्यसको निम्ति अर्काे फ्रस्ट्रेसनको खतरा पैदा हुन्छ । त्यसकारण अब समाजवादी क्रान्तिको लक्ष्य वा समाजवादी कार्यदिशालाई केन्द्रविन्दुमा राखेर त्यसको निम्ति भौतिक आधार र आत्मगत तयारीलाई केन्द्रविन्दुमा राखेर के गर्नुपर्छ भन्ने सवालमा भनेका छौँ कि आज तत्कालको निम्ति पुरै स्वाधीन र समृद्ध नेपाल हुने कार्यदिशा तय गरेका छौँ, जस्ले लामो समयसम्म हाम्रो सांगठनिक, राजनैतिक र संघर्षका कार्यक्रमहरुलाई दिशा निर्देश गर्छ । त्यसको निम्ति हाम्रो देशमा राष्ट्रिय स्वाधीनताका पक्षमा कतिपय समस्याहरु अहिले पनि रहेका छन् । त्यसकारण नेपाली जनताको आत्मनिर्णयको अधिकार, नेपाली जनताको सार्वभौमसत्ता, नेपालको सार्वभौमिकतालाई अक्षुण राख्ने काम गरेपछि मात्रै हामी समाजवादतर्फ बढ्ने कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन सक्छौँ । त्यसकारण सारा नेपाली मजदुरहरुको एउटा भूमिका यो हो ।
प्रश्नः नेपालको युवा जनशक्तिको वैदेशिक पलायनलाई नरोकिकन यो देशको विकास हुनसक्छ, यो विकराल समश्याको समाजवादी क्रान्तिले हल गर्छ ?
नेपाल संसार कै सुन्दर देश हो र नेपालमा विकासका साधन स्रोतको उपयोगका हिसाबले एकदमै धेरै साधन स्रोतहरु एकसाथ उपलब्ध छन् । विश्वमा यस्तो देशहरु एकदमै थोरै छन् । त्यसलाई अहिलेसम्म राजनीतिक प्रणाली र राजनीतिक नेतृत्वले उपयोग गर्नसकेन । त्यसकारण हामी अत्यन्तै धेरै पिछडिएका हौँ र नेपालका सारा ग्रामीण युवाहरु अहिले खाडी मुलुकमा ६० डिग्री तापक्रममा अत्यन्तै पींडा भोग्दै काम गर्न बाध्य छन् । त्यसकारण अहिले हामीले देशलाई विकसित र समृद्ध बनाउने हो तर त्यो विकास, समृद्धि पश्चिमा विकास र समृद्धिको मोडल नहोस् जस्ले धनीलाई झन् धनी बनाउने र गरीबलाई झन् गरीब बनाएको छ जस्ले जिडिपी बढ्ने तर आम जनताको हालत खत्तम बनाउँछ । त्यसकारणले सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर काम गर्ने । त्यसको लागि के गर्नुप¥यो त, उत्पादक शक्ति बृद्धि गर्नुप¥यो । उत्पादन शक्ति बृद्धि गर्नुप¥यो । त्यो उत्पादनको सामाजिक न्याय सहित उपभोग गर्नपाउनु प¥यो । त्यसको समाधान भनेको संविधान कार्यान्वयनको संघर्ष हो । संविधान कार्यान्वयन गर्ने सवालमा जनवादी पुँजीवादी सवालमा कतिपय कमजोरीहरु छन् । ती कमजोरीहरुलाई पुरा गर्नको निम्ति वर्ग संघर्ष गर्नुपर्छ । त्यसको अग्रपंक्तिमा भाग लिनुपर्छ र त्यससँगसँगै हामीले यो जो समृद्धिको कुरा गर्ने गरेका छौँ, त्यो चाहिँ सामाजिक न्याय सहितको समृद्धि होस् । त्यसको उपभोग आम मजदुरले श्रमजीवीले गर्न पाओस् भनेर तात्कालिक रुपमा यो कार्ययोजना लिएर अगाडि बढ्नु पर्ने आवश्यकता छ । त्यसैले हामीले मुलभूत रुपमा स्वाधीन र समृद्ध नेपाल, समाजवादको आधार र