नेपाली समय:
Flash News

सारा पौडेलको “म त गाउँ घर कि छोरी” गितको म्युजिक भिडियो सार्वजनिक- भिडियो सहित

काठ्माण्डौँ – नेपाली सांगीतिक बजारमा उदाउँदै गरेकी नव गायिका सारा पौडेलको सुमधुर आवाजमा सजिएको “मत गाउँ घर कि छोरी” बोलको निकै नै मिठास् बोकेको आधुनिक गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
संगे बोलनको उत्कृष्ट शब्द रचनामा रहेको उक्त गीतमा संगीतकार टिका बोम्जनको अत्यन्तै मर्मस्पर्शी संगीत रहेको छ भने गीतमा अहिलेका उदाउँदा तारा सुमधुर स्वर कि धनी गायिका सारा पौडेलको आवाजमा सजिएको छ ।
गाउँ घर र केही माया पिरतीका शब्द भावहरूले सजिएको सो गीत निकै नै राम्रो बनेको र आफू यस गीतबाट सन्तुष्ट रहेको कुरा गायिका पौडेल बताउँछिन्।
यस गीतमा अहिलेका निकै ब्यास्ता मोडल अञ्जली घीसिङ्ग र नारायण पौडेलको मुख्य भूमिका मा अभिनय रहेको छ भने अन्य कलाकारहरूले पनि सो गीतलाई अझ उत्कृष्ट बनाउनुमा भरपुर साथ दिएका छन्, पदम गहतराजको निर्देशनमा रहेको सो भिडियोलाई रागभ आचार्य र जनक आचार्यले छायाँकन गरेका हुन् भने राहुल गुरुङले कोरियोग्राफर गरेका हुन । यस गीतलाई देश परदेश म्युजिक प्रा०लि ले बजारमा सार्बजनिक गरेका छन् ।

हेर्नुहोस भिडियो::;;