नेपाली समय:
Flash News

कलाकार दिपेश बिसीको फेसबुक अाइडी दुरुपयोग ,तनावग्रस्त दिपेश भन्छन् -अाईडीबाट अाएको म्यासेजको रिप्लाई नगर्नुस्

मलेसिया /१५ डिसेम्बर ,मजदुर अनलाइन
वैदेशिक रोजगारी को शिलशिलामा करिब एक दशक अघि मलेसिया अाएका वाग्लुङ्ग गल्कोट नगर पालिका११ रिघा मा जन्मनु भएका दिपेश विसी अहिले मोड्लिङ क्षेत्रका उदाउदा तारा हुन।
सानै उमेर देखी संगीतीक परिवेशमा रमेका उनी स्कुल जीवन देखि गाउँ घरमा हुने स साना कार्यक्रम मा निर्त्य गर्न साथै  बाध्य बादन मा पनि अगादी थिए हार्मोनियम, पियानो ,बाशुरी, तबला ,काङु गितार, मादल, सारर्ङी बजाउने गर्थे गाउघर मा हुने  अधिकांश       कार्यक्रम हरुमा दिपेशले छुट्टै पहिचान राखेका थिए गाउँ देखि उनको साङ्गितिक यात्रा सुरु गरेका दिपेश अहिले देश बिदेश मा पनि उनको उचाइ चुलिदै गएको छ।
तर केही दिन अगाडि दिपेशको अफिसियल फेसबुक अाइडी कसैले ह्याक गरिदिएको छ। जसकारण उनि एकदमै तनाब मा छन्।

मलेसियामा हुने ठुलठुला नेपाली कन्सर्ट प्रोगामहरुमा नेपाल रास्ट्रीय कलाकार बोलाएर साङ्गीतिक   कार्यक्रम हरु समेत आयोजना गदै आएका उनि मलेसियामा हुने प्राय सबैजसो  सांङ्गीतीक कार्यक्रम हरुमा सहभागी हुदै आइरहेका थिए तर अाफ्नो एकाउन्ट नै बन्द भए पछि नेपाल मा रहेका कलाकार र सहकर्मी मित्रहरू संग सम्पर्क विहिन भएको उनले बताए।

संंगित वाहेक अभिनय गर्न समेत  पोख्त र माहिर  उनले  मलेसियामा छायांकन गरिएको केही म्युजिक भिडियो मा अभिनय समेत गरिसकेका छन।
यसै क्रममा केही दिन पछि अर्को म्युजिक भिडियो मा अभिनय गर्न का लागि सबै तयारी भईसके पनि हाल साथीहरू संगको सम्पर्क टुटे पछि समस्या मा परेको उनि बताउछन् ।

नेपाली रजतपटमा जम्ने चाहना भएको वताउने दिपेश त्यसका लागी कडा  मेहनत गरीरहेको छन्। तर यही अवस्थामा अाईडी ह्याक गरि विभिन्न अश्लील फोटो ,भिडियो तथा स्टाटस हरु उसको फेसबुक अाईडीमा ह्याकरले बारम्बार पोस्ट गरिरहेकाले उनलाई झन तनाब बढेको छ। केही दिन अघि झुक्किएर तल

उल्लेखित लिङ्कमा क्लिक गर्न पुगेपछि उनका अाईडी एकाएक ह्याक भएको थियो। यसरी प्रवासमा रहेर पनि अाफ्नो सपना साकार बनाउन अहोरात्र मेहनत गरिरहेका दिपेश ह्याकर को यो प्रवृत्ति ले अाफ्नो करिअर मा धक्का पुग्ला भन्ने चिन्ता मन बाट नहराएको बताउछन्।
कलाकारीता र संगित क्षेत्रमा आउन परिवारको साथ सहयोग पनि उतिकै रहेको बताउने दिपेश   एक तेक्वान्दो र किक बक्सिङ खेलाडी पनि हुन ।