नेपाली समय:
Flash News

मोरङमा नेपाली काङ्ग्रेसको घर दैलाे कार्यक्रम तिव्र ।

 

रबिन्द्र बराल
रङेली मोरङ
कार्तिक २९ बुधबार

मोरङ्को रंगेली नगरपालिका मा नेपाली काङ्ग्रेसले घरदैलो कार्यक्रम लाई व्यापक बनाउदै । माेरङ क्षेत्र नम्वर ५ र रगेली लाई नमुना क्षेत्र बनाउने मुद्दा बनाए पछि तथा मधेशकाे मागमा पूरा गर्न अग्रपंक्तिमा उभिने बताए । अर्यालको पक्षमा जनमत उर्लिएर आएका छन ।

काग्रेस मोरङ ५ का उम्मेदवार तथा काग्रेस केन्द्रिय सदस्य अमृत अर्यालको पक्षमा जनलहर दिनानु दिन बड्दाे रहेकाे छ ।
बुधबार मोरङको रङेली नगरपालिकाको ६ र ७ वडा अायाेजित कार्यक्रममा मात्र १ सय ५० जना भन्दा बढी काग्रेसमा प्रवेश गरेका छन ।
कार्यक्रममा २ पटक सम्म वडा अधक्ष जितेका भुटाई बहरदार , एमाले काे क्षेत्रिय सदस्य इन्दिरा श्रेष्ठ ,वहरदार टाेलका हस्ती देबु बहरदार ,राम चन्द्र बहरदार सहित १ सय ५० जना विभिन्न पार्टीबाट काङ्ग्रेसमा प्रवेश गरेका छन ।
नवप्रबेशीहरुलाइ नेता अर्याल फुल कुमार लालवानी , काग्रेस नेता गयानन्द मण्डल ,राम नारायण मडल ,जगरनाथ मडल ,बजरग अग्रवाल ले टिका तथा पार्टीको झन्डा दिएर स्वागत गर्नुभएको थियो ।