नेपाली समय:
Flash News

नयाँ शक्ति मलेसियाका सल्लहाकार तथा मध्यपूर्व सयोजक राजु ढुङ्गाना (प्रनिल) संगको अन्तर्वार्ता-

सुशन आचार्य,

13349089_633863286777729_1795622028_n *राजु जी नमस्कार, आरामै हुनुन्छ ?

हजुर नमस्कार आरामै छु 

*तपाईं पुर्व लडाकु पनि, माओवादी आन्दोलनमा लामो समय बिताउनु भयो, अहिले माओवादी आन्दोलननै छोडेर नयाँ शक्ति निर्माणमा लाग्नुको कारण ?

म’ निरन्तर आन्दोलनमै छु, हिजो फरक ढङ्गले थिए आज फरक ढङ्गले छु, जाहा सम्म माओवादी छोडेको कुरा छ, माओवादी,तत्कालीन राजनीतिक दलहरुको बैकल्पिक शक्ति बनेर आयो जस्तै प्रजापरिषदको विकल्प काङ्ग्रेस आयो, काङ्ग्रेसको विकल्प एमाले आयो तट तट समयगत अन्य धारहरु पनि देखापरे रास्ट्रय स्तरमा, इनिहरु सबैको आ-आफ्नै कालखण्ड र अध्याय थियो, कालखण्ड र अध्याय अनुसार जन्म हुँदै गय, ठिक त्यसैगरी नयाँ शक्ति सबैको विकल्पको रुपमा बैकल्पिक धारको रुपमा आयको छ, र अबको बैकल्पिक राजनैनिक धारको रुपमा बिकाश हुन्छ। पार्टी एउटा साधन हो, त्यो साधन जब पुरानो हुन्छ फाटिदै जान्छ भुत्ते हुन्छ तब नया साधनको प्रयोग हुन्छ आविस्कार हुन्छ, त्यसकारण पार्टी त्याग्नु नत्याग्नु महत्त्वपूर्ण होइन, अब तपाईंइनै भन्नुस मैले के त्यागे के त्यागिन ? नयाँ शक्ति निर्माणमा किन लागेको भन्य तपाइको जुन प्रश्न छ- २००७ साल भन्दा केही बर्ष अगाडी देखि नेपाली जनताको जुन चाहना थियो, त्यो अधिक्तम हासील गर्यौ, राजनीतिक रुपमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गर्यौ, लोकतान्त्रिक गणतन्त्र, सङ्घियता, धर्म निरपेक्षता, समानुपातिक पातिक समाबेशिता, यो महत्त्वपूर्ण उपलब्धि हो। अब यसैमा टेकेर आर्थिक समृद्धि तर्फ जानुपर्छ भन्य हो, जस्को लागि नयाँ शक्तिले “पाँच स” अगाडी सारेको छ, जुन “पाँच स” द्वारा प्राप्त उपलब्धिलाई सार्थक्ता प्रदान गर्दै पहिचान, अधिकार, एकताको सुनिश्चितता सहित समृद्ध मुलुक निर्माणको लागि नयाँ शक्ति निर्माणमा लागेको हुँ।

*तपाईंहरुले मार्क्सवाद चै त्याग्नुभो होइन ?

हामिले कुनै निश्चिति मार्ग निर्देशक सिद्धान्तमा सिमित नरहने भनेका छौ, बरु नया खोजमुलक सोच, अध्यन,अन्वेषण द्वारा नयाँ मान्यता बिकाश गर्न प्रेरित गर्ने भनेका छौ। नेपाली राजनीतिको एउटा कू प्रचलन छ, गुरुको फोटोमा पुजा चै गर्ने तर गुरुले प्रतिपादन गरेको दर्शन बिज्ञान मान्यताको बिकाश चै नगर्ने, किताबका ठेलि चै घोक्ने तर प्रयोग चै नगर्ने, यो प्रचलन प्रवृत्तिको नयाँ शक्ति खिलाफमा छ। त्यसकारण जगतको आवस्यक्तालाइ आत्मसाथ गरि जीवनमा परिवर्तन ल्याउने दर्शनको बिकाश गर्ने हो, यसो गर्दा गुरुहरुले प्रतिपादन गरेको दर्शनमै टेकेर माथी उठ्ने हो, नक्कल पनि होइन, हुबहु पनि होइन, त्यसैले त्याग्ने नत्याग्ने तपाइको प्रस्नै गलत छ।

*तपाईंहरुले नै प्रतिपादन गरेको माओवाद, आज तपाईंहरुले नै सिङ्गान पुछेर फालिदिनु भको त होनि ?

