नेपाली समय:
Flash News

संसदमा सहभागी दुई बामपंथी दलको रणनीती र निर्णयले नेपाली राजनीतिमा नंया बहसको प्रवेश –

 

-जैबी किराँती (दोहा-कतार)
असोज १७ गते २०७४ का दिन आकस्मिक रूपमा आएको भनिएको नेकपा एमाले अध्यक्ष खड्ग प्रशाद ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुुुष्पकमल दाहाल(प्रचण्ड)को निर्णयलेे नेेपाली राजनीतिमा महत्त्वपूर्ण ऐतिहासिक अर्थ सहित  दुरगामी प्रभाव पार्ने देखिएको छ चुनाबि तालमेल र पार्टी एकताको कुरा लाई आकस्मिक मानिए पनि इतिहासमा पटकपटक नेपालका बामपंथी हरुको एउटामात्र पार्टी बनाउनु पर्छ भन्ने बिषयले प्रवेश पाएको ५० बर्ष भइ सकेको जानकार हरु बताउन थालेका छन अब नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गरे त्यसको जस खड्ग प्रशाद ओलि र पुष्प कमल दाहाल प्रचण्ड  दुई नेताहरूले लिने छ बामपंथी गठबन्धन प्रदेश र प्रतिनिधि सभाको चुनावी तालमेल पछि एमाले,माके र नया शक्ति बिचमा पार्टी एकता गर्ने ६ बुदे सहमति पछी नेपाली राजनीतिमा नया तरंग समेत जोडले उत्पन्न गर्यो सोही निर्णय अनुसार अबको नेपाली राजनीतिक दिशा अगाडि बढ्ने संकेत देखिएको छ त्यस लगत्तै नेपाली काङ्ग्रेसले पनि आफू सग एजेन्डा मिल्ने सानोतिनो पार्टी सग पार्टी एकता गर्दै बामपंथीहरु लाई चुनौती दिने राजनीतिक रणनीति तयार गर्दैछन त्यसैले अबको राजनीतिक दिशा एमाले र माकेले लिएको राजनीतिक निर्णय दृष्टिकोण र दिशा तर्फ एक कदम अगाडि बढी सकेकोछ भलै नंया शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले  राखेको सिट र निर्वाचन क्षेत्र बाडफाट प्रस्तावमा एमाले र माकेले पुर्ण रूपमा सतप्रतिसत सहमति जनाउन नसके पछि डाक्टर बाबुराम भट्टराईका नया शक्ति पार्टी भने बामपंथी चुनावी तालमेल प्रक्रिया बाट अलग भएको छ उस्ले चुनावी तालमेल बाट अलग हुँदै सम्भबत पार्टी एकता नगर्ने निष्कर्षमा पुगेको बताइन्छ तर एमाले र माकेले भने ६ बुदे प्रस्ताव र सहमति अनुसार चुनावी तालमेल लाई उच्च नेतृत्व तहबाट नै कार्यन्वयनको पक्षमा लागि रहेको छ भने चुनाव पछि पार्टी एकता गर्ने पक्षमा रहेका छन सोही अनुसार प्रदेश र प्रतिनिधि सभाको लागि चुनावी तालमेल सहमति द्वारा सिट र निर्वाचन क्षेत्र बाडफाट अन्तिम चरणमा पुगेको देखिएको छ अहिले सम्मको प्रगति हेर्दा अब एमाले,माकेको पार्टी एकता बाट पछाडि फर्किने सम्भावना अत्यन्तै न्यून रहेको छ भने पार्टी एकताको लागि नजीक पुगेको छ राजनीति भनेको सम्भावनाका खेल हो भन्ने युक्तिसंगत रहेको भन्ने कुरा एमाले र माओवादी केन्द्रले नयाँ अभ्यास गर्दै उदारहण प्रस्तुत गर्दैछन यदि कथान-कदाचित बिचमा कुनै  भड्काब नेताहरुमा कुनै दम्भ आकसबाणी र इमानदारीता बाट पछि हटेन भने एमाले र माकेले पार्टी एकता गर्ने निश्चितै देखिन्छ यस बामपंथी एकताले नेपाली जनतामा लामो समय देखि छाएको नकारात्मक घृणित खेल राजनीतिक पार्टी हरु लाई हेर्ने दृष्टिकोण बदलि दिएको छ बिगतमा धेरै सानोतिनो पार्टी हरुले सत्ता र स्वार्थलाई उपयोग गर्ने गरेको परिदृश्य देखिएको थियो अब आउने दिनमा त्यस्ता पार्टी हरुलाइ पार्टी एकता गर्न दबाब सृजना भएको छ संक्रमण कालमा जस्तै सानोतिनो पार्टी हरुले सत्ता र स्वार्थ परिपुर्ति गर्न सहज नहुने देखिन्छ नेपालमा अब आगामी दिनमा राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने पार्टीको संख्या घट्ने पनि निश्चित छ।
