नेपाली समय:
Flash News

जनप्रगतिशील मंच र प्रेस सेन्टर युएई शाखाले पाण्डे लाई सम्मना सहित बिदाई

सुसान आचार्य / जुलाई ८ तारिक,दुबई ।
बैदेशिक रोजगारीका क्रममा कामबाट बचेको समयलाई सदुपयोग गर्दै कलम चलाउने एउटा मजदुरको लेखक भनेर परिचित नेपाल पत्रकार महासघ साखाका सदस्य तथा मजदुर अनलाईन पत्रीका को ५ बर्ष लामो प्रधान सम्पादक समेत रही सकेका साथै चितवन समाज युएईका सस्थापक-संरक्षक समेत रहेका निमाकान्त पाण्डे लाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि सम्मान सहित बिदाइ गरिएको छ ।
बरदुबई स्थित चौतारी नेपाली होटल को हलमा कार्यक्रमको आयोजना गरि नेपाली जनप्रगतिशील मन्च युएइ र प्रेस सेन्टर नेपाल साखा युएइले सयुत्त रूपमा बिदाइ गरेका हुन।
झन्डै १७ बर्ष सम्म लामो प्रबासको रोजगारी सगै बिभिन्न सामाजिक काममा समेत निकै सक्रिय भुमिका निभाउदै आएका पाण्डे लाई ,स्वदेश फर्कन केहि दिन मात्रै बाकी रहदा बिगतमा उनी बाट भएका कामहरुको समिक्षा र मुल्यांकन गर्दै उच्च सम्मान सहित बिदाइ गरिएको हो ।
कलमको माध्यमबाट रोजगारीका लागि बिदेशी भुमिमा आएका नेपाली कामदारहरुको हक अधिकार र समस्या बारे निरन्तर आबाज उठाउदै आएका पाण्डे ले बिगतमा अलपत्र परेका नेपालीको उद्दारका लागि निकै पहल कदमी सङ्गै अनेकौ जोखिमको सामना गर्दै धेरैलाई सहयोग गरेका थिए ।

युएइमा मजदुर हक अधिकारका लागि निरन्तर आबाज उठाउने संगठन नेपाली जनप्रगतिशील मन्च युएइका सस्थापक सदस्य समेत रहेका पाण्डे लाइ मन्च का तर्फबाट अध्यक्ष हेमन्त पौडेल,महासचिव उत्तम राज बिस्वकर्मा, मजदुर अनलाईन सस्थापक संयोजक तथा मंचका केन्द्रिय सल्लाहकार शम्भु कुमार वाइबा,नेपाली सोसियल कल्बका अध्यक्ष शालिक सुबेदी, प्रेस सेन्टर नेपाल युएइ साखाका अध्यक्ष अनिस तामङ ,सह सचिब अन्जुली लोप्चन ,रातोपाटी अनलाईन युएइ सम्बादाता विनोद श्रेष्ठ कान्ति, मंचका पुर्ब अध्यक्ष उत्तम अधिकारी,लगायतका विभिन्न बरिष्ट ब्याक्तित्वहरुको उपस्थितिमा बिदाई गरिएको भएको थियो।

यस्तै उक्त कार्यक्रममा बोल्दै पाण्डे ले आफ्नो प्राबस बसाइलाइ अन्त्य गर्दै स्वदेश फर्कने क्रममा मंच र प्रेस सेन्टरले सम्मान सहित बिदाई गरेकोमा खुसि व्यक्त गरेका थिए,आफु निरन्तर उत्पिडित वर्गको हकहितको पक्षमा आबाज उठाउदै सगै कलम चलाउने बताएका छन।
बिधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष हेमन्त पौडेल,शालिक सुवेदी,महासचिव उत्तमराज बिस्वकर्मा लगायतले शुभकामना सहित नेपालको बसाई शुभ रहोस भन्ने आफ्नो मन्तव्य राखेका थिए । उनी यसै हप्ता भित्र नेपाल फर्कदै छन।