नेपाली समय:
Flash News

मेरुदण्ड पिडितको सहयोगार्थ प्रगतिशील कलाकार संघ युएईले सांस्कृतिक कार्यक्रम गर्ने ।

उत्तम बिक दुबर्इ ८ नोभेम्बर,
बिगत पाँच बर्ष अघि मेरुदण्ड भाँचिएर उपचार गराएई रहेका सिन्धुलीका सुरेन्द्र कुमार बम्जनको उपचारको लागी प्रगतिशील कलाकार संघ युएईले आगमी डिसेम्बर १५ तारिकका दिन एक बृहत सांस्कृतिक कार्यक्रम गरि आर्थिक संकलन गर्ने भएको छ ।
पाँच बर्ष अघि सिन्धुलीको सदरमुकामबाट घर फर्किने क्रममा बाटोमा चिप्लिएर लडी मेरुदण्ड भाँचिएका बम्जनको आफ्नो जायजेथा बेचि उपचार गराउदा पनि उपचार खर्च अभाब भएपछि प्रगतिशील कलाकार संघ युएईले आर्थिक संकलन गरि सहयोग गर्ने उदेस्यको साथ उक्त कार्यक्रम गर्न लागेको प्रगतिशील कलकार संघ युएईका अध्यक्ष नबिन दोङले जानकारी दिएका छन् ।


पहिला सिन्धुलीको अस्पतालमा उपचार गराउदा निको नभएपछि काठमाण्डौको त्रिपुरेश्वर स्थित ब्लुकस अस्पतालमा भर्ना गरि अप्रेशन गर्दापनि ठिक नभएको र आर्थिक अभाब भएको कारण अन्त उपचार गराउन नसकेका बम्जनको लागी देश बिदेशमा आर्थिक संकलनको लागी अभियान चलाएर उपचारमा सहयोग पुराउने पनि दोङले बताए ।
परिवारमा दुई नाबालक छोरा र श्रीमती रहेको बोम्जनको उपचारको लागी आयोजित कार्यक्रममा युएईमा रहेका चर्चित कलाकारहरको साथमा दुबईको काल्टर्न टावर होटलमा दिनको १ : ३० बाट शुरु हुने बृहत सांस्कृतिक कार्यक्रम संगै तामाङ कथानाक चलचित्र “डेन्बा माया” को पनि प्रर्दशन गरिने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा युएईमा क्रियासिल बिभिन्न संघ संस्था, ब्यबसायी, बुद्धिजिबी, पत्रकार, कलाकार लगायत युएईबासी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई उपस्थित भई कार्यक्रम भब्य रुपमा सफल पारिदिनको लागी आयोजक टिमले सबैलाई आग्रह समेत गरेको छ ।