नेपाली समय:
Flash News

डा. मिनेन्द्र रिजालको प्रतिबद्धता ” मोरङ्को क्षेत्र न २ लाई राट्रिय पहिचानकाे क्षेत्र बनाएर छाड्छु”  

रबिन्द्र बराल
रंगेली ,माेरङ
कार्तिक २६ आइतबार

माेरङका नेपाल काग्रेस मोरङ २ का उम्मेदवार तथा काग्रेस केन्द्रिय सदस्य डां मिनेन्द्र रिजालले मोरङ्को क्षेत्र न २ लाई राट्रिय पहिचानकाे क्षेत्र बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आइतबार मोरङको पथरीशनिश्चरे नगरपालिकाको हसनदहमा आयोजना गरिएको वाडा कार्यलयको उद्घाटन सभालाइ सम्बोधन गर्दै नेता डा.रिजालले भने गिरिजा बाबू र आमोद दाइको यो क्षेत्रलाई आगामी ५ बर्षमा आमूल परिवर्तन गरि उन्नत एरिया बनाउने प्रतिद्धता जनाएका छन। साे कार्यक्रममा


डा.रिजालले हसनदहमा एमालेका केहि युवाहरूलाई काग्रेसमा प्रवेश गराएका थियोे ।
नवप्रबेशीहरुलाइ नेता रिजाल र प्रदेश उमेदवार सुमन कुवर ,समानुपातिक उमेदवार गोपालमान शिहराजभन्डारीले टिका तथा पार्टीको झन्डा दिएर स्वागत गर्नुभएको थियो ।
त्यसैगरी अाईतबार काग्रेस मोरङ ५ का प्रतिनिधि सभाका उम्मेदवार तथा काग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले मधेसी जनताको भावना र हक अधिकारलाई काग्रेसले मात्र समाधान गर्न सक्ने बताउनुभएको छ ।
मोरङको धनपालथान गाउपालिकामा आयोजना गरिएको भेलालाई सम्बोधन गर्दै नेता अर्यालले आफुले ५ बर्षमा दक्षिणी पुर्बि मोरङमा बिकासको मुल फुटाउने बताउदै बाम गठबन्धनको धाेकाकाे पछि अब मधेशका जनता पछि नलाग्ने र कागे्स काे अापनाे मत दिने बताउनुभयो ।
सभालाई प्रदेश १ का उमेदवार सुकदेब मडल,माेरग ५ का सभापति दिलिप पाेखरेल,धनपालथान गाउपालिकाका मेयर हरिलाल सिह लगायतका नेताले अब जनताले काग्रेसलाइ अत्याधिक मतले जिताउने धारणा राखेका थिए ।