नेपाली समय:
Flash News

महासंघका कार्यवाहक अध्यक्ष गणेश रेग्मीद्धारा जारी शोक बक्तव्य

–जय कार्की, प्रकाशन विभाग
अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव जगतसिम्खडाको जीवन संगिनीको असामयिक, दुःखद निधन भएकोमा महासंघका कार्यवाहक अध्यक्ष गणेश रेग्मीद्धारा जारी शोक बक्तव्यको पूर्ण पाठ यसप्रकार रहेको छ ।

शोक बक्तव्य
मिति १६ जेष्ठ २०७४
हाम्रो गौरबशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा अखिल नेपाल टे«ड युनियन महासंघका महासचिव क. जगतबहादुर सिम्खडाको जीवन संगिनी लक्ष्मी सिम्खडाको यही जेष्ठ १४ गतेका दिन आगिन चोक–१ निवासतर्फ काठमाण्डौबाट स्वास्थ्य उपचार गरी आफ्ना पति जगत सिम्खडाबाट विदा भई घर फर्किनेक्रममा धादिङ बेसीको भकारेमा बस दुर्घटना हुन गई घटनास्थलमै दुःखद निधन हुन गएकोमा हाम्रो महासंघ परिबार स्तब्ध र मर्माहत भएको छ ।
बर्ष ३८की स्वर्गीय क.लक्ष्मी सिम्खडा नेपाल कम्युनिष्ट पार्टी माओवादी पार्टी केन्द्रको एकजना होनहार सदस्य हुनुहुन्थ्यो । उहाँले १० वर्ष लामो परिवर्तनको वाहक जनयुद्धका कुशल लडाकु पति जगत सिम्खडालाई संधै हौसला प्रदान गर्दै जनयुद्ध जस्तो भयंकर राजनैतिक उथलपुथलमा पनि सिंङ्गो घरव्यवहारलाई कुशलतापूर्वक संचालन गर्दै आफ्ना चारजना छोराछोरीको लालनपालनमा कुनै कमी हुन दिनु भएको थिएन भने कैयौं पटक प्रतिक्रियावादी शाही सत्ताले घरपरिवारलाई यातनाको बधशाला बनाउँने कुचेष्टा गर्दापनि निडरतापूर्वक डटेर सामना गर्नु भएको थियो । अहिले पनि उहाँ गाउँ पार्टी लगायत घरायसी जीवनमा सक्रिय रहनु भएको थियो ।

स्वर्गीय लक्ष्मी सिम्खडाको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धान्जलि ब्यक्त गर्दछौं साथै महासचिव सिम्खडा लगायत शोकाकूल परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस भनि समवेदना व्यक्त गर्दछौं ।
कामरेड लक्ष्मी सिम्खडा लाल सलाम ।

अध्यक्ष
गणेशप्रसाद रेग्मी

संयुक्त बक्तब्य

यसैगरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ३ नम्बर प्रदेश र अखिल नेपाल टे«ड युनियन महासंघले संयुक्त बक्तब्य पनि धादिङ बेसीबाट तत्कालै शोक बक्तव्य जारी गरेका थिए । सो बक्तव्यमा प्रदेश ३ का इन्चार्ज हितमान शाक्य, ३ नम्बर प्रदेशका संयोजक झक्कुप्रसाद सुबेदी, पोलिटब्युरो सदस्य तथा महासंघका अध्यक्ष शालिकराम जम्कट्टेल,पोलिटब्युरो सदस्य तथा मजदुर डिओसी इन्चार्ज रामदिप आचार्य,पोलिटब्युरो सदस्य तथा कार्यवाहक अध्यक्ष गणेश रेग्मी, महासंघका उपाध्यक्ष जय कार्की लगायतले संयुक्त शोक बक्तव्यमा हस्ताक्षर गरेका छन्


स्वर्गीय लक्ष्मी सिम्खडालाई श्रद्धान्जलि दिन र परिवारजनप्रति समबेदना प्रकट गर्न माओवादी पार्टीका बरिष्ठ नेतागण, कार्यकर्ता तथा अखिल नेपाल टेड युनियन महासंघका सबै पेशागत घटकका मजदुर नेताहरु दुर्घटनाको घटना सुन्ने बित्तिक्कै धादिङको सदरमुकाम धादिङ बेसी तर्फ लागेका थिए ।
३ जनाको ज्यान गएको र २२ जना गंभीर घाईते भएको यो दुर्घटनाले सबैलाई स्तब्ध पारेको देखिएको थियो भने कार्यकर्ताहरु र आफन्तजनहरु धादिङ बेसीमा शोकमा डुबेका थिए ।