नेपाली समय:
Flash News

बाम एकताको पक्षमा अखिल नेपाल ट्रेड युनियन महासंघ

असोज २१ काठमाडौ

बाम एकताको पक्षमा  अखिल नेपाल ट्रेड  युनियन महासंघ । एक बिज्ञप्ति जारी गर्दै चुनावी तालमेल र चुनाव पछि एकीकरण हुने ।  नेकपा एमाले , एनेकपा माओबादी केन्द्र र नयाँ शक्ति पार्टी बिचमा भएको तालमेल र एकताको प्रयासको स्वागत गर्दै ट्रेड युनियन महासङ्हले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई तत्कालीन चुनावी तालमेल र लगत्तै एकताको लागी सहज बाताबरण तयार गर्न आ आफ्नो ठाउँ बाट सहयोग गर्न अपिल गर्दै बिज्ञप्ति सार्वजनिक गरेको छ ।

महासघका महासचिव जगत सिम्खडा द्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा कम्युनिस्ट एकताको प्रयाशले लामो समय देखी समस्या ग्रस्त नेपाली राजनितिमा स्थाईत्त्व कायम गर्दै स्थाई सरकार निर्माण हुने र नेपालको कम्युनिस्ट आन्दोलनलाई समृद्ध पार्दै बिश्व कम्युनिस्ट आन्दोलनलाई नै नया उचाई प्रदान गर्ने बिश्वास ब्यक्त गरिएको छ । आफ्ना मातहतका सम्पूर्ण कमिटीहरुलाई सहयोगी भएर एकीकरणमा लाग्न निर्देशन समेत दिनुभएको छ ।