नेपाली समय:
Flash News

मलेसियामा रहेका अबैधानिक कामदार हरुका लागी स्वदेश फिर्तिको बाताबरण सहज

सम्बादाता मलेसिया 2017/11/06

मलेसिया सरकारले घोषणा गरेको Voluntary Deportation program 3+1अन्तर्गत मलेसियामा रहेका अबैध कामदारहरु नेपाल लगायत अाअाफ्नो देश पठाउन सजिलोको लागि यो योजना लागू गरेको थियो । जुन योजना अनुसार मलेसिया स्थित अध्यागमन बिभाग मा आबश्यक प्रक्रिया या कागजात पूरा गर्ने कार्यको लागि Harfasse Resources SDN BHD लाई ३१ डिसेम्बर १०१७ सम्मको लागि मलेसिया सरकार बाट गत अप्रिल महिना देखि एक मात्र एजेन्सी तोकि सञ्चालन हुँदै अाएको छ ।

नेपालि दूतावासले पनि यहि मलेसिया सरकारले तोकेको एक मात्र आधिकारिक एजेन्सी भएकोले उक्त Harfasse Resources SDN BHDमा सम्पर्क राख्न अनुरोध गरेको छ । अबैध नेपाली कामदार हरु को समस्यालाई कानुनि रुपमा सहज बनाई स्वदेश पठाउने उद्देश्य अनुसार सोमबार ६ नोभेम्बर २०१७ बाट उक्त कम्पनीको कार्यलयमा सम्पर्क राख्न सम्बन्धीत सबैलाई जानकारि को लागि नेपाली दूतावास बाट ३ नोभेम्बर २०१७ का दिन सुचना प्रकाशित गरिएक छ । यो प्रकृया बाट नेपाल जान चाहे सस्तो र भरपर्दो पनि हुने सुचना मा बताईएको छ ।

दूतावासको सुचना अनुसार अबैधानिक नेपाली कामदारहरु नेपाल फर्कदा बिचौलियाहरुको चङ्गुलमा नफसुन तथा सस्तो सुलभ मुल्यमा नेपाल फर्कन सहज होस भन्ने पबित्र उद्धेश्य राखी हाललाई ३१ डिसेम्बर सम्मको लागि यो कार्य जारि रहने पनि जनाएको छ।

नेपाली दूतावासले आफ्नो परिसरमा कसैले तोकिएको रकम भन्दा बढी असुल उपर गरी ठगी गरेको पाइएमा या किटानिको साथ निबेदन दिएमा र प्रमाणित भएमा सख्त कारबाहिको लागि आबश्यक कदम चालिने सुचनामा जनाएको छ। तर के कति रकम लागत हो त्यो भने स्पष्ट रुपमा सुचनामा खुलाईएको छैन ।  यसबारे अस्पस्ट सुचनाको धेरैले आलोचना गरेका छन् । दूतावासले आधिकारिक सुचना सार्वजनिक गर्दा समेत लाग्ने खर्च के कति हो उल्लेख नगरिएपछी के का आधारमा बिचौलियाले लियो कि लिएन कसरी थाहा हुने र कार्बाही गरिने ? यसबारे हाम्रा मलेसिया स्थित सम्बादाताले बुझ्न खोज्दा सम्पर्क हुन सकेन तर मलेयामै कार्यरत बिभिन्न संघ संस्था र अन्य बुद्धिजिविहरुले असन्तुष्ट ब्यक्त गर्नु भएको छ। स्मरणीय छ लामो समयदेखी मलेसियामा अबैधानिक फिर्ती सम्बन्धि बिबाद समय समयमा आई रहन्छ । लामो समय मलेसियाको अनुभब गर्नु भएका बुद्धिजीवी तथा पत्रकार रामचन्द्र गिरीले पनि फेसबूक मार्फत आफ्नो असन्तुष्ट जनाउदै के कति रकम लाग्ने हो त्यो नखुलाईएकोले झनै दलाल र बेचौलियाहरुलाई सजिलो हुने बताउनु भएको छ।

यद्यपि दुताबासको सुचना अनुसार अशक्त , बिरामी ,महिला र कुनै दुर्घटना मा परेका ब्यक्तिहरुलाई भने नेपाली दुताबास आफैले पहल कदमि लिई नेपाल पठाउन सकिने पनि सुचना मार्फत जानकारी गराएको छ।