तात्कालिक रुपमा संविधानका ऐतिहासिक उपलब्धीहरुको रक्षा गर्दै संविधानको कार्यान्वयन गरौँ । पुनर्निमाण गर्दै नवनिर्माणको मार्गमा अगाडि बढौँ भन्ने नाराको वरीपरी नेपालको राजनीतिक, सामाजिक, आर्थिक आवश्यकताहरुलाई अगाडि बढाउनु पर्ने छ । त्यसमा मजदुरहरुको तत्कालको आवश्यकतालाई कसरी पुरा गर्न सकिन्छ ? अहिले उपलब्ध गराएको संविधानले जति अधिकार दिएको छ त्यो अधिकारलाई कार्यान्वयनमा लैजाने र त्यो अधिकारलाई अझै पनि थप गर्न यो संविधानलाई कति संशोधन गर्न सकिन्छ ? त्यसको निम्ति जनमत तयार पार्ने आधार तयार पार्ने काम हामीले गर्नुपर्छ भने अर्काेतिर चाहिँ रणनीतिक लक्ष्यहरुलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्नुपर्छ ।
प्रश्नः नेपालको अर्थतन्त्र कालाबजारिया, तस्कर, दलाल पुँजिपतिवर्ग र भारतको कब्जामा रहेको बेलामा जनतालाई त्यसबाट छुटकारा दिलाई उचित राहत र विश्वास पनि दिन नसक्ने र सरकारमा रहँदा रहँदै पनि केही गर्न नसक्ने पार्टीले समाजवादी क्रान्ति गर्छ भनेर कसरी पत्याउने ?
पहिलो कुरा त के भने हामीले यो कुरालाई स्वीकार गरेका छौँ कि हाम्रो पार्टीको क्रान्तिकारी चरित्रमा केही ह«ास आएको छ । केही स्खलन भएको छ । केही बिग्रिएको छ । भ्रष्टिकरण भएको छ । यी कुराहरुलाई हामीले स्वीकार गरेका छौँ । त्यसकारणले सांगठनिक रुपमा रुपान्तरण र पुनर्गठन अहिलेको आवश्यकता हो । यसले नयाँ क्रान्ति गर्ने स्थानमा पुग्नसक्छ । यथास्थितिमा नयाँ क्रान्ति गर्नसक्दैनौँ भन्ने हाम्रो औपचारिक निष्कर्ष नै छ । त्यसकारण, हामीले अहिले पार्टीको सांगठनिक कार्यभारलाई फेरेर पुनर्गठित बनाएका छौँ । तर पनि बुभ्mनु पर्ने कुरा के हो भने नेपालमा सबभन्दा क्रान्तकारी शक्तिहरु सही शक्ति, नेतृत्वको शक्ति पनि हाम्रो पार्टी मात्रै हो भन्ने स्पष्ट भएको छ । किनभने एमालेको मुख्य कार्यदिशा भनेको पूर्णतः संसदवाद हो भन्ने स्पष्ट छ । अर्काे हामीलाई पहिला नवसंशोधनवादी भनेर कमरेड किरणको पार्टी गठन भयो । त्यो पार्टी अकर्मण्यताको शिकार भयो । केही गर्नसक्ने स्थिति भएन । र, त्यसबाट पनि फुटेर विप्लवजीहरु जानुभयो । विप्लवजीहरुको पार्टी पनि अकर्मण्यताको सिकार भएको छ । र, उहाँहरुले गुणात्मक रुपमा के के न गर्छु भनेर जानुभयो केही गर्नसक्नु भएन । सांगठनिक हिसाबले पनि त्यही रुपमा जानसक्ने देखा पर्दैन । यस्तो स्थितिमा हाम्रो पार्टी नै नेपालको क्रान्तिकारी धाराको प्रतिनिधि शक्ति हो र यो मात्रै त्यस्तो एउटा पार्टी हो भन्ने कुरा पनि सही छ । त्यसकारणले ऐतिहासिक रुपमा पुष्टि भएको सकारात्मक कुरा हो । यो सकारात्मक कुरा बोकेर कमजोरीहरुलाई सच्याउँदै रुपान्तरित गर्दै अगाडि बढ्दाखेरि हामी फेरि क्रान्ति गर्ने ठाउँमा