नेपाली समय:
Flash News

गीत संगीत बिना मेरो जीवन मात्र हैन संसार नै शून्य लाग्छ, गायिका- किशु गुरुङ(भिडियो सहित)

 

मलेशिया – नेपालको पूर्वी जिल्ला सोलुखुम्बूको सल्यान दोदी गाउँमा २०४६ साल असोज ०६ गतेका दिन पिता सानु राजा थापा मगर र माता बिर्खमाया थापा मगरकी सुपुत्रिका रुपमा जन्मेकी गायिका किशु थापा मगर ‘गुरुङ’ हाल रोजगारीको सिलसिलामा इजरायलमा विगत ४ बर्ष देखि कार्यरत छिन् ।

हँसिलो मुहार मिलनसार स्वाभावकी धनी गायिका किशुको सानैदेखि नेपाली गीत गाउने खुबै रुचि थियो । जुन आज पुरा भएको छ । गाउँघरको मेलापात, दाउरा घाँस, उकाली ओराली गर्दा रेडियोमा बजेको गीतहरु उनी फुर्सदको समयमा गुन गुनाउँने गर्दछिन् ।

आफ्नै देशको माटोमा पसिना बगाएर आफ्नो उज्ज्वल भबिष्य बनाउने सुन्दर सपना बोकेकी किशुले जिवनमा सधैं आफूले चाहेको जस्तो नहुने बताउँछिन् । ‘सोचेजस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन’ हो ठ्याक्कै यो गीतले भने जस्तै किशुले पनि सोचे भन्दा जीवन अलि बेग्लै भयो ।

आफ्नो स्वर्ग जस्तो देश र सुन्दर परिवारलाई चटक्कै छोडेर आज उनी परदेशी बन्न पुगेकी छन् । आफू दुःखी भए पनि आफन्त साथीसंगीलाई खुशी दिने किशुले संगीत क्षेत्रमा कभर गीत गाएर चर्चाको शिखर चुम्न सफल भएकी थिन् । सुमधुर आवजकी धनी किशु पढाईको सिलसिलामा गाउँबाट झापा झरीन् ।

अध्ययन सकेपछि पासाङ्ग गुरुङसँग बैबाहिक जीवनमा बाँधिन पुगीन् । किशुकी एक छोरी पनि छिन् । उनले चाहेर पनि आँखाको नानी मुटुको टुक्रा जास्ती सुन्दर छोरीलाई घरमै छाडी कामको सिलसिलामा प्रवासिएकी हुन् ।

किशु भन्छिन्, ‘मैले कहिले पनि सोचेको थिइन प्रवासी भूमिबाट मेरो सांगीतिक यात्राको सुरुवात हुन्छ भनेर ।पछिल्लो समय धेरै गायकगायिकाको कभर गीतहरु गाएँ । कभर गीत गाउन थालेपछि एक किसिमको भित्री मनबाट अझै गीत गाउने उत्साह पाएँ । आफ्न्त अनि साथीहरुबाट धेरै हौसला पाएको छु ।’

उनले थपिन्, ‘संगीतको अनुभव बटुलेर मैले कभर गीत गाउन कोसिस गरे र पहिलो पटक मैले गायक महेश थुलुङ्को आवाजमा रहेको ‘आकाशैमा चिल हो कि बेसारा’ भन्ने गीत गाएर मेरो फेस्बुकमा पोस्ट गरेँ । सम्पुर्ण दर्शक श्रोताहरुले यति धेरै मन पराइ दिनुभयो जुन गीतबाट मैले किशु भनेर चिन्ने एउटा अवसर पाएँ । त्यसपछि मैले धेरै कभर गीतहरु गाउँदै गए र सबै दर्शकहरुले मन पराइ दिनुभयो । अन्लाईनको दुनियाँमा हाम्रो प्रतिभाले आयोजना गर्दै आएको कार्यक्रम व्हाटसप ग्रुपमा प्रबेस गरेँ ।’