नेपाली समय:
Flash News

मंसिर ३ गते महासंघले देशव्यापीरुपमा ज्ञापनपत्र बुझाउने

Kathmandu, Mansir 1,2074

नेपाली क्रान्तिकारी मजदुर आन्दोलनको मूल प्रवाह अखिल नेपाल टे«ड युनियन महासंघले यही मंसिर ३ गतेका दिन देशब्यापीरुपमा जुलुश प्रदर्शनसहित सिडिओ कार्यालय, उद्योग बाणिज्य महासंघ÷ संघ, स्थानीय निकायहरुः महानगरपालिका, उपमहानगरपालिका तथा नगगरपालिका र गाउँपालिकाहरुमा सामाजिक सुरक्षा ऐन २०७४ र शंसोधित श्रम ऐन तत्काल कार्यान्वयन गर्न दवाव सिर्जना गर्ने उदेश्यका साथ ज्ञापन पत्र बुझाउने कार्यक्रमको आयोजना गरेको छ ।
महासंघले आफु माहतहका सम्पूर्ण पेसागत संगठनहरुलाई सो दिनको कार्यक्रममा अनिवार्य उपस्थितिको लागि अपिल गरेको छ र उनीहरुको जिम्मेवारी, भेला हुने स्थान र रुटहरु पनि तोकिसकेको छ । सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयन गराउन सम्पूर्ण श्रमिकवर्गले एक ढिक्का भई एक पटक संघर्षमा उत्रनु पर्ने अखिल नेपाल टे«ड युनियन महासंघको निष्कर्ष रहेको छ । महासंघको भरखरै सम्पन्न विस्तारित बैठकको सार खिच्दै का.वा. अध्यक्ष गणेशप्रसाद रेग्मीले भन्नु भएको छ ।
१. औद्योगिक सम्वन्ध राम्रो होस् लगानीमैत्री वातावरण बनोस् र व्यापक रोजगारीको सिर्जना गरी सबैले नेपालमै सम्मानजनक रोजगारी पाउने अवसर मिलोस ।
२. आधारभुत ज्याला उपलब्ध गराउनु र अनिवार्य रुपमा सामाजिक सुरक्षा कोष ऐन कार्यन्वयन गर्नु अति आवश्यक छ । यो कार्यन्वयनमा मुख्य गरी स्थानीय सरकार र सबै उद्योगी व्यवसायी, रोजगारदाताहरुको जिम्मेवारी हो ।

                 Ganesh Regmi

३. योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन कार्यन्वयनका लागि पहिलो काम सबै प्रकारका संगठित र असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको नामावली सामाजिक सुरक्षा कोषमा सुचिकृत गराउन तत्काल पहल गर्नुपर्छ ।
४. स्थानीय सरकारले आफ्नो मातहतमा त्रिपक्षीय श्रम सम्वन्ध समिति निर्माण गरी श्रम ऐनले व्यवस्था गरे अनुसार श्रम नीरिक्षकद्वारा सामाजिक सुरक्षाकोष ऐन कार्यन्वयनमा प्रभावकारी कदम अगाडि बढाउन तत्काल कदम चालोस ।
यिनै माथि उल्लेख गरिएका विषयहरुलाई नै लिपिबद्ध गरी सबै निकायहरुमा ज्ञापन पत्र बुझाउने तयारी रहेको छ ।
काठमाण्डौ, ललितपुर र भक्तपुरका कार्यक्रम तालिका यसप्रकार रहेको छ ।
काठमाडौं जिल्ला प्रसाशन कार्यालय ः का.वा. अध्यक्ष गणेश रेग्मी, माधव पाण्डे, रेञ्जन लामा, निशा खरेल, कुमार पन्त, रमेश खत्री, रामचन्द्र अधिकारी, चक्र खत्री, राजेन्द्र शर्मा, सुन्दर केसी, पुर्षोत्तम सिंखडा, जेवि कार्कीको अगुवाई निस्केको जुलुशले सिडिओ कार्यालयमा ज्ञापन पत्र बुझाउने छ ।
संलग्न पेसागत संगठनहरुको नामावलि यसप्रकार रहेको छ

1. अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ श्रमिक संघ
2.अखिल नेपाल यातायात मजदुर संघ
3. अखिल नेपाल स्वास्थ्य श्रमिक संघ
4.अखिल नेपाल संघ संस्था श्रमिक संघ

5.अखिल नेपाल अस्थायी ज्यालादारी श्रमिक संघ
6.अखिल नेपाल घरेलु श्रमिक संघ
7 अखिल नेपाल ढुवानी श्रमिक संघ
8 अखिल नेपाल संचार छापाखाना श्रमिक संघ
9 अखिल नेपाल पर्यटन श्रमिक संघ

