नेपाली समय:
Flash News

माेरङ क्षेत्र नम्बर ५ काे बिस्कृत जानकारी 

रबिन्द्र बराल
रंगेली
मंसिर २० बुधबार

माेरङ क्षेत्र नम्बर ५ काे बिसृत जानकारी रंगेली नगरपालिका काे बडा नम्बर ४,५,६, ७ धनपालथान गाउपालिका काे ७ बटा बाड रहेका छन । जहदा गाउँ पालिकाकाे ७ बटै बाड हरु रहेका छन । त्यसैगरी बिराटनगर उपमहानगर पालिका बडा नम्बर १३,१४,१५,१६,१७,र १८ नम्बर बडा हरु क्षेत्र नम्बर ५ मा रहेकाे छ । त्यसैगरी रंगेली नगरपालिका काे ४ बटा वडामा ८ अाेटा मतदान केन्द्र र १६ स्थानमा मतदान स्थल हेका छन भने १३ हजार ७ सय ६८ मतदाता रहेका छन । धनपाथान गाउँ पालिकामा ७ वटा वडामा २३ हजार २ सय ४१ मतदाता रहेका छन भने १३ वटा मतदान केन्द्र र ३० वटा मतदान स्थल समेत रहेका छन । जहदा गाउँ पालिकाकाे ७ वडा वडामा २२ हजार ८ सय ७६ मतदाता रहेका छन भने २७ वटा मतदान स्थल रहेको छ भने १२ अाेटा मतदान केन्द्र छन ।


त्यसैगरी बिराटनगर उपमहानगर पालिका काे ६ वटा वडामा २९ हजार ४ सय २ जना मतदाता रहेका छन भने ३२ बटा मतदान स्थल रहेकाे छ भने १० अाेटा मतदान स्थल समेत रहेकाे छ । माेरङ क्षेत्र नम्बर ५ मा कुल ८९ हजार २ सय ८७ मतदाता समेत रहेका छन । त्यसैगरी माेरङकाे क्षेत्र नम्बर ५ अन्तर्गत रंगेली चाेप्राह बाेडरमा संयुक्त रुपमा गस्ती भारतकाे मजरक बिअाेपि र पिरगंज बिअाेपि ,बारुद बिअाेपि , बिअाेपि रंगेली ले बुधबार भारतका १५ जना र नेपाल काे ससस्त्र प्रहरी १३ जनाकाे गस्ती गरेकाे ससस्त्र प्रहरी ले जनाएको छ ।
माेरङ क्षेत्र नम्बर ५ मा अति संवेदनशील मतदान केन्द्र २९ संवेदनशील मतदान केन्द्र २
र सामान्य १२ बटा रहेका छन भने जम्मा ४३ बटा मतदान केन्द्र रहेका छन।