पुग्न सक्छौँ । यो कुरा सहि हो कि हामीले प्रस्तावहरु पारित गरेर प्रशिक्षणहरु दिएर मात्रै विश्वसनियता हाँसिल गर्न सक्दैनौँ । अब हामीले हाम्रो राजनीतिक र सांगठनिक रुपमा यो निष्कर्ष निकालेका छौँ । राजनीतिक रुपमा नयाँ समाजवादी क्रान्तिको कार्यदिशा र मुलकार्य र कार्यनीतिको श्रृङ्खला सांगठनिक रुपमा पार्टीको रुपान्तरण, नयाँ ढंगले पार्टीको पुनर्निर्माणको योजना । अझ सांगठनिक कुुरा गर्दाखेरि यो रुपान्तरण र पुनर्गठनको योजना हाम्रो पार्टीले सुझाव गर्ने हो । नेपाली कम्युनिष्ट आन्दोलनका सबै शक्तिहरु, माओवादी क्रान्तिमा विस्तारि गर्ने वा एकीकृत गर्ने ढंगले अगाडि बढाउने गरिसकेपछि हामी एकातिर क्रान्तिकारी चरित्रको पार्टी बनाउँछौँ, अर्काेतिर शक्तिशाली पार्टी पनि बनाउँछौँ र क्रान्तिको एउटा ठाउँमा पुग्छौँ भन्ने कुरा हो र यो कुरा हामीले व्यवहारमा देखाउने गरी जानुपर्छ ।
प्रश्नः समाजवादी क्रान्तिको मोडेल लेनिनको पालाको रुसी बोल्शेभिकहरुको सोभियत सत्ता जस्तो पनि नहुने, माओकालीन जनवादी चीनको जस्तो पनि नहुने भनेपछि हाम्रो समाजवादको मोडेल नेपालको विशिष्ट अवस्था अनुसारको हुने हो भने मजदुरवर्गको अधिकारमाथि कटौति गरेको समाजवादी क्रान्ति गर्ने हो भने मजदुरवर्गले किन भाग लिन तयार हुने ?
अब रह्यो तपाईँले भनेको कुरा, समाजवादी क्रान्ति आफ्नै मौलिकताको हुन्छ त्यसैले पैला जुन समाजवादी क्रान्ति सम्पन्न भयो त्यसका आधारभूत पक्ष त कमजोर हुने होइन भन्ने कुरा । हामीले भन्या त्यो होइन । हामीले प्रतिक्रान्तिको शिक्षाबाट सिक्ने मात्रै भन्या हो । प्रतिक्रान्तिका जो आत्मगत कारणहरु भए त्यो कारणहरु ठम्याएर त्यसलाई चाहिँ सच्याउने भन्या हो ताकी प्रतिक्रान्ति पुनरावृत्ति नभईराखोस् । समाजवादी क्रान्तिलाई हामीले निरन्तरता दिन सकियोस् साम्यवाद उन्मुख बनाउन सकियोस् भन्या हौँ । हामी दुईटा कुरामा प्रष्ट छौँ, यो संसदीय बाटोबाट, शान्तिपूर्ण बाटोबाट नै समाजवादी क्रान्ति सम्पन्न हुन्छ र समाजवाद स्थापना गर्नसकिन्छ भन्ने कुरा सत्य होइन । हामीले नया जनवादी क्रान्ति सम्पन्न गर्न सकेको भए शान्तिपुर्ण बाटोबाट संक्रमण गर्न सकिन्थ्यो जस्तो कि चीनमा सन १९४९ मा जनवादी क्रान्ति सम्पन्न भयो र १९५६ मा समाजबादी क्रान्तिमा संक्रमण भयो । तर, हाम्रोमा त्यो सम्भव भएन किन भने हाम्रोमा पँुजीवादी जनवादी क्रान्ति भिन्न रुपमा सम्पन्न भयो । त्यसैले समाजवादी क्रान्तिका लागि जनताको निर्णायक शक्तिको आवश्यकता पर्दछ । एउटा कुरा, यसमा प्रष्टताको आवश्यकता छ, कतिपयलाई अव संसदीय व्यबस्थाबाटै वा शान्त्पिुर्ण अवस्थाबाटै जाने भन्ने छ त्यो सत्य होईन । दोश्रो कुरा, समाजवादी आन्दोलनको आजको अवस्था अनुसारको मोडल तयार गर्ने