नेपाली समय:
Flash News

काठमाडौं निर्वाचन क्षेत्र नं. ४ तनाबग्रस्त

काठमाडौं, राजु ढुङ्गाना

मङ्सिर १० र २१ मा हुनगैरहेको प्रतिनिधि सभा र प्रदेश सभा  निर्वाचनलाई लिएर काठमाडौं निर्वाचन क्षेत्र न. ४ मा प्रतिस्पर्धाको माहोल निकै रोमाञ्चक र पेचिलो देखिएको छ।
उक्त निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेसका ‘गगन थापा’ र बाम गठबन्धनका साझा उम्मेदवार ‘राजन भट्टराई’ उभिनुले पनि चर्चा त थियो नै तर स्वही क्षेत्रमा  नेपाल सङ्घिय समाजवादी पार्टीका ‘सोनाम घिसिङ’ सशक्त युवा उम्मेदवारको रुपमा राजन भट्टराई र गगन थापा विरुद्धमा उभिएका छन।

काठमाडौं निर्वाचन क्षेत्र न. ४ मा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई नेपाल सङ्घिय समाजवादी पार्टीका प्रतिनिधि सभा उम्मेदवार सोनाम घिसिङले  कडा टक्कर दिने दावी गर्दै जित्ने ठोकुवा नै गरेका छ्न।  उक्त निर्वाचन क्षेत्रमा अरु थुप्रै उम्मेदवारहरु भएपनी मुख्य प्रतिस्पर्धा यो तीन जनामै हुने देखिएको छ।

राजन भट्टराई र गगन थापा विरुद्ध उम्मेदवारी दिएका सोनाम घिसिङ्ग अशोक राई ले खोलेको तत्कालिन पार्टी,” नेपाल सङ्घिय समाजवादी पार्टीमा आबद्द छन, अशोक राई ले उपेन्द्र यादव सङ्ग एकता गरेर गएपनी एउटा हिस्साले पुरानै पार्टीलाई अस्थित्वमा राख्दै आएको सोनाम घिसिङ्ले जानकारी दिए। सोनाम घिसिङ्ग उक्त पार्टीका पोलिट ब्युरो सदस्य छन।

राजन भट्टराई र गगन थापा विरुद्धमा उभिएका प्रतिनिधि सभा उम्मेदवार सोनाम घिसिङले थप स्पष्ट पार्दै भने: देश अहिले राजनीतिक रुपमा दुई धुर्वमा बाडिएको वस्तु परिस्थितिमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन नामले निर्वाचनमा जाँदै गरेको अवस्थामा यो दुवै नैतिक पतन गठबन्धनले देशको भलो नगर्ने भन्दै उनिहरुको विरुद्धमा विकल्पको रुपमा  आफुले उम्मेदवारी दिनु परेको उल्लेख गरे।

पुराना पार्टी तथा तिन्का उम्मेदवारहरु पनि पुरानै रहदै आएकोले नेपालको पुरानु पुस्ता र बर्तमान पुस्ताले चाखिसकेको र पुरानाबाट वाक्क भएका मतदाताले अबको निर्वाचनमा नयाँ नयाँमा पनि खासगरी युवा उम्मेदवारहरुलाइ जिताउनुपर्ने काठमाडौंका मतदाताको मनोबिज्ञान भएकोले आफैले जित्ने भन्दै काठमाडौं भरिकै कान्छा उम्मेदवार सोनाम घिसिङले  ‘बस चिन्ह’मा मतदान गर्न अपिल समेत गरेका छन।