नेपाली समय:
Flash News

चौथो अन्तरास्ट्रिय कराते मेयर कप ; गोल्ड मेडल लगायत अन्य पदक नेपालको पोल्टामा

 

दीप लिम्बू,मलेशिया/मजदुर अनलाइन,
डिसेम्बर ,५

मलेशियाले अन्तरास्ट्रिय मेयर कराते कपको आयोजना क्वालालम्पुरको एक ब्याडमिन्टन हलमा सोमबार सम्पन्न गरेको छ।उक्त अन्तरास्ट्रिय मेयर कपको प्रतियोगितामा भारत,बाङ्लादेश,नेपाल,इरान,जापन,श्रीलंका,उज्बेकिस्थान,चाइना,ताइपी,इन्डोनेसिया,फिलिपिन्स,सिङापुर,र आयोजक रास्ट्र मलेशिया लगायत १२ देशका खेलाडीहरु सहभागी भएका थिए।

मलेशियाको चेरास क्षेत्रमा डीसेम्बर १ मा उद्घाटन भइ ३ तारिक सम्म खेलाइएको खेलमा नेपालि सितेरियो कराते टोलीको तर्फ बाट रबिन्द्र मान्धरले भेट्रानमा स्वर्ण पदक हात पारेका छन भने क्रमस:-कुमितेमा ८४ केजि तौल मुनि सनिस श्रेष्ठले रजत पदक र सिनियर एकल काटा तर्फ कास्य पदक हात पारेका छन।कुमितेकै ७५ केजि तौल मुनि सुमित घर्ती मगरले कास्य पदक जीतेका छन भने ६७ किलो तौल मुनि तुलाराम धामिले पनि कास्यपदक हात पार्न सफल भएका छन।कुमित्तेकै अर्को खेल तर्फ भेट्रानमा साजन श्रेष्ठले कास्य पदकको उपाधी हात पारेका थिए।


उक्त खेलको रेफ्रीको जिम्मेवारीमा नेपालको तर्फ बाट एसियन रेफ्री बलराम मित्र,बिसन सिङ खड्का,योगेन्द्र कोइराला,राम कुमार श्रेष्ठ,लक्ष्मी क्षेत्री रहेका थिए भने टिमकोच राम कृष्ण खड्गी,सेल्बम बाबू ले सम्हालेका थिए।नेपाली प्रबासी कराते संघ मलेशियाको तर्फ बाट नोर्बु तामाङ र टिम म्यानेजरमा बिजय ताम्राकार र अफिसियल तर्फको भुमिका सानू बाबू थापा मगरले सम्हालेका हुन।सो खेलको जानकारी नेपाली प्रबासी कराते संघ मलेशियाका अध्यक्ष योगेन्द्र कोइरालाले दिएका थिए।