नेपाली समय:
Flash News

चर्चित गायक सुनारको माया गर्छु सानीलाई सार्बजनिक (भिडियो सहित)

उत्तम बिक दुबई ३१ अक्टोबर ।
चर्चित गायक कृष्ण सुनारको सुमधुर आवाजले भरिएको लोक दोहोरी गिति एल्बम माया गर्छु सानीलाई युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
बैदेशिक रोजगारीको शिलशिलामा युएईमा कार्यरत सुमधुर स्वरका धनि गायक सुनार प्रवासको बसाई र कामबाट बाँकी रहेको समय गित संगितमा लगाउन पाउदा खुशि रहेको बताउछन् ।
हालसालै मात्र सार्बजनिक बोहोरा ईन्टरटेन्मेन्ट एण्ड फिल्मको प्रस्तुती रहेको माया गर्छु सानीलाई म्युजिक भिडियोमा चर्चित गायिका देबि घर्तिको साथमा सुनारले सुमधुर स्वर भरेका छन् । बिक्रम बिष्ट र संगिता लामिछानेको शब्द रहेको उक्त म्युजिक भिडियोमा सुर्य कुमार बोहोरा र हिमा थापाले अभिनय गरेका छन् भने श्रीकृष्ण परियारको निर्देशन रहेको छ ।
युएईमा हुने बिभिन्न सांस्कृतिक कार्यक्रममा सानदार प्रस्तुती दिन सफल गायक सुनार कलाकारहरुको समुह नेपाल कला संस्कृतिक मंचमा समेत आबद्ध रहेका छन । सुर्य कुमार बोहोराको लय, छयाँकन तथा दिनेश मुस्कानको सम्पादन रहेको माया गर्छु सानीलाई म्युजिक भिडियो दर्शकहरुको माझ हालसालै मात्र सार्बजनिक भएकोले हेरेर माया गरिदिनको लागी समेत गायक सुनारले सबैलाई आग्रह गरेका छन ।

बाँकी भिडियो बाट………