नेपाली समय:
Flash News

बाम एकता ले पाल्पा मा खुशीयाली- युवाहरू भन्छ्न, जित निश्चित छ।

कार्तिक १९,

कतिपय साथिहरु भन्ने गर्छन, बाम एकता सम्भब छैन । सम्भब छ, किन छैन ? यसको लागि पहिलो कुरा नेताहरुमा इच्छा शक्ति हुनुपर्छ, देशप्रेम हुनुपर्छ । सबैले आ-आफ्नो ब्यक्तिगत र पार्टिगत स्वार्थ त्यागेर हार्दिकता देखाउनु पर्छ ।
बाम एकता सम्भब छ कि छैन भन्दा पनि आबश्यकता छ कि छैन भन्ने कुरा मुख्य हो । अहिले हामी राष्ट्रीय स्वाधिनता र आत्मनिर्भरताको को लागि संघर्षरत छौं अर्को तिर सम्बृद्दिका तमाम सपनाहरु हामीसंग छन, जुन पूरा गर्न नेपाली कांग्रेश लगाएत परम्पराबादी दक्षिणपन्थी दलबाट सम्भब छैन । त्यसैले पनि प्रगतिशिल बामपन्थी शक्तिहरु जुटेर देशको नेतृत्व गर्नुको बिकल्प छैन ।
हामीले मुख्य राजनितिक क्रान्तिहरु सम्पन्न गरेका छौं र सफल भएका छौं । प्रजातान्त्रीक शक्तिसंगको सहकार्यले देशमा सामन्तबादको अन्त्य भएको छ र देशमा लोकतान्त्रीक गणतन्त्र स्थापना भएको छ । त्यसैले हामीले पुंजिबादी जनबादि क्रान्ती सम्पन्न गरेका छौं भन्नू उपयुक्त हुन्छ । यो परिस्थिती सम्म आईपुग्न प्रजातान्त्रीक शक्तिहरुसंग सहकार्य गर्न जरुरी पनि थियो । अब हामी यो अबस्थाबाट एक कदम अघि बढ्न चाहान्छौं ।
कमरेड मदन भण्डारीले भन्नू भएको थियो, “केबल राजा मात्र हटेर हुदैन, देशमा बिस्तारबाद, साम्राज्यबाद र दलाल नोकरशाही पुंजिबादको प्रभाब जबसम्म रहन्छ तबसम्म हाम्रो स्थितिमा कुनै परिबर्तन आउंदैन” । हो हामी अहिले त्यही अबस्थामा छौं । सामन्तबादको अन्त्य भएर राजनितिक संरचनामा परिबर्तन भए पनि हाम्रो सामाजिक र आर्थिक स्थितिमा कुनै परिबर्तन भएको छैन । यसका मुख्य कारण हुन- अनाबश्यक बैदेशिक हस्तक्षेप र दलाल नोकरशाही पुंजिबाद ।

हो, अब हामीले आर्थिक सम्बृद्दिमा फड्को मार्ने हो भने पहिला अनाबश्यक बैदेशिक हस्तक्षेपको अन्त्य गर्न जरुरि छ, जसले गर्दा हामीले भर्खरै ल्याएको गणतन्त्रलाई राम्रोसंग हुर्कन र संस्थागत गर्न बाधा हाल्दैछ । हामीलाई आर्थिक सम्बृद्दिको बाटोमा जान दिइरहेको छैन । त्यसका बिरुद्द लड्नु पहिलो कार्यभार हुनुपर्छ । दोश्रो दलाल नोकरशाही पुंजिबाद, जसले गर्दा हाम्रो उत्पादनलाई रोकेर हामिलाई बिश्वबजारको उपभोक्ता मात्र बनाएको छ, असमान बितरण प्रणालीलाई संस्थागत गरेको छ । हाम्रो बार्षिक व्यापार घाटालाई बढाउदै आर्थिक रुपमा टाट पल्टाउने स्थितिमा छ । यसका बिरुद्द लड्नु दोश्रो मुख्य कार्यभार हुनुपर्छ ।
त्यसैले, देशका यी छर्लंग देखिएका समस्याहरुको समाधान गर्नको लागि पनि हामीले अब हामीले एक कदम फड्को मार्न जरुरि छ, जसले समाजबादी क्रान्ति या नया जनबादी क्रान्तिको आधार तयार गर्न गरोस । त्यसका लागि फेरि सशस्त्र संघर्ष गर्नुपर्छ भन्ने छैन । हामी बहुमतको सरकार द्वारानै यी कार्यभारहरु पूरा गर्न सक्छौं । हाम्रो अहिलेको रणनिति के हो भने, रुपमा प्रजातान्त्रीक सारमा जनबादि । प्रजातान्त्रीक प्रकृयाद्वारा समाजको प्रगतिशिल रुपान्तरण हाम्रो उद्देश्य हो, जसका लागि प्रतिष्पर्धामा श्रेष्टता हासिल गरेर जानुपर्छ । जबजको मुल मर्म यहि हो ।