# चुनावी तालमेल बामपंथी एकताको प्रयास खोटाङमा के हुदैछ-
प्रदेश नम्बर एकमा पर्ने पुर्बी पहाडी जिल्ला खोटाङमा पनि देसै भरी जस्तै बामपंथी चुनावी तालमेल र पार्टी एकताको प्रभाव ह्वात्तै बढेर चिसो पहाड राजनीतिक गर्मीले तातिएको देखिन्छ  आगामी मङ्सिरमा हुने चुनावले झ्यापै छोएको खोटाङमा बामपंथी एकताको सारथि एमाले र माकेले भागबन्डा सकेको समाचार आएको छ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधी सभाका लागि एमालेको भागमा परेको छ एमालेका तर्फबाट साझा उम्मेदवार पुर्ब सांसद विशाल भट्टराई लाई टिकट दिएर चुनावी मैदानमा पठाएको छ प्रदेश सभाका लागि भने एक एक वटा बाडिएको छ प्रदेश सभाका लागी (क) मा एमाले बाट राजन राइ र (ख)मा रामकुमार राइ (पासङ्ग)नेकपा माओवादी केन्द्रले पाउने गरि सहमति जुटाएको छ चुनावी तालमेल र पार्टी एकता गर्ने गरि गरिएको सहमति लाई जिल्ला बाट प्रतिनिधित्व गर्दै आएका नेकपा माओवादी केन्द्रका नेताहरूले खासै चित्त दुखाइ गरेको छैन देश र जनताको लागि त्याग र ठुला ठुला चुनौती पार गरेर यहाँ सम्म आइयो परिवर्तनका निम्ति अझै सम्म त्याग गर्न हामी तयार रहेको खुलासा माकेका उदाउँदो महिला नेतृ पोलिट्ब्युरो सदस्य समेत रहेकी समिता कार्की (अस्मिता) ले बताएकी छिन अर्का पोलिट्ब्युरो सदस्य रामकुमार राई (पासङ्ग) समेत चुनावी तालमेल र एकता प्रक्रियामा पार्टी नेतृत्वको निर्णय लाई सहयोग गर्ने मनस्थिति मै रहेका थिए उहाँलाई प्रदेश सभाका लागि चुनावी मैदानमा पार्टीले टिकट दिएर पठाइ सकेको छ कार्की र पासङ्ग दुबैजना पोलिट्ब्युरो सदस्य तथा पहिलो संविधान सभाका पुर्ब सभासदहरु पनि हुन !
२०५० साल यता खोटाङ बाट राजनीतिक गर्ने ब्यक्तित्वहरु हेर्ने र केलाउने हो भने पुर्ब मन्त्री समेत भइ सकेका अशोक कुमार राई नेकपा एमाले पार्टीको केन्द्रिय उपाध्यक्ष समेत रहेका थिए उहा जतिको राजनीतिक उचाई भएको नेता खोटाङमा बर्तमान अबस्थामा देखिदैन विविध कारण थिए होलान अशोक कुमार राइले नेकपा एमाले पार्टी परित्याग गरेर अर्को पार्टी बनाउन तर उनलाई खोटाङका जनताले कहिले माफ नदिने गरि बिदा दिएको पनि मान्न सकिन्छ दोस्रो संविधान सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनमा आएको जनमत लाई आधार मान्ने हो भने अशोक कुमार राईले नेतृत्व गरेको पार्टी सघिय समाजबादी फोरमले खोटाङमा चुनाव जित्ने सम्भावना छैन नेता अशोक कुमार राई हाल संघीय समाजबादी फोरम  पार्टीका वरिष्ठ नेता रहेका छन अर्का नेताहरु हुन नेपाली काङ्ग्रेसका तर्फबाट पुर्ब माननीय मन्त्री समेत बनिसकेका शिव कुमार बस्नेत र सर्बधन राई उनिहरु