भनेको यो उत्पादनका निजी स्वामित्वको अन्त्य र उत्पादनमा सामाजिक स्वामित्वको स्थापना भन्ने कुरालाई सम्झौता गर्न सकिन्न । यो समाजबादको फण्डामेन्टल(आधारभुत ) पक्ष हो । तर के भने समाजवादमा राजनीतिक आधारभुत सत्ताको अभ्यास कसरी गर्ने त भने कुनै अमुक व्यक्ति आईदेला भनेर किसान,मजदुर बर्गले पर्खने होईन सत्ता सञ्चालनमा प्रत्यक्ष मजदुर बर्गलाई सहभागी गराईने प्रणाली बिकाश गर्नु पर्छ । लेनिनले त्यसलाई सोभियत प्रणाली भनेर ल्याउनु भयो त्यसलाई प्रयोगमा ल्याउन पाउनु भएन अरुले त्यसलाई कठपुतली सोभियत बनाई दिए । अव त्यसलाई हामीले प्रभावकारी सोभियत बनाउने र सर्वहारा अधिनायकत्वलाई अझ प्रभावकारी बनाउन अरु केहि नयाँ बिधि पनि प्रयोग गर्नुपर्छ भनेको हो । अर्को कुरा हिजो कतिपय देखा नपरेका नयाँ फेनामेननहरु देखा परिरहेका छन् । पुँजिबाद र साम्राज्यबादले त्यस्ता बिषय लिएर आएको छ र त्यस्ता सबै बिषयहरुलाई परास्त गर्ने खालको समाजबादको कुरा गरिएको हो, नयाँ समाजवादलाई कमजोर होईन अझ बलियो बनाउने भन्ने कुरा हो ।
प्रश्नः प्रवासको पार्टी संगठन र मजदुर संगठनहरुका समश्याका बारेमा कहिल्यै हल खोजेको देखिएन यो विवाद मिलाउन किन आनाकानी ?
सांगठनिक र नीतिगत रुपमा हल गरेको बिषय हो यो । प्रवासमा पार्टीको नेपाली जनप्रगतिशील मञ्चको संस्था छ, यस्ले सबै आम नेपाली श्रमजीवि वर्गलाई संगठित गर्दछ । मजदुरहरुको भने अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनसंग जोडेर जाने भएकोले मजदुरहरुको नयाँ संरचनाको बिषयमा हामीले कार्ययोजना बनाई सकेका छौ र ति समस्याहरु समाधान हँुदै जानेछन ।
क्रान्तिकारी ट्रेड युनियन आन्दोलनभित्र साम्राज्यावादीहरुले छद्म भेषमा घुसाईरहेको पँुजीबादलाई ब्लक गर्न कम्युनिष्ट पार्टीहरुले निश्चित मापदण्ड तय गर्नु आवश्यक ठान्नु हुन्न ?
यो बिषयमा ट्रेड युनियनका नेतृत्वसंग बसेर गम्भीर छलफल गर्नु आवश्यक छ । यो बिश्वभरि नै आएको समस्या हो । जसरी सर्वहारा क्रान्तिलाई प्रभावित पारेर हामीलाई प्रभाव पारेको छ । त्यस्तै ट्रेड युनियन आन्दोलनलाई पनि बैचारिक र व्यबहारिक रुपमा क्रान्तिकारी आन्दोलनलाई भुत्ते पार्ने र नेतृत्वलाई पनि भ्रष्टिकरणको बाटोमा लैजाने दिशातिर थुप्रै समस्या छन् तसर्थ पार्टी नेतृत्वले नेपालको क्रान्तिकारी टे«डयुनियन नेतृत्वसंग बसेर छलफल गर्नुपर्ने आवश्यकता छ ।
प्रश्नः अलिकति प्रसंग बदलौं, पार्टी स्कूल बिभागले पार्टी तथा जनवर्गीय संगठनहरुको गोष्ठी, प्रशिक्षण, भेला, सम्मेलन र महाधिवेशनलाई रिक्रियशन, रिल्याक्स र सेल्फी खिच्ने र सामाजिक संजालमा अपलोड गर्ने थलो नबनाई बैचारिक तथा कार्यक्रमिक बहश र समाजवादी संस्कृतिको थलो बनाउन आबश्यक पहल गर्नसक्दैन ?
