नेपाली समय:
Flash News

चौतारी क्षेत्रीय शाखा गठन सगै सिर्जना वाचन कार्यक्रम सम्पन्न

मलेसिया ,डिसेम्बर ०५

सोल्टी सुुुजन राइ

साहित्यिक चौतारी नेपालले आजको दिनसम्म आइपुग्दा एघारौँ शाखा समिती चयन गरेको छ ।धेरै नेपाली हरुको वैदेशिक रोजगारको लागि गन्तव्य स्थान बनेको मलेसियाको जोहोर राज्यमा साहित्यिक चौतारी नेपाल मलेसिया शाखाको उपशाखा साहित्यिक चौतारी नेपाल प्रवास मलेसियाको क्षेत्रीय समिती जोहोर गठन भएको छ । 2017 डिसेम्बर तीन तारिकमा जोहोर राज्यको आयर बिरु पासिर गुडाङ्ग मा सम्पन्न भएको क्षेत्रीय समिती चयन सर्जक भेटघाट र सिर्जना वाचन कार्यक्रममा साहित्यिक चौतारी नेपाल मलेसियाका अध्यक्ष डिल्ली प्रसाद छत्कुली डिपि भावुक को सभापतित्व रहेको थियो भने प्रमुख अतिथिमा साहित्यिक चौतारी नेपालका केन्द्रिय अध्यक्ष सन्दिप सङ्ग्रौला दिलदुखी रहनुभएको थियो ।

जसमा साहित्यिक चौतारी नेपाल शाखा मलेसिया को क्षेत्रीय समिती तपशिलका व्यक्तित्वहरु सम्मिलित समिति गठन भएको थियो ।

सल्लाहकार =दिपक लामा
अध्यक्ष = शिव पराजुली “सहयात्री”
उपाध्यक्ष = देव बिरही
सचिव = अमर बिस्ट
कोषाध्यक्ष = सोल्टी सुजन राई
सह कोषाध्यक्ष = दिपक थामी
सदस्यहरुमा== पुर्ण बिक
दिपेश खड्का
सुजन शिंखडा
ओमराज चौलागाईं

रहनुभएको थियो

कार्यक्रममा सन्चालकको भुमिका नवगठित समितिको अध्यक्ष शिव पराजुलीले निर्वाह गर्नुभएको थियो ।

2014 देखि यता जोहोर क्षेत्रमा रहेर सिर्जना गर्ने सर्जकहरु एकीकृत भएर साहित्यको चौतारी खोजिरहेको बेला आज साहित्यिक चौतारी नेपालले यो समिती चयन गरिरहदा उपस्थित सर्जकहरु निकै हर्सित भएको कुरा आयोजकसँग राखिरहनुभएको थियो । कार्यक्रमको अन्त्यतिर साहित्यिक चौतारी नेपालका केन्द्रिय अध्यक्षज्यूले आफ्नो छोटो मन्तव्यमा निकै खुशी प्रकट गर्दै हरेक चुनौतीको सामना गर्दै साहित्यिक चौतारी नेपाल यहाँसम्म आइपुगेको कुरा छर्लङ्ग पार्नुभएको थियो । अझै द्रुतगतिमा साहित्यिक चौतारीलाई नेपाली साहित्यिक गगनको गन्तब्य सम्म पुर्याउन उपस्थित सर्जकहरुको साथ सहयोगको अति नै आवस्यकता पर्ने कुरा पनि ब्यक्त गर्नुभएको थियो ।

अन्त्यमा कार्यक्रमका सभापति डिल्ली छत्कुली ज्यूले नवगठित समिति पदाधिकारीहरुलाई सपथ ग्रहण गराउदै कार्यक्रम समापन भएको थियो।कार्यक्रममा उपस्थित सम्पुर्ण सर्जकहरुले सिर्जना वाचन गर्नुभएको भिडियोहरु सर्जक र सिर्जना नामक फेसबुक पेजमा हेर्न सक्नुहुनेछ भने कार्यक्रममा वाचित केही प्रतिनिधि सिर्जना रेडियो शुक्लाफाट एफ एम को आगामी बिहिबार प्रसारित कार्यक्रम सर्जक र सिर्जना मा समेत प्रसारित हुने जानकारी गराउन चाहन्छौ

साहित्यिक चौतारी नेपाली विश्वका धेरै मुलुकमा शाखा विस्तार भएर अतुलनिय साहित्यिक गतिविधि गर्दै आइरहेको भएपनी साहित्यिक चौतारी नेपाल प्रवास मलेसिया को क्षेत्रीय समिती जोहोर ले कतिसम्म साहित्यिक गतिविधिका साथै साहित्यको पर्खालमा इँट्टा थप्ने काम गर्छ त्यो आगामी दिन मा देखिने कुरा हो।