नेपाली समय:
Flash News

यु-१९ एसिया कप : मलेसिया बिरुद्ध नेपालको फराकिलो जित

यु-१९ एसिया कप : मलेसिया बिरुद्ध नेपालको फराकिलो जित

 

मलेसिया , कार्तिक

काठमाडौं । यु-१९ एसिया कपको तेस्रो खेलमा पनि नेपालले मलेसिया बिरुद्ध ८ विकेटको फराकिलो जित हासिल गरेको छ । मलसियाले दिएको ४६ रनको लक्ष्यलाई नेपालले ५.३ अोभरमा २ विकेट गुमाएर भेटायो । खेलमा मोहम्मद अारिफको बलमा अनिल कुमार शाहले छक्का प्रहार गर्दै नेपाललाई शानदार जित दिलाए । नेपालको लागि अफिस शाहले ४ दिपेन्द्र एेरिले १२ तथा अनिल र भिमले नट अाउट क्रमश: २६ र ३ रनको योगदान गरे ।

यसअघि नेपाल बिरुद्धको खेलमा मलेसियाले निकै फितलो ब्याटिङ गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १४ अोभरमा अल अाउट हुदै नेपालको लागि ४६ रनको लक्ष्य प्रस्तुत गरेको थियोे । पहिलो विकेटको लागि ३३ रनको साझेदारी गरेको मलेसियाले त्यसपछि ११ रन भित्र अाफ्ना सबै दस विकेट गुमायो ।

नेपाली बलर अनिल कुमार शाहले छैटौं अोभरको चौथो बलमा मलेसियन कप्तान भिरन्दिप सिंहलाई ब्यक्तिगत १० रनमा अाउट गरे । त्यस्तै लगत्तै अर्को अोभर नेपाली कप्तान दिपेन्द्र सिह एेरिले नेपाललाई दोस्रो सफलता दिलाएका छन् । उनले सहिद अजिजलाई २० रनमा किशोर महतोको हातबाट क्याच गराए । लगत्तै अर्को बलमा दिपेन्द्र सोनभिन्दर सिहंको विकेट दिलाए । उनले खाता सम्म खोल्न भ्याएनन् । सन्दिप लामिछानेले नेपाललाई चौथो सफलता दिलाए । उनले मोहम्मद हफिजलाई १ रनमा अाउट गरे । १० अोभरको अन्तिम बलमा सन्दिपले नै नेपाललाई पाँचौ सफलता दिलाए । उनले मोहम्मद अारिफलाई शून्य रनमा एलबीडब्लू अाउट गरे ।

खेलको ११ अोभरको तेस्रो र छैटौं बलमा नेपालका साहब अालमले टिमको लागि छैटौं र सातौ विकेट लिए । यतिबेला सम्म मलेसियाले जम्मा ४० रन मात्र बनाएको छ । त्यस्तै १२ अोको पहिलो र अन्तिम बलमा विकेट लिदै सन्दिले नेपलको लागि अाठौ र नवौ सफलता प्राप्त गरे । सन्दसपले नै खेलको १५.३ अोभरमा नेपालको लागि दशौ विकेट लिए । पाँच विकेट लिएका नेपालका सन्दीप ‘म्यान अफ दी म्याच’ घोषित भए।