नेपाली समय:
Flash News

गीतकार विशाल बेघाको पहिलो एकल गीति एल्बम (यात्रा) सार्बजनिक 

पासाङ्ग तामाङ्ग/रोजगारी को सिलसिला मा मलेसिया पुग्नु भएका गीतकार विशाल बेघा आफ्नो पहिलो एकल गीति एल्बम (यात्रा) स्रोता माझ सार्बजनिक गरी सकेका छन् ।

गीति एल्बम (यात्रा)मा, मेघा स्टार राजेस पायल राई,चर्चित गायिका मेलिना राई”सुरज मादेनको समधुर आवाज रहेको छ भने संगीत भरेका छन् गायक तथा संगीतकार उतम जंग लिम्बु र अशोक राइ को रहेको छ ।

प्रवास मा रहेर पनि बचेको आफ्नो अमुल्य समय लाई सहि सदुपयोग गर्दै गीत लेखन मा कलम चलाएका छन् बेघाले।ब्यस्त समय लाई सदुपयोग गर्दै मेहेनतका साथ स्रोता माझ आएकोले गर्दा बेघा ढुक्क छन् कि स्रोताले पहिलो कोसेलि मन परैदिनु हुन्छ भन्नेमा।

एल्बम (यात्रा) मा रहेको गीत “आँखा भरी सजै राख्छु बिझाउदैनौ कहिले तिमि” गीत को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

उक्त गीतमा चर्चित गायिका मेलिना राईको सुमधुर आवाज रहेको छ ,भने संगीत उतम जंग लिम्बू को रहेको छ।

उत्कृष्ट गीतकार बेघा भन्छन् यो गीत सम्पुर्ण नेपाली दर्शक स्रोताहरुको मन मस्तिक मा बस्न सफल हुनेछ।

गीतको म्युजिक भिडियो मा हामीले अहिले प्रवासको ब्यास्ता /नृत्यकार/गायिका गिता राई र नव मोडल पुर्ण लिम्बूको उत्कृष्ट अभिनय लाई देख्न सकिने छौ र चर्चित ब्यास्ता युवा निर्देशक/ सुन्दर लावतीको निर्देशन रहेको छ भने क्यामेरा अमिर माबो ले चलायका छन।

उत्कृष्ट गीतकार विशाल बेघाको भनाइ अनुसार भिडियो एकदम राम्रो भएको कारण “उहाँ ले भन्नु भयो कि प्रदेश मा आफ्नो थोरै बचेको समय लाई सदुपयोग गरी बनाइएको भिडियो हो सोचेको जस्तो सबै कुरा हरु जुटाउन स्किदैन रैछ भन्नु हुन्छ ।
अन्त्य मा गीतकार विशाल बेघाले सबै आफ्नो साथीहरुलाई सहयोग को लागि भन्दै – रबिन मगर र शान्ति राई लाई धेरै धेरै धन्यवाद पनि दिए ।

प्रदेश मा रहेर पनि नेपाली गीत सङ्गीत लाई माया गरिरहेका गीतकार विशाल बेघालाई दर्पननेपाल परिवार को तर्फ बाट सफलताको हार्दिक शुभकामना:।

अन्त्य मा निर्देशक सुन्दर लावती र गीतकार विशाल बेघा यसो भन्नु हुन्छ ….हाम्राे तर्फबाट राम्राे गर्ने काेशिस गरेका छाै।बाकि तपाईं हरुकाे हातमा…. अासा छ माया गरिदिनु हुन्छ भन्ने ।

हेर्नुहोस भिडियो::