अहिलेको अबस्थामा एमाले वा माओबादी कुनैपनी दलले दुई तिहाई बहुमत ल्याउन सक्दैनन । माथि उल्लेखित कार्यभारहरु पूरा गर्न दुई तिहाई बहुमतको सरकार चाहिन्छ । सम्पुर्ण बाम्पन्थी शक्तिहरु मिल्ने हो भने त्यो सम्भब छ । त्यसैले छरिएर रहेका अन्य साना बाम्पन्थी दलहरुलाई पनि यो एकता प्रकृयामा समेट्न जरुरी छ ।

बामपन्थी एकता अहिलेको राष्ट्रीय आबश्यकता हो । इतिहासले हामीलाई एउटा सुबर्ण अबसर दिएको छ, यसलाई खेरा फाल्यो भने हामी कदापी आफ्नो लक्ष्यमा पुग्न सक्दैनौं । खांचो छ त केबल इच्छाशक्ती र इमान्दारिताको । त्यसैले नेताहरुलाई खबरदारी गरौं, दबाब दिऔं ।

(तस्बिरमा लेखक
सुरज पौडेल पाल्पा
हाल मलेसिया)

देश बामपंथी मय हुदा मेरो पार्टी ले जित्ने भयो भन्दा पनि देशले एउटा इस्थिर सरकार पाउने भयो भन्ने कुरामा म ढुक्क छु। सके दुई तिहाइ नसके पुर्ण बहुमत सहित को सरकार ५ बर्ष चलाउने जुन यो अबसर अनि जिम्मेवारी आज नेपाली जन्ताको काधमा निर्वाचन मार्फत सुम्पेको छ , जुन देश भक्त नेपाली हरुको २०४८ देखिको सपना लाई साकार पार्ने यो एउटा सुनौलो अबसर अनि जिम्मेवारी पनि हो। सधै भरि ३ महिना देखि ९ महिना सम्म सरकार फेर्दै देश लाई सधै अस्थिरता को भुमरिमा फसाउने बाहेक अरु केही उपलब्धि रहेन ।काङ्ग्रेसको दुइ दुई चोटि को बहुमतिय सरकार नेपाली जनताले देखि सकेको अबस्थामा अहिले काङ्ग्रेसको दुखिरहेको घाउमा नुन चुक लागाउन चाहान्न । कहिले साम्सद विघटन र कहिले राजा लाई सुम्पेको इतिहास ……… । अझै २०१५ सालको पनि हेर्ने हो भने त काङ्ग्रेसको बहुमत तीन चोटि पुगिसकेको अबस्थामा देश जाहाको तहि उहीँ अस्थिर उहीँ असान्ती … अग्रगामिको कुनै खुट्किला उक्लन पाएन । जिम्मेवारी आफ्नो काधमा आएको बेला जिम्मेवारी बाटै भाग्ने पार्टी लाई भोट दिनुको कुनै तुक छैन । यो एउटा इतिहासले देखाएको कटु सत्त्य हो । अब कतै नसोची सम्पुर्ण देश भक्त नेपाली हरुलाइ आआफ्नो ठाउ बाट आफुले सकेको योगदान सहित बामपन्थी गठबन्दनलाइ मतदान दिनुहुन हार्दिक अपिल गर्दै ….हाम्रो पाल्पा जिल्ला का उम्मेदवार एमाले केन्द्रिय पोलिटिब्युरो सदस्य पुर्ब भुमिशुधार मन्त्री दलबाहादुर राना ,एमाले केन्द्रिय सदस्य पुर्ब उध्योग मन्त्री सोम प्रसाद पान्डे एमाले जिल्ला अध्यक्ष नारायण आचार्य साथै युबराज खनाल , डा पुरन बज्राचार्य ,तुलाराम घर्ती मगर लाई अत्याधिक बहुमत ले बिजय गराउ…….समृद्धि र समुन्नत देश को सपनाहरू साकार बनाउ!!!

अनि भनौं, बामपन्थी एकता- जिन्दाबाद !!!