नेपाली समय:
Flash News

पद यात्रामा ७५ जिल्ला हिडेकि नेपाली चेली शंकराचार्य पदका लागि चयन( पढ्नुहोस् वहाँ संग गरिएको कुराकानी )

रबिन्द्र बराल
रंगेली , माेरङ
पुस ६ शुक्रबार
पछिल्लाे समय भारतमा एकदमै चर्चामा रहेकाे संन्दर्भ हाे शंकराचार्य चयन । संस्कृतिक परम्परा, बेद, धर्म र धर्मका अनुरागि गुरु, महात्मा, सन्यासी, नागा, पुराेहित हरुकाे संरक्षण गर्न संन्यासीहरुकाे संगठनले मान्ने प्रमुख गुरु छनाेटकाे विषय अहिले सबै तिर चर्चा छ। धर्मका गुरू छनाेट शंकरचार्य पद जस्मा पहिलाे पल्ट नेपाल सामेल हुन पाएकाे छ त्यस्मा पनि नेपाली चेलि । बिश्व भरका ९ कराेड नागा, सन्याशी, अाचार्य, बेद बिषेश्यज्ञ, धर्म, गुरु, मण्लेश्वर अादिका गुरूकाे छनाेटमा नेपालकी छाेरीले पहिलाे पल्ट छनाेट चरणमा पुग्न सफल भएकि छन । याे शंकराचार्य पद जहाँ अहिले सम्म महिलालाई छनाेटमा नै लगिदैन थियाे र लगेकाे पनि थिएन । माेरङकाे पथरीशनिश्चरेमा बस्तै अाउनु भएