नेपाली समय:
Flash News

थारु सेवा समाज मलेसियाको क्षेत्रीय कमिटी जोहोरबारुमा गठन/अध्यक्षमा दिनेश चौधरी 

आर एन चौधरी थारु,,
नोभेम्बर/१४ मंगलबार
/मलेसिया:मिति २०१७/१२ तारीख/आइतबारको दिन प्रवासी थारु सेवा समाज मलेसियाले क्षेत्रीय कमिटी गठन गरेका छ्न।समाजका केन्द्रिय अध्यक्ष मनिराम थारुको प्रमुख आतिथ्यता तथा केन्द्रिय संचार सचिब भागवत चौधरी थारुको विशेष आतिथ्यतामा मलेशियाको दोस्रो ठूलो राज्य/प्रान्त जोहोरबारुमा दिनेश चौधरीको अध्यक्षतामा २३ जना कार्य समिती रहने गरि क्षेत्रीय कमिटि गठन गरेको हो।
क्षेत्रीय कमिटी गठनको उद्द्घाटन गर्दै प्रमुख अतिथि तथा समाजका केन्द्रिय अध्यक्ष मनिराम थारुले आफ्नो मन्तब्य राख्दै मलेसियामा रोजगारीको सिलसिलामा कार्यरत रहेका थारु युवा लगायतको बुद्धिजीवीहरुलाइ एक जुट गरि बिगत १ बर्ष अगाडि आर चौधरी थारुको नेतृत्वमा थरुहट थारुवान बिकासको निम्ति ,थरुहट पहिचानको निम्ति ,थारु युवाहरु बिच एकताको निम्ति भन्ने मुल नाराको साथ थारु सेवा समाज स्थापना गरिएको हो।
स्थापना गरिएको एक बर्ष भित्रमा क्षेत्रीय कमिटी गठन गर्न पाउनु भनेको हामि र हाम्रो थारु समुदायको लागी ठूलो उपलब्धि हासिल गर्न/प्रवासमा रहेका थारुहरुलाई एकताको क्षुत्रमा बाध्न केही हद सम्म सफल भएका छौ र अब हामी क्षेत्रीय कमिटी गठनकै क्रममा मलेसियाको तेस्रो ठूलो राज्य पेनाङमा पनि चाडै नै गठन गर्ने र यसको लागी पेनाङमा बस्ने थारु युवा ,युवती लगायतको बुद्धिजीवीहरुको साथ चाहिएकोले आगामी दिनमा पनि यसरी नै हातेमालो गर्दै एकजुट भै थारु र थारु समुदायलाई अगाडि बढ्न बढाउन,समाजसेवामा सक्रिय हुन,सक्दो सहयोग गर्न प्रवासमा रहेका थारुहरुलाई सुझाब सहित अनुरोध गर्नु भयो।
प्रवासी थारु सेवा समाज मलेसिया क्षेत्रीय कमिटी जोहोरबारुमा चयन भएका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको नमावली क्रमशः निम्न प्रकारको रहेको छ।
दिनेश चौधरी :-अध्यक्ष (बारा)
सारा चौधरी:- महिला उपाध्यक्ष (चितवन)
लक्षमण प्रसाद थारु :- वरिष्ठ उपाध्यक्ष (कपिलवस्तु )
दीपेन्द्र चौधरी:- महसचिव (सुनसरी)
रामलोचन प्रसाद चौधरी:- सचिव (बारा)
रमेश चौधरी:- सहसचिव (दाङ)
सिलिप चौधरी र अक्षय कुमार थारू :-कोषअध्यक्ष (सुनसरी/कपिलवस्तु )
देवनन्द कुमार चौधरी:- सह कोषाध्यक्ष (सुनसरी )
रामनन्द चौधरी र बिनय चौधरी:- बरिस्ठ सल्लाहकार (बारा)
पारस चौधरी:- सञ्चार सचिव (बारा)
बिरेन्द्र कुमार चौधरी:- (सिरहा)
विवेक नन्द कथरिया:- (कैलाली)
राकेश चौधरी (बारा)
अनिल कुमार चौधरी :- (उदयपुर )
बन्दु चौधरी :- (बारा)
शियाराम चौधरी:- (बारा)
देबिनन्द चौधरी:- (बारा)
राजेश सिंह:- (बारा)
चन्तुराम थारु:- (बर्दिया)
पृथीचन चौधरी:- (सुनसरी)
भगिराम थारू:- (बर्दिया )
नोट :- प्रवासी थारु सेवा समाज मलेसिया एउटा बिशुद्ध समाज सेवाको निम्ति खोलिएको थारुहरुको एक मात्र जातिय पहिचान बोकेको समाजिक संस्था हो।अब आउने नयाँ बर्ष २०१८ को जनवरी महिनामा एक बर्ष पुग्न लागेको उपलक्ष्यमा संस्थाको बार्षिक उत्सव साथ साथै विभिन्न क्षेत्रमा कार्यरत विशिष्ट  ब्यक्तित्वहरुलाइ ,पत्रकारहरुलाइ सम्मान र थारु खाना परिकार संगै माघी मिलन कार्यक्रम थारु पिडितहरुको सहयोगार्थ आयोजना गर्ने छ्न।
कमिटी गठन कार्यक्रममा केन्द्रिय अध्यक्ष मनिराम थारुले चयन भएका नयाँ नयाँ कार्य समिती सदस्य तथा  पदाधिकारीहरुलाई दोसल्ला ओढाइ टिका लगाइ स्वागत तथा सम्मान गरेका थिए ।