नेपाली समय:
Flash News

नयाँ शक्ति सोलुखुम्बु को प्रदेश सभा र प्रतिनिधि सभा लाई उम्मेद्बारी मनोनयन।

 

तिलोचन गौतम

हेरिरहेको आखा चुनाव चिन्ह लिएर सुसासन आर्थिक समृद्धि र समाबेसी बिकास (अब को निकास आर्थिक बिकास ) भन्ने नारा लिएर यही मंगसीर १० गते हुन गहिरहेको संघ र प्रदेशको चुनाबि चहलपहल बड्दै गर्दा नयाँ शक्ति सोलुखुम्बु ले पनि उम्मेद्बारी मनोनयन दर्ता गरेको छ।

डाक्टर बाबुराम भट्टराई को सम्योजकत्व मा गठित नयाँ शक्ति सोलुखुम्बु बाट पनि उम्मेद्बारी दर्ता भै सकेको छ । प्रतिनिधि सभा को सदस्य मा नयाँ शक्ति नेपाल काअर्थिक बिभाग का केन्द्रिय अध्यक्ष सुनिल खड्का को उम्मेद्बारी परेको छ । प्रदेश सभा ( क ) को लागि स्थानीय तह को दोस्रो चरण को चुनाव मा क्षेत्र नम्बर एक सोलुखुम्बु सोताङ गाउँपालिका मा स्वतन्त्र तर्फ बाट गाउँ पालिका प्रमुख को उम्मेद्बारी मा लडि झिनो मतान्तर ले पराजित भएका दिपक खड्का मनोनीत भएका छन् भने प्रदेश सभा ( ख ) बाट मुनिन्द्र बस्नेत को उम्मेद्बारी परेको नयाँ शक्ति पार्टी का केन्द्रिय सदस्य कृष्ण के०सी ले जान्कारी दिए ।