नेपाली समय:
Flash News

गीतकार प्रताप मुस्कानको निर्देशनमा रहेको ” उडयो बादल “बोलको गीत सार्बजनिक (भिडियो सहित )

 मंसिर २५/ मलेसिया,  मजदुर अनलााइन 

पुर्बी नेपाल खोटाङ रतन्छा मा जन्म भई स्थाइ बसोबास भोजपुर लेखखर्क ८ खानी गाउँ का प्रताप मुस्कान कमजोर पारिवारिक अायअार्जन  भएका कारण वैदेशिक रोजगारीको लागि ३ बर्ष पहिले देखि मलेसिया मा श्रम अर्दै आएका छन ।
धन कामाउने ठुलो सपना बोकेर श्रम बेच्न हरियो पासपोर्ट लिएर दैनिकी १५०० को हाराहारीमा खाडि तर्फ युवा युवती लागी रहेको यो भयावह स्थिति मा उनी पनि अछुतो रहन सकेनन्। दुई छाक गर्जो टार्न कै लागि यो सिर बिदेशी को पाउ मा टक्राउन बाध्य हुने हरुको को लाम मा छन् उनी पनि ,
श्रम गर्दा गर्दै सुरु हुन्छ नेपाली कला ,संस्कृति ,माया , अनी आफ्नै गाउ ठाउको झझल्को ,त्यसैबाट उम्रन्छ कला साहित्यका विजहरु ।

तिनै विज लाई खाडिबाटै नेपालीमाझ ल्याईन्छ गित संगितको माध्यमबाट , पोखिन्छ मनका बह , नेपालको सम्झना , भोगीरहेको पिडा को बारेमा । नेपालमा मात्रै हैन बिदेशी भूमिबाट पनि आफ्नो बड्चस्व फैलाउदै आउछन् नयाँ कला प्रतिभा । यिनै प्रतिभा का भिड मा आफ्नो गाउँ घर पाखा पखेरा लाई समेट्दै छ्न एतिबेला रोजगारिको सिलसिला मा मलेसियामा रहेका गितकार तथा हास्य कलाकार प्रताप मुस्कान।
प्रताप मुस्कान को सब्द  रचना मा लोक दोहोरी क्षेत्रमा गतिलो संभावना बोकेका नव गाएक लोकेन्द्र बिक को आफ्नै मन छुने संगीत मा नेपाली लोक क्षेत्र कि लोकप्रिय गायिका पुर्णकला बिसि तथा लोकेन्द्र बिक को आवाजमा देश परदेश म्युजिक कम्पनी बाट मलेसियामा मा छायांकन गरिएको भिडियो बजारमा ल्याएका छन ।
उक्त भिडियो मा मिलन वैबा /बिमला/ राम /आशिका तमाङ ले अभिनय गरेका म्युुजिक भिडियो बजारमा ल्याााएका छन्। उक्त भिडियो  निर्देशक प्रताप मुस्कान ले गरेका थिए भने भिडियो लाई  सुन्दर लाओति ले छायांकन गरेका थिए।