हाल खोटाङ पुग्दा टुरिष्ट नेता भन्ने गरेको बताउने गरेको पाइन्छ  जिल्लामा भाषण गरेर बिकास नगर्ने नेताहरुको उपमा पाएको ती दुई काङ्ग्रेस नेताहरु खोटाङ बाट राजनीतिक रूपमा बिस्तारै ओझेल पर्दैछन त्यस्तै माओबादी केन्द्र बाट पटकपटक मन्त्री बन्न सफल गिरिराज मणि पोख्रेलको पनि गृह जिल्ला खोटाङ भए पनि जिल्लामा खासै उनको नाम चर्चा हुदैनन र जिल्लामा खासै पुग्ने गरेका छैन बिकासका लागि देखिने गरि कुनै पहल नगरेको भनेर आफ्नै पार्टी कार्यकर्ता सन्तुष्ट छैनन अर्का माकेका नेता लीलामणि पोख्रेलका समेत गृह जिल्ला खोटाङ नै हुन तर विशेष कार्यक्रमको निमन्त्रणामा पुग्नु बाहेक उनिहरु दुबैको आगमन खोटाङ जिल्लामा न्यून रहेको छ नेता गिरिराज मणि र लीलामणि पोख्रेल जिल्ला छाडी बसाई सरि सकेका नेकपा  माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ समुह बाट एकता केन्द्र (मसाल) पार्टी एकता बाट माकेमा उदाएका नेताहरु हुन पुर्ब जनमुक्ति सेना प्रशुराम श्रेष्ठ (पवन) को भनाइमा नेता द्वाय पोख्रेलको केन्द्रमा राजनीतिक प्रभाव रहेको अनुमान गरिए पनि मन्त्री बन्दा समेत गृह जिल्लालाई बेवास्ता गर्ने नेताहरूको जनतालाई कुनै आस नरहेको बताएका छन जिल्लामा पार्टी कार्यकर्ता र जनताले समेत उनिहरु खोटाङका हुन भन्ने राम्ररी चिन्दैनन माओवादी केन्द्रमा पछिल्लो समय आएका अर्का नेता हुन टंक राई उनी खोटाङका पुरानो कम्युनिष्ट नेता तथा एमाले माले बिभाजन हुनु भन्दा अगाडि खोटाङ क्षेत्र नम्बर दुई बाट निर्बाचित पुर्ब सांसद समेत हुन सिपि मैनालीको नेकपा माले हुँदै माले छोडेर लामो समय तथस्ट रहेका राई पछिल्लो समयमा भने नेकपा माओवादी केन्द्रमा आबद्ध छन माके सचिबालय सदस्य समेतको भुमिकामा रहेका राइले खोटाङको राजनीतिक भुमिकामा महत्त्वपूर्ण भुमिका निभाउने बिश्वास गरिएको जानकार हरु बताउछन प्रायः जिल्लाका हरेक गाउँ वरिपरि घुमिरहने नेता राई खोटाङमा चिनिएका चिरपरिचित पुरानो बामपंथी नेता भनेर चिनिन्छन लामो समय जिल्ला र केन्द्रिय राजनीतिमा राजनीतिक भुमिका बिना बसेका राई सकृय हुनुले धेरैले नेता राई माथी बिश्वास गर्ने सम्मानित नेता भएकोले अबसर पाएमा सम्भावना बोकेका नेताका रूपमा हेरेको छ तर उनले लाभको पदमा र निर्वाचनमा पनि उठने इच्छा नरहेको दोस्रो पुष्तालाइ अबसर दिनु पर्छ भन्ने नेता हुन भनेर भनिन्छ।
#खोटाङमा आगामी चुनावमा के होला-
सम्भवत खोटाङ जिल्लामा आगमी निर्वाचनमा एमाले माकेका तर्फबाट साझा उम्मेदवार नेपाली काङ्ग्रेस,सघिय समाजबादी फोरम,नया सक्ती पार्टी र राप्रपा नेपालले आफ्नो उम्मेदवार चुनावी भिडन्तमा अगाडि सार्ने छन बिगतलाइ हेर्ने हो भने खोटाङ जिल्ला बामपंथी हरुको पक्षमा बढी मत आएको देखिन्छ  नेकपा माओवादी शान्ति सम्झौतामा आउनु पुर्ब बामपंथी पार्टी एमालेले चुनाव जित्दै आएको जिल्ला हो भने एमाले फुटेर एमाले र माले हुँदाको अबसरमा नेपाली काङ्ग्रेसले एक पटक चुनाव जितेको जिल्ला हो भने त्यस पछि माओवादी शान्तिपुर्ण राजनीति प्रतिस्पर्धामा आए पछी पहिलो संविधान सभाको निर्वाचनमा माके र दोस्रो संविधान सभाको निर्वाचनमा फेरि एमालेले चुनाव जितेको छ दुबै निर्वाचनको प्रतिस्पर्धामा नेपाली काङ्ग्रेस प्रतिस्पर्धी पार्टी रहेको थियो खोटाङमा एमाले माकेका साझा उम्मेदवार लाई चुनौती दिने नेपाली काङ्ग्रेस लाई कम आक्न मिल्दैन प्रतिनिधि सभाका लागि चुनावी मैदानमा नेपाली काङ्ग्रेस र नया शक्ति पार्टी बाट खोटाङमा चिरपरिचित ब्यक्ति हरुले चुनावी प्रतिस्पर्धा गर्दैछन नया शक्ति बाट कृषि बिज्ञ मदन राई चुनावी मैदानमा जाने निश्चित भएका छन भने नेपाली काङ्ग्रेस बाट जिल्लामा स्वच्छ छवि बनाउन सफल ब्यक्ति बिष्णु कुमार राई एमाले र माकेका तर्फबाट साझा उम्मेदवारका रूपमा पुर्ब सांसद समेत
रहेका विशाल भट्टराई लाई प्रतिनिधि सभाका लागी अगाडी सारिएको छ विशाल भट्टराईको पनि जिल्लामा राम्रो सगठानिक पकड रहेको मानिन्छ नयाँ सक्तिका उम्मेदवार मदन राइले जातिय र क्षेत्रगत भोट काट्ने संभावना बढी रहेको छ जातिय र क्षेत्रगत भोट काट्दा एमाले माओवादीका साझा उम्मेदवार विशाल भट्टराई लाई यदी आन्तरिक अन्तरघात भएन भने प्रतिनिधि सभाका लागि चुनाव जित्न सहज हुने देखिन्छ !
# चुनावी तालमेल सन्तुलन नमिले के हुन्छ-थ्रेस होल्ड पार नगर्ने पार्टीले के गर्लान-
स्थानीय तहको चुनाव हुँदै गर्दा स्थानीय तहमा राजनीतिक रूपमा सत्रुतापूर्ण व्यबहार रहेको एक अर्काको प्रतिद्वन्द्वी नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश र प्रतिनिधि सभामा भने एक्कासि  बामपंथी एकताको नाममा साझा उम्मेदवार बनाउने प्रतिबद्धता जाहेर गरि सकेको छ सोही अनुसार कतिपय जिल्ला हरुमा सहमति गरिसकेका छन एमाले ६०% र माके लाई ४०% भागबन्डा गरेर चुनावी तालमेल सहित आगामी मङ्सिरमा हुने निर्वाचनमा होमिन लागेको एमाले र माके चुनाव जित्ने रणनीतिका साथ जनतामा  जाने स्थानीय तहमा माहौल बनाउनेतर्फ ध्यान केन्द्रित गर्दै एकताको संदेश दिने बिशेष रणनीतिका साथ जानु पर्दछ तर सबै क्षेत्रमा त्यो सतप्रतिसत नै लागू हुनेमा संका दुविद्वा कायम छ कतिपय जिल्लामा बिगतमा एमाले र माकेको अत्यन्तै काटुता र शत्रुतापुर्ण सम्बन्धका कारण समस्या उत्पन्न हुने कुरा स्वीकार गर्नै पर्दछ त्यसले आगामी निर्वाचनमा निकै ठुलो असर पुग्नेछ अबसर र चुनौतीको रूपमा भएको चुनावी तालमेल पछि पार्टी एकता हुने हो भनेर सबैले बुझ्न जरुरी छ बामपंथी तालमेल आजको आबस्यक्ता हुदाहुदै कतिपय जिल्ला र निर्वाचन क्षेत्रहरुमा त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असर बिगतका कटुतापुर्ण सम्बन्धले देखाइ दिनेछ केन्द्रिय तहमा एकताको भाब झल्के पनि स्थानीय तहमा तत्काल एकताको भाब सृजना भइ सकेको अबस्था हैन स्थानीय तहको निर्वाचन हुँदै गर्दा गरिएको एक अर्का प्रतिको दोष आरोप प्रत्यारोप भुली नसक्नुको छ उक्त तिक्तता मेटाउन निक्कै लामो समय लाग्ने छ प्रत्यक क्षेत्रमा एकताको भाब झल्कने चुनावी आमसभा गरे थोरै भए पनि बिगतका तिक्ततामा मथ्थर आउने छ पुर्ण रूपमा निमट्याउन भने सक्ने छैन अथवा हाम्रो पार्टी एउटै हो चुनाव चिन्ह सुर्य र हसिया हतौडा पनि एउटै हो भन्ने अनुभुती जनता र कार्यकर्ता लाई जब सम्म पर्दैन त्यसले सुखद परिणाम र राम्रो नतिजा आइ हाल्ने बिश्वास गरि हाल्नु हुन्न यो कुरामा नेतृत्व तहमा रहेका नेताहरूले सोच्नै पर्दछ नभए परिणाम अर्काको पक्षमा जाने सम्भावना टर्दैन बामपंथी तालमेल लाई चुनौती दिन नेपाली काङ्ग्रेसले साम दाम दण्डभेदको राजनीति गर्ने सम्भावना वढी छ त्यसलाई रोक्न नसके पनि चुनावी परिणाम सोचे भन्दा फरक आउने तर्फ पनि एमाले र माके सचेत हुनु पर्दछ राजनीति सम्भब र असम्भव दुबै खेल हुन भन्ने बेलैमा बुझ्नु बुद्विमानी हुने छन।
केन्द्रिय राजनीतिक निर्णयको प्रभाव पर्ने नेपाली राजनीतिमा जिल्ला तह सम्म एमाले र माकेको निर्णयले देसमा उथलपुथल हुने गरि राजनीतिक निर्णयको प्रभाव पुगिसकेको छ एमाले माकेको निर्णय प्रती मुख्य राजनीतिक शक्ति नेपाली काङ्ग्रेस समेत आतिएको छ काङ्ग्रेस ससन्कित हुनु स्वभाबिक हो काग्रेसले नेपाली राजनीतिमा लामो समय सत्ता संचालन गरे पनि जनताको प्रत्यक्ष जनजिबिकाको कुरा सुन्न रुचाएन सत्ता परिवर्तन भए तर जनताले त्यसको उपभोग गर्न पाएन भन्ने जनताको गुनासो ब्याप्त छ त्यसलाई सृजनात्मक रूपमा परिवर्तन गर्न रुपान्तरण गर्न पनि बामपंथी एकताको खाचो मुलुकमा रहेको थियो त्यो कति पूरा हुन्छ पर्खिन पर्ने भएको छ   भने क्षेत्रीय राजनीतिक दलहरु आफ्नो अस्तित्व रक्षाका लागि औडाहा र दौडाहामा छ संसदीय ब्यबस्था अन्तर्गत पारित बिधयक राष्ट्रिय राजनीतिक दलको मान्यता पाउन थ्रेस होल्ड लागू गरिए पछि सकस उत्पन्न भएको थियो सानोतिनो पार्टी हरुलाइ प्रदेश र प्रतिनिधि सभा सम्मको निर्वाचनले ठुलो प्रभाव पार्ने प्रया निश्चित रहेको छ कतिपय पार्टी अब उस्को अस्तित्व पुनःस्थापना नहुने गरि पराजित हुने छ्न (थ्रेस होल्ड)३% जनमत साथै एउटा प्रत्यक्ष सांसद जित्नै पर्ने बाध्यकारी अबस्थामा ३ लाख जनमत ल्याउन  नसक्ने पार्टीहरु अर्को विकल्पको खोजीमा छन सानोतिनो क्षेत्रीय जातीय पार्टीहरु आफै परिमार्जित हुदै पार्टी एकता गरि माथी उठ्ने प्रयासमा रहने छन जसरी समानुपातिक समाबेसी नीति सिद्धान्त अनुसार संक्रमणकाल भरी एउटा देखि तिन,पाच वटा सांसद बन्ने अबसर पाएका पार्टी हरुले बहुमतिय संसदीय अभ्यास र गणितीय सरकार प्रणाली अनुसार भरपुर सत्ता उपभोग गरे आउँदा दिनमा उक्त अबसर पाउन चुनौतीपूर्ण छदैछ कुनै एक पार्टीको बहुमत आयो भने सानोतिनो पार्टी अब सत्ता बाट बन्चित रहने देखिन्छ त्यसैले अब नेपाली राजनीतिमा अबको निर्वाचन पछि एउटा नया पार्टी जन्मिने सम्भावना बढी छ ।
अन्ततः बामपंथी शक्ति जुट्नु एकता हुनु देश र जनताको लागि सकारात्मक संदेशको रूपमा बुझ्नु पर्दछ भने राष्ट्रिय स्वाधीनता अखण्डता र जनताको स्वभिमान उच्च बनाउने तर्फ बामपंथी शक्ति एकता हुनु राष्ट्रिय हितमा रहेको छ।
लेखक बिगत ८ बर्ष देखि प्रबासमा साउदी र कतारमा माओवादी निकट सगठन सग आबद्ध रहदै आएका छन।