नेपाली समय:
Flash News

गायिका तथा मोडल सुस्केराको “बर बर आँशु” (भिडियो सहित) ।

उत्तम बिक दुबई २७ सेप्टेम्बर ।
नेपाली कलाकारीताको क्षेत्रमा अगाडी लम्कीदै गरेकी कला र गलाको धनि गायिका तथा मोडल किसोेरी लामा (सन्ध्या सुस्केरा) को “बर बर आँश” लोक गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
बैदेशिक रोजगारीको शिलशिलामा बिगत तिन बर्ष देखी युएईमा कार्यरत सुस्केराले यस अघि पनि थुप्रै म्युजिक भिडियोहरु बजारमा ल्याई सकेकी छन भने बर बर आँशुको म्युजिक भिडियो हालसालै बजारमा ल्याएकी हुन ।
शिरबन्दी डिजीटल प्रा.लि.द्धारा बजारमा ल्याएईको उक्त म्युजिक भिडियोमा सुस्केरा आफैले स्वर भरेकी छन् । बर बर आशु एउटा पारिवारीक समस्याले बिदेशिनु पर्दाको घटनालाई उजागर गरेको लोक म्युजिक भिडियो हो भने उक्त म्युजिक भिडियोको निर्देशन केशर लामाले गरेका छन भने अभिनय सुस्केरा, मार्केस, रेश्मी र प्रीन्सले गरेका छन् ।
लय र शब्द समेत गायिका स्वयमको रहेको म्युजिक भिडियोमा छयाङ्कन मुकेश हुमगाईको रहेको छ । निकै मार्मिक स्वर र शब्दले भरिएको उक्त गितको सम्पादन भने मिलन बिकले गरेका छन् ।
युएईको प्राय कार्यक्रमहरुमा नछुटने कलाकारहरु मध्ये सुस्केरा पनि एक हुन् । उनि कार्यक्रमहरुमा गायन, नृत्य संगै उदघोषनमा पनि चर्चित नामले चिनिन्छिन् । युएईको तिन बर्षे बसाईमा यति धेरै अगाडी बढने अबसर पाएकी सुस्केराले बर बर आँशु म्युजिक भिडियो पनि हेरेर माया गरिदिनको लागी सबैलाई आग्रह गरेकी छन् ।

बाकि भिडियो बाट…..