मैले भनिसके हामी कुनै मार्ग निर्देशक सिद्धान्तमा सिमित रहनु गलत हो। उक्त मार्ग निर्देशक सिद्धान्तलाई नयाँ ढङ्गले बिकाश गर्दै लैजाने कुरानै महत्त्वपूर्ण हो। मार्क्सले प्रतिपादन गरेको दन्द्वात्मक भौतिकवाद नै हेगेलको दोन्द्वात्मक अनि फायरबाखले प्रतिपादन गरेको भौतिकवादलाइ जोडेर होइनकी त्यसलाई गुणात्मक तवरले रुपान्तरण गरि प्रतिपादन मार्क्सले गरे, अहिले सम्मका जतिपनी वाद, दर्शन छन नयाँ शक्ति, हामिहरुले ती वाद र दर्शन हरुलाई गुणात्मक तवरले बिकाश गर्न खोज्दै छौ, त्यसकारण सिङ्गान पुछेर फालेको भनी गर्नुभयको प्रस्न गलत छ।

*तपाईंहरुले सर्वहाराबर्गको प्रतिनिधित्व गर्नुहुन्छ कि पुजिपतीबर्गको ?

नयाँ शक्तिले कुनै निश्चिति बर्ग तोकेर प्रतिनिधित्व गर्दैन, नयाँ शक्तिले नेपाल रास्ट्र र रास्ट्रका समस्त नेपाली नागरिकको प्रतिनिधित्व गर्छ, त्यसकारण यो बर्ग र त्यो बर्ग भनी कित्ता छुट्यायर राजनीति र राज्य सन्चलान गरिनु बिल्कुल गलत हो। यस्तो कित्ताले एकतामा खलल पुर्याउछ,।

*उसो भय नयाँ शक्ति कस्तो राजनीतिक दल हो ?

नयाँ शक्ति बाम लोकतान्त्रिक शक्ति हो, लेफ्ट डेमोक्र्याटिक राजनीतिक दलको रुपमा आइरहेकाछौ। सारत्वमा लेफ्ट हुन्छ भने विधि, पद्धति, प्रक्रियामा डेमोक्र्याटिक हुन्छ।कार्यदिशाको सवालमा वामाकेन्द्रवादी हुन्छ, वामकेन्द्रवादि कार्यदिशाको प्रमुख कुरा निरन्तर प्रगती, सुधार,परिमार्जन, परिवर्तनको पक्षपोशण गर्ने दलको रुपमा नयाँ शक्ति हुन्छ।

*तपाइहरुले भने जस्तै हाम्रै पालामा समृद्धि कसरी सम्भव छ ?

राज्यको नेतृत्व गर्ने दल, नेतृत्वमा भिजन, मुल रुपमा समृद्धिको स्पष्ट खाका हुनुपर्छ, जस्को लागि राजनीतिक स्थिरता अपरिहार्य छ, जस अन्तर्गत स्थाइ सरकार, सुसान सदाचार, हुनुपर्छ। हामिले अगाडी सारेको “पाच स” द्वारा राजनीतिक अस्थिरताको निराकरण गर्दै समृद्धिमा सजिलै जान सक्छौ,। नयाँ शक्तिले व्यक्तिको आर्थिक स्वतन्त्रतालाई प्रोत्साहन गर्दै व्यक्तिको गतिशील परिवर्तनशिल प्रयत्न , योग्यता, कला, भिजनलाइ व्यवस्थापन गर्छ, जस्कोलागी उत्पादन वृद्धि सामाजिक सुरक्षा न्यायपुर्ण बितरण आवस्यक पर्छ, त्यसैकारण समानुपातिक, समाबेशी/ सहभागिता मुलक लोकतन्त्र भनेका छौ।उदाहरण दिउ, दोस्रो विश्व युद्धमा अमेरिकाले सानो केटा मार्फत हिरोसिमा र नागासाकी सखाब बनायो, तर २० बर्ष भित्रमै जापानले आफ्नो अर्थतन्त्र पुनर्निर्माण गरि आफुलाइ अब्बल बनायो, यस्तै गरि मलेसिया, सिङ्गापुर पनि छोट्टै समयमा अहिले काहा पुगिसके, त्यसैले हामि इमानदार भयर गर्यौ भने हाम्रै पालामा अवस्य सम्भव छ।

*मलेसियामा नयाँ शक्तिको आकर्षण, सङ्गठन कस्तो छनी..?

खास गरि युवा बर्गलाइ, नया?जेनेरेसनलाइ नयाँ शक्तिको भिजनले राम्रो सम्बोधन गर्न खोजेको छ, र समस्त नेपालीले यस्बेला नयाँ बिचार, मान्यता, नयाँ आचरण, इमानदार, कुसल नेतृत्व र कुसल राजनीतिक दल, र समृद्धिको स्पष्ट खाका खोजिरहेका छन, उक्त सबै कुरा नयाँ शक्तिमा पाउनुले आकर्षण बढ्दो छ। यश हिसाबले मलेसियामा नयाँ शक्ति सङ्गठ ठूलो, बलियो र जति कल्पना गरेका थियौ त्यो भन्दा धेरै माथी छ। मलेसियामा रहेका बुद्धिजिबि, व्यबसायी, अन्य पुराना पार्टी त्याग गरि आउनुभयका साथिहरु, मलेसिया युनिभर्सिटीमा अध्यनरतहरु, र नितान्त मजदुरी गर्दै बस्नुभयका बिल्कुल स्वतन्त्र व्यक्तिहरुको उपस्थिति भयको नयाँ शक्ति अन्तरिम केन्द्रिय परिषद मलेसिया निर्माण भयको छ।

*अब नयाँ शक्ति मलेसियाले मलेसियामा रहेर के कस्ता कार्यहरु गर्छ ?

हामी भर्खर बैकल्पिक शक्तिको रुपमा उदायका छौ, हामिले मलेसियाको सम्बन्धमा कार्य योजना पनि बनाउदै छौ, धेरै ठूलो कार्य गर्न सक्छौ चै हामी भन्दैनौ तर मलेसियाको कानुन,मा रहि गर्न सक्ने जति कार्य योजना चै हामी निर्माण गर्छौ।

*कार्ययोजना बारे प्रष्ट पार्नुहुन्छ कि ?

हामि बनाउदै छौ, मलेसियामा रहेका नेपालि युवाहरुको सीप कला क्षमता, लाई पहिचान गरि व्यबस्थापन गर्छौ, बिभित व्यबसायिक समूह बनाइ सामुहिक लगानिमा व्यबसायिक फ्रेम निर्माण गर्छौ, एउटा व्यबसायिक योजनाको खाका तयार पारी व्यबसायिक कोश निर्माण गर्दै उध्यमशिल्ताको बिकाश गर्न मलेसियामा रहेका नेपाली युवामाझमा नयाँ शक्ति मलेसियाले प्रयत्न गर्दै अभियान थाल्ने हाम्रो दिर्घकालिन अन्तर्गतको कार्ययोजना छ, मुख्यत: नयाँ शक्ति मलेसियाले इकोनोमिकल डेब्लोब्मेन्ट सम्बन्धी काम गर्छ।

*मलेसियामा नेपालिहरुले धेरै दु:ख पाइरहेकाछन, भनेको काम, तलब, पायका छैनन, असुरक्षित छन यश बारेमा चै नयाँ शक्ति मलेसियाले कसरी सोचेको छ ?

यो विषय निकै जटिल विषय हो, सबैभन्दा पहिला मलेसियामा रहेका वा भयका राजनीतिक संघ सङ्गठन, दूतावास, NRNA, अरु बिभित सङ्गठन बिचमा उक्त समस्या समाधानको निम्ति एउटा मजबुत फ्रेम बनाउनु जरुरी छ, त्यो फ्रेमबाट मात्रै उक्त समस्याको समाधान गर्न सक्छौ, त्यो फ्रेमलाइ संयुक्त समिति भन्दा पनि हुन्छ, यस्को लागि नयाँ शक्ति मलेसियाले पहल लिन्छ,

*तपाईंले भनेको जस्तै समिति वा नयाँ शक्ति मलेसिया द्वारा लिइने पहल वा मलेसियामा रहेका नेपाली मजदुरहरुको निमित्त हुनुपर्ने आधार्भुत पहलहरु तथा नयाँ शक्ति मलेसियाले कस्तो माग लिदैछ ?

सबैभन्दा पहिला कायम रहि आयको श्रमसम्झौता खारेज गरि नयाँ श्रम सम्झौता दुई देश बिचमा बन्नुपर्छ, र दूतावास मजदुरहरुप्रती उत्तरदायी रहनुपर्छ, परन्तु दूतावास मार्फत गरिने हाम्रो तत्कालको कदम भनेको:-

१ बैधानिक रुपमा काम गर्दै आयका नेपाली मजदुरको असुरक्षाको कारण ज्यान गुमायमा क्षतिपुर्ती स्वरुप ज्यान गुमाउने मजदुर परिवालाई मलेसियन सरकार वा कम्पनी द्वारा १० लाख तथा नेपाल सरकार द्वारा १० लाख जम्मा २० लाख उपलब्ध गरिनुपर्ने।
२ GST थपियको हुदा मज्दुर तलब वृद्धि हुनुपर्ने
३ करार अवधी भित्र भिसा चप नलगाइ इलिगल बनाउने कम्पनी लाई कार्वाही गरिनुपर्ने तथा निज कम्पनीको नियतमा इलिगल भयका मजदुर को जिम्मा करार अवधी भर सरकारले जिम्मा लिनु पर्ने
४ झुटो मुद्दामा जेल मा रहेका सबै नेपालीलाई घर फिर्तीको निम्ति दूतावासले लोयर को व्यवस्था गरि प्रक्रिया थालनी गरिनुपर्ने ।
५ आफ्नै कारण ले इलिगल भयका वा दोसि ठहरियका मजदुर हरुलाइ सजाय सकिय पश्चात् सरकारले नै नेपाल फिर्ती गर्नु पर्ने
६ मलेसियन सरकार र नेपाली दूतावासको तर्फबाट प्रत्यक तीन तीन महिनामा मज्दुरको स्थिति होस्टल काम गर्ने स्थल मज्दुर ले पाय नपायका आदि बिसयमा निगरानी जाँच हुनु पर्ने ।
७ पासपोर्ट मजदुर कै साथामा हुनुपर्ने।
८ पुर्ण सुरक्षा प्रत्याभूत गराउनुपर्ने।
९ करार अबधी भित्र कम्पनी बन्द भै कामादर फिर्ती गराउदा वा गराउनेपरे करार अबधीको पूरा तलब प्रदान गरि फिर्ती गरिनुपर्ने।
आदि जस्ता विषयमा नयाँ शक्ति मलेसियाको पहल एवं कदम हुन्छ, यद्यपि सरकार, दूतावास मजदुर प्रती जिम्मेवार र उत्तरदायी रहनुपर्छ।यत्ति हुनेहो भने निकै सहुलित र मजदुर हित ठहरिन्छ।

*तपाइहरुको जेष्ठ ३० गतेको कार्यक्रम शक्ति प्रदर्शन हो…?

त्यसो होइन, हामिले अबको आवास्यक्ता, अपरिहार्यता, रास्ट्र निर्माण र समृद्धि सम्बन्धि “पाच स” को अवधारणा अगाडी सार्यौ र आम जनतामा बहस लियर गयौ, फल स्वरुप नयाँ शक्तिको लहर आयो, स्वत स्फुर्त रुपमा नयाँ शक्ति सङ्गठनहरु निर्माण हुन थाले, देशब्यापी रुपमा नयाँ शक्ति किन केका लागि भन्य कुरा सबैले बोध गर्न थालियो, र एक लाख भन्दा माथी सस्थापक सदस्य सहित हामी दशरथ रङ्गशालामा उपस्थित हुदै रास्ट्र निर्माण, समृद्धिको निमित्त प्रतिबद्धता सहित सपथ ग्रहण हुन्छ, त्यसकारण जेष्ठ ३० को कार्यक्रम शक्ति प्रदर्शन नभै रास्ट्र समृद्धिको लागि महा जमघट भयर सामुहिक सपथ ग्रहण कार्यक्रम हुन्छ, यस्लाइ शक्ति प्रदर्शन भनेर बुझ्दा गलत हुन्छ।

*नयाँ शक्ति मलेसियाले जेष्ठ ३० को कार्यक्रमको लागि कस्तो जिम्मेवारि निर्वाह गरिरहेको छ भन्न मिल्छकि ?
अवस्य जेष्ठ ३० को कार्यक्रम सङ्ग्सगै नयाँ शक्ति अन्तरास्ट्रिय स्तरमा पनि कार्यक्रम गरि सामुहिक सपथ ग्रहण हुन्छ, जस अन्तर्गत मलेसियाले पनि गर्नेछ, नयाँ शक्ति मलेसियाले करिब १३,०० सस्थापक सदस्य नामावली पठाइसकेको छ एवं आर्थिक, नैतिक , भौतिक सबै तरिकाले जिम्मेवारी निर्वाह गरिरहेको छ।

*अन्तर्वार्ताको लागि समय दिनुभो, धन्यवाद एवं शुभकामना! अन्तमा केही भन्नुहुन्छ् कि ?

बिचार प्रस्तुत गर्ने मौका दिनुभो याहालाइ पनि धन्यवाद दिदै, रास्ट्र निर्माण, हाम्रै पालामा समृद्धि, को महा अभियान अन्तर्गत जेष्ठ ३० गते दशरथ रङ्गशालामा उपस्थित हुँदै सपथ लियर अघि बढौ! नयाँ शक्ति मलेसिया सम्पुर्ण नेपालिजनमा हार्दिक अनुरोध एवं अपिल गर्दछौ।