           Jaya karki

काठमाडौं महानगरपालिका ः उपाध्यक्ष जयबहादुर कार्की,घनश्याम ठकुरी, अमित लामा, धनु दाहाल, भरत दाहाल, डम्वर सिंह ठकुरी, कुमार रेग्मीको नेतृत्वमा त्रापन पत्र बुझाउने निर्णय भएको छ ।
पेसागत संगठनहरुको नामावलि यसप्रकार रहेको छ ।
1. अखिल नेपाल सेक्युरिटी मजदुर संघ
2. अखिल नेपाल यातायात मजदुर संघ
3. अखिल नेपाल सरसफाई श्रमिक संघ
4. अखिल नेपाल निर्माण मजदुर संघ
5. अखिल नेपाल ढुवानी श्रमिक संघ
6.  अखिल नेपाल होटल क्यासिनो श्रमिक संघ
7.  अखिल नेपाल संचार छापाखाना श्रमिक संघ
8.  अखिल नेपाल रिक्सा मजदुर संघ
9.  अखिल नेपाल स्वास्थ्य श्रमिक संघ

Usha Devkota

उद्योग वाणिज्य महासंघ ः उपाध्यक्ष उषा देवकोटा, भुमबहादुर रेग्मी, शिव पोखरेल, पुरञ्जन गिरी, शुशिल रेग्मी, भुपाल रसाइली, दिनेश खरेल, अर्जुन गौतम, पुथ्वी तामाङ्ग को टोली ज्ञापन पत्र बुझाउने भएको छ ।

पेशागत संगठनहरुको सहभागिता यसप्रकार हुनेछ
1 अखिल नेपाल औद्योगीक मजदुर संघ
2 अखिल नेपाल अटो मोवाइल मजदुर संघ
3 अखिल नेपाल होटल क्यासिनो श्रमिक संघ
4 अखिल नेपाल गार्मेन्ट मजदुर संघ
5 अखिल नेपाल पेट्रोलियम श्रमिक संघ
6 अखिल नेपाल अस्थाई ज्यालादारी श्रमिक संघ
7 अखिल नेपाल ढुवानी मजदुर संघ (कालीमाटी कुलेश्वर०
8 अखिल नेपाल संचार छापाखाना श्रमिक संघ

DB ANTUF

            SB Thapa

ललितपुर जिल्लाको कार्यक्रम तालिका यसप्रकार रहेको छ
1. ललितपुर सिडिओ कार्यालयः उपाध्यक्ष धनबहादुर बि.क.को नेतृत्वमा विभिन्न पेसागत सगठनको जुलुससहित ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ
2. ललितपुर महानगरपालिकाः उपमहासचिव पिताम्बर गिरीको नेतृत्वमा विभिन्न पेसागत संगठनको सहभागितामा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ
3. उद्योग बाणिज्य महासंघ ललितपुरः उपाध्यक्ष एस.बी थापाको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।
सिन्धुली जिल्लाका उपमहासचिव प्रकाश श्रेष्ठको नेतृत्वले ज्ञापनपत्र बुझाउने भएको छ भने मकवानपुरमा उपमहासचिव जनक शर्मा र का.वा अध्यक्ष गंगाप्रसाद भट्टराईको नेतृत्वमा निस्केको जुलुशले ज्ञापनपत्र बुझाउने भएको छ । धादिड्डमा बद्रि सुबेदीको नेतृत्वमा, काभ्रेमा होमबहादुर खुलाल, चितवनमा यदुमणि कण्डेल र संगम केसी, नुवाकोटमा रामलाल भट्ट, दोलखामा अर्जुन शिवाकोटी, रामेछापमा उपाध्यक्ष काल्साङ लामा र राजकुमार लामा र रसुवामा दिनेश लामिछानेले सोही दिन ज्ञापन पत्र बुझाउने भएका छन् । झापा जिल्ला वाहेक अरु सबै जिल्लामा मंसिर ३ गते नै ज्ञापन पत्र बुझाउने तयारी रहेको छ । सातवटै प्रदेश इन्चार्जहरु मार्फत तयारीका खबरहरु आईरहेको र मजदुरहरु यो ज्ञापनपत्र अभियनले उत्साहित भएको कार्यवाहक अध्यक्ष गणेश रेग्मीले बताएका छन् ।

भक्तपुर जिल्लाको कार्यक्रम यसप्रकार रहेको छ

Salik Kafle

उपमहासचिव सालिकराम काफ्ले, महिला विभाग प्रमुख बिष्णु थापा निरज गोले, सानुकान्छा मगर, सूर्य भोलन लगायतले पेसागत संगठनहरुको संयुक्त जुलुशको नेतृत्व गर्नु हुने भएको छ । सोही समूहले भक्तपुर सिडिओ कार्यालय, भक्तपुर उपमहानगरपालिका तथा उद्योग बाणिज्य महासंघको कार्यालयमा ज्ञापन पत्र ुझाउने भएको छ ।

मंसिर ३ गते ज्ञापन पत्र बुझाउन नभ्याएको स्थानीय निकायहरुमा विभिन्न समूहमा विभाजन गरी मंसिर ४ गतेबाट सबै स्थानीय निकायमा बुझाउन अध्यक्ष रेग्मीले अपिल गर्नु भएको छ ।

By Jaya Karki