हामीले अहिले त्यसैलाई ध्यानमा राखेर नयाँ तरिकाले सोचेका छाँै । पार्टी स्कुलको स्थापना गरेका छौ, नितान्त पत्रपत्रिका केन्द्रित, मनोबिज्ञान र बैचारिक स्तर कम भएको हुँदा दर्शन, अहिलेको चुनौति, नेपालको अहिलेको अवस्था र सैद्धान्तिक रिक्तताको पुर्ती गर्न हामीले स्कुल बिभाग गठन गरेका छौं । र, हामीले पहिलो क्लास संञ्चालन पनि गरेका छौ, यसले बैचारिक रुपमा अहिलेका रिक्तता मेटिने छ । बिचार नै दिन नसक्ने अवस्थामा हाम्रो पार्टी पुगेको थियो, मुखपत्र नै थिएन । ४, ५ बर्ष देखि मुखपत्र थिएन । अहिले बैज्ञानिक समाजबाद प्रकाशन गरेका छौ । र, बैचारिक स्पष्टताको लागि कार्यशाला गोष्ठी गर्ने, जस्तो कार्यकर्ताको सवालमा नीति निर्माणका लागि कार्यशाला सम्पन्न भएको छ । त्यसले दिएका महत्वपुर्ण सुझावहरुलाई केन्द्रीय कमिटीले अझ परिमार्जन गरेर लागु गराउँछ, देश भरिका कार्यर्ताहरु सबैको सहभागिता त नहोला तर प्रतिनिधिमुलक कार्यशाला गोष्ठि सञ्चालन गरि जुनजुन बिषयमा प्रष्टता छैन त्यसका बारेमा स्पष्टताका साथ खुला बहस गर्ने, यो बैचारिक, राजनैतिक अध्ययन, निष्कर्ष, स्तरोन्नति, छलफल सहितको अभियान चलाउने तयारीमा छौ । दोश्रो कुरा अब पार्टी रुपान्तरणको लागि पार्टी बिधि र पद्धतिमा चल्नु पर्छ । अर्को कुरा कार्यकर्ताको न्यायपूर्ण र निष्पक्ष मूल्याँङ्कंन हुनु प¥यो, आर्थिक पारदर्शिता हुनु प¥यो, अर्को कुरा केन्द्र र नेतामुखी भन्दा फिल्डमुखी हुने र जुन बर्गले हाम्रो पार्टीलाई यहाँ पु¥यायो, परिवर्तनको प्रकृया यहाँसम्म पु¥यायो त्यो बर्गसंगको सम्वन्ध हामीले सुधार्नु पर्छ । अर्को एउटा केन्द्रमुखी, नेतामुखी, सुबिधामुखी प्रवृति पनि हल हुँदै जान्छ । नेता कार्यकर्ताहरुले कार्य क्षेत्रलाई नै स्टेशन बनाउनु पर्छ त्यसको अर्को विकल्प छैन ।
प्रश्नः अन्तमा महासंघको छैठौं राष्ट्रिय महाधिवेशनले यी यी विषयहरु चाँही नछुटाओस है भन्ने विषयहरु पनि तपाईको मनमा अझै लागेको छ ?
महासंघको सम्मेलनका बिषयमा मैले शुरुमै भनि सकेको छु, पहिलो कार्यदिशाका सम्बन्धमा, नयाँ कार्यदिशा चाहियो पुरानो कार्यदिशाले काम गर्दैन । त्यसैले मजदुरहरुका सवालमा नयाँ कार्यदिशा चाहियो । प्रष्ट कुरा के भने जसरी पार्टीमा रुपान्तरणको कुरा उठेको छ । पार्टी कम्युनिष्ट क्रान्तिकारी जस्तो भएन काँग्रेस, एमाले जस्तो भयो । आचरण उस्तै हुनु भएन भने भंmै मजदुरका नेताहरुले पनि गम्भीर समीक्षा गरुन्, आम मजदुरहरुले मजदुरहरुकै नेता हो भन्ने विश्वास आर्जन गर्नुपर्छ । जस्तो कि सही चरित्र र आचरण बन्नुपर्छ । ट्रेड युनियनका नेताहरुले यो बिषयलाई स्थापित गर्ने तेश्रो कुरा मजदुरहरुलाई नै संगठित गर्ने, हक र अधिकारका लागि अझ दृढ भएर संघर्ष गर्ने कुरा नै हुन् ।

–जय कार्की र बलदेब भट्ट
यो अन्तरवार्ता पार्टी एकीकरण हुनुभन्दा झण्डै दुई हप्ता अघि लिएको हो .