नेपाली समय:
Flash News

चियर्स बाबुराम!

अब हिसिला म्याडमको
पालुङ्गटारमा मदिरालय हुनेछ।
त्यो
मदिरालयको उद्घाटन 
कमल थापाले गर्नेछन  
प्रमुख:अतिथि 
शेर बा. देउवा हुनेछन!
र 
त्यहि मदिरालयमा बाम गठबन्धनको 
भब्य सेलिब्रेसन हुनेछ! 
र 
दारु प्युदै 
म’ भन्नेछु ,
चियर्स ; बाबुराम ! 
कहिले मशाल,
कहिले रुख,
कहिले घाम,
कहिले लोकतान्त्रिक,
कहिले बाम,
टुइटर शक्ति जिल्लाराम
चियर्स बाबुराम!
बाम छोड्नु हुदैन्थ्यो,
बाटो मोड्नु हुदैन्थ्यो,
त्रिमुर्ती बाचा तोड्नु हुदैन्थ्यो,
बाम छोडेर गयौ!
बाचा तोडेर गयौ!
राजनीतिमा न यता भयौ न उता भयौ!
देउवाको मायामा, आफैं पर्यौ छायांमा!
बजारमा बामको चर्चा छ, जहि त्यही पर्चा छ!
तिम्रो चै कठै भयो बिल्लाराम !
जपेर बस अब हरेराम!
चियर्स बाबुराम!
कम्युनिस्ट र काङ्ग्रेस पछिको
शक्ति धार भनेकै “बिबेकशिल साझा” पार्टी हो।
त्यो
टुइटरे गया शक्ति
बाबुरामको च्याँखे थाप्ने मेलापात मात्रै हो!
मेलापातमा,
फरिया उचाल्दै स्यान्डो घुमाउदै उफ्रिने
भावुकेहरुको फ्यान क्लब जाडोमा कठ्याङ्रीन्छ!
आँखा आँखा भन्दै पाखा लागेर
रुखमुनी आनन्द लिन गयौ,
तिमि विद्वान हौ थिलिलाइ थाह छ :
यो निर्वाचनको महत्त्व!
तिमिलाइ थाह छ,
अबको कम्तिमा पाँच बर्ष
कुन राजनीतिक दर्शन कित्ताले सत्ता लिने बारेमा!
तिमिलाइ थाह छ,
तिमी जुन हैसियतमा छौ
र तिम्रो पार्टी जुन हैसियतमा छ
त्यस अनुसार म र मेरो पार्टी
सत्ता सरकार सन्चालनमा
बहुमत सहित जान सम्भव छैन भनेर!
तिमिलाइ यो पनि थाह छ ,
अबको पाँच बर्ष
फोकटमा काङ्ग्रेसलाई दिनु हुदैन भनेर
तिमिलाइ यो पनि थाह छ:
काङ्ग्रेसको दर्शन,  बाम/कम्युनिस्टको दर्शन !
यत्ती कुरा थाह हुदाहुदै
बाम छोडेर जाँदै गर्दा तिमी राम कि हराम …?
चियर्स बाबुराम!
रुखले पनि थिचेर
तिम्रो शक्तिको लादी नै निकालेपछि
साच्चै तिमी देउवाकै घरमा
डेरा लिएर मदिरालय कतिन्जेल चलाउछौ…?
पढाइमा सधैं पहिलो तिमी
राजनीतिमा सधै दोस्रो
प्रचण्ड प्रतिको इगोमा
आफै भयौ फोस्रो
आफुलाइ कहिले कम्युनिस्ट भन्यौ
फेरि कहिले लोकतान्त्रिक बन्यौ
सपनामा ऐठन पर्यो कि कसो
फेरि आफुलाइ बाम भन्यौ
राजनीतिमा पहिलो हुनकै लागि  के के अनेक गर्यौ
अस्थित्वको प्रश्न, लागेका थियौ राजनीतिबाट खस्न
कहिले १५ सिट , कहिले ११ सिट
यति धेरै के के गर्यौ गोर्खामा बस्न चिट…?
एकातिर तिम्रो आधा गिलास
अर्कोतिर समृद्धिको किलास
अजिब छ तिम्रो PHD को पेन्चिस र पिलास!
नेपाल मधेसलाइ दिनुपर्छ भन्छौ
प्रचण्डले धोका दियो भन्दै रुन्छौ
आँसु पुछ्’न कहिले ओलि कहाँ पुग्छौ
गदगदि हास्न रुखमुनी सुत्छौ
धेरै गर्यौ छलछाम,
मदिरालय बेचेर जाउ फ्यामली टुर चारधाम
अब जम्छ बाम/कम्युनिस्टको राजराम!
चियर्स बाबुराम!
मार्क्सको स्कुल पढेर
काङ्ग्रेसको बिस्कुन फलाउन जाने बाबुराम
लेलिनको आदर्श बेचेर यो मदिरालयको
साइनबोर्ड कतिमा खरिद गर्यौ …? बाबुराम।
कम्युनिस्टको कोर्ट फालेर काङ्ग्रेसको बोटमा
भोट माग्दा तपाइको आँखा मा चोट लागेपछि
त्यहि फालेको रातो कोर्ट भिरेर
प्रज्ञा भवनबाट
वा रङ्गशालाबाट
फेरि
मुठ्ठी कस्दै लाल सलाम भन्नुहुन्छ्की
अथवा दस औंला जोडेर नमस्कार …?
शिघ्र स्वास्थ लाभको कामना।
चियर्स बाबुराम!
लेखक: राजु ढुङ्गाना( प्रनिल)