नेपाली समय:
Flash News

रोजगारका लागि १ अर्व १४ करोड बजेट विनियोजन

काठमाडौं, जेठ १५ – श्रम तथा रोजगारसम्बन्धी सबै कार्यक्रम निरन्तरता दिँदै यसका लागि १ अर्व १४ करोड विनियोजन गरिएको छ ।

जसअनुसार विदेश जाने युवाहरुलाई सीपमुलक तालिम दिइने तथा वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य बैंक खाता खोल्नुपर्ने र रेमिट्यान्स त्यसैमा पठाउनुपर्ने नियम बनाइनेछ ।

अपांगता भएकालई दिएको सहयोग निरन्तरता दिइने र स्वदेशकै जडिबुटीबाट औषधि उत्पादन गर्ने उद्योगहरूलाई प्राथमिकता दिइने कुरा संसदमा बजेट पेश गर्दै उर्थमन्त्री महराले जानकारी दिएका छन् ।

प्रस्तुत बजेट अनुसार २ अर्ब २३ करोड महिला बालबालिका तथा समाज कल्याणका लागि छुट्याइएको छ ।