नेपाली समय:
Flash News

महासंघको राष्ट्रिय सम्मेलन स्थगित

काठमाण्डौ, असोज २०,२०७४
अखिल नेपाल टे«ड युनियन महासंघको यही असोज २५ गतेका दिन हुने भनिएको विशेष राष्ट्रिय सम्मेलन स्थगित भएको कुरा सो महासंघका का.वा.अध्यक्ष गणेश रेग्मीले बताउनु भएको छ । उहाँले बक्तब्यमा भन्नु भएको छ “हाम्रो गौरबशाली संगठन अखिल नेपाल टे«ड युनियन महासंघको कार्यालयको बैठक आज २० गतेका बस्यो । प्रदेश र प्रतिनिधि सभाको चुनावलाई ध्यान दिई चुनावी कार्यमा महासंघको सम्पूर्ण शक्ति लगाउनु पर्नेभएकोले महासंघको असोज २५ गतेका दिन आयोजना गर्ने राष्ट्रिय सम्मेलन हाललाई स्थगित गरिएको जानकारी सहित महासंघ केन्द्र, प्रदेश, पेसागत संगठन, जिल्ला, इकाई कमिटी तथा साधारण सदस्यहरु समेतले संगठनको आआफ्नो जिम्मेवारी र चुनावी अभियानलाई तीव्रताका साथ अगाडि बढाउन यो जानकारी जारी गरिएको छ ।


यसैवीच महासंघका महसचिव तथा संगठन विभाग प्रमुख जगत सिम्खडाले यही भदौ २५ गतेका दिन हुन गैरहेको ३ नम्बर प्रदेश भेला पनि स्थगित गरिएको जानकारी दिनु भएको छ ।