नेपाली समय:
Flash News

साउदीमा अवैध कामदारलाई आममाफीको अवसर दिदै: नेपाली राजदुताबसको सुचना सहित

मजदुर अनलाईन २५ मार्च,साउदी। साउदी अरेबियाले आफ्नो देशमा गैरकानूनी (इलिगल) रुपमा रहेका विदेशी कामदारलाई आममाफी विना सजाय र जरिवाना बिना आफ्नो देश फर्कन ९० दिनको समय बारेमा नेपाली राजदुताबास रिहाद ले सुचना जारी गरेको छ।
साउदी सरकारले कानुनी प्रक्रिया अनुसार अवैध कामदारले समसीमा भित्र स्वदेश र्फकन प्रक्रिया सुरु नगरे कम्तिमा ४ लाख २० हजार रुपैयाँदेखि २८ लाख रुपैयाँ अर्थात १५ हजार देखि १ लाख रियालसम्म जरिवाना लगाउने निर्णय साउदी सरकारले गरिसकेको छ । साउदीको अध्यागमन विभागले यसरी जरिवाना तिरेर फर्किएकालाई फेरि साउदीमा आउन नदिने निर्णय समेत गरिसकेको छ ।
आममाफीको प्रक्रिया २९ मार्च २०१७ देखि लागू हुनेछ र ९० दिनसम्म रहनेछ ।



१. १९ मार्च २०१७ सम्म हुरुव (भौगौडा) लागेर वा अकामा नबनेर वा म्याद सकिएका अकामा नवीकरण नभएर आलेखवद्ध/अवैधानिक -इलिगल) भएका ब्यक्तिहरुले स्वदेश फर्किन एक्जिट भिसाका लागि तोकिएको विवरणसहित आवेदन दिनुपर्नेछ । आममाफीको अवधिमा स्वदेश फर्किन कुनै खर्च लाग्दैन ।

२. यो आममाफी २९ मार्च २०१७ देखि लागू हुनेछ र ९० दिनसम्म रहनेछ । अबैध ढंगमा साउदी प्रवेश गरी कागजातबिहीन रहेका (विशेषतः नेपाली घरेलु महिला कामदारहरू)ले यसको फाइदा उठाउन सक्नेछन् ।

३. भिजिट भिसा, हज भिसामा साउदी आएर ओभरस्टे भएकाहरुले समेत यसमा सहभागी हुन सक्नेछन् । तर, यस्ता ब्यक्तिहरुले एपोन्मेन्ट लेटरको पि्रन्टसहित एयरपोर्ट इमिग्रेशनबाट एक्जिक्ट भिसा प्राप्त गर्न सक्नेछन् ।

४. आवेदन गर्दा तोकिएको वेबलिंकमा गएर विवरण भरि अगि्रम प्रक्रियाका लागि आफूलाई पायक पर्ने स्थानको जवाजात अफिसमा एपोइन्मेन्ट लिनुपर्नेछ । एपोइन्टमेन्टको लागि अनलाइन आवेदन स्वयम् ब्यक्तिले नै गर्न सक्नेछ । आवेदन गर्न नसक्नेहरुको लागि दूतावास वा दूतावासबाट तोकिएका नेपाली समुदायका स्वयम्सेवकहरुको सहयोग लिन सकिनेछ । स्वम्सेवकहरुको सूची दूतावासले सूचनामार्फत जानकारी गराउनेछ ।

५. सक्कल राहदानी भएका ब्यक्तिहरुले जावाजातका अनलाइन एपोइन्टमेन्ट प्राप्त गरेपछि त्यसको प्रतिलिपी, अकामा भए अकामा र सक्कल राहदानी लिएर सिधै एपोइन्टमेन्ट लिएको जवाजातको कार्यालयमा प्राप्त एपोइन्टमेन्टको समय अगावै सम्पर्क गर्नुपर्नेछ ।

६. सक्कल राहदानी नभएकाहरुको हकमा पुरानो राहदानीको प्रतिलिपि र नागरिकताको प्रतिलिपि पेश गरी दूतावासले तोकेको स्थानबाट ट्राभल डकुमेन्ट (आउटपास) लिनुपर्नेछ । र सो आउटपास, अनलाइन एपोइन्टमेन्ट लेटरको प्रतिलिपि र अकामा भए अकामा लिई एपोइन्टमेन्टमा तोकिएको समय अगावै सम्पर्क गर्नुपर्नेछ ।

७. सम्बन्धित जवाजात अफिसमा समयमा पुगेर फिंगर लगायताका प्रक्रियाका लागि सम्बन्धित डेस्कमा गई हुनुपर्नेछ । कुनै समस्या कुनै समस्या परेमा दूतावास वा दूतावासका अधिकारीसँग बुझ्न सकिनेछ ।

८. यो कामका लागि जवाजातको कार्यालय समय विहान ७.३० देखि दिउँसो २.३० सम्म २९ मार्चबाट सुरु हुनेछ ।

९. निवेदन दिएका तर, कुनै न कुनै जरिवाना (गरामा) वा मुद्धा (मतलुब) भएका ब्यक्तिलाई एक्जिक्ट भिसा लगाउन समस्या हुनसक्ने भएकाले एपोइन्टमेन्ट लिनु अगावै अफ्नो मुद्दा रहेको सम्बन्धित प्रहरी निकाय -प्रहरी, अदालत)मा सम्पर्क गरी मुद्दाको फस्र्योट गर्नुपर्नेछ ।

१०. साउदीको कानून तोडेर अपराधिक केशमा पक्राउ परेका, जेल सजाय भोगिरहेकाहरूका लागि यो आममाफी लागू हुनेछैन । योग्यहरुले प्रक्रियामा सहभागी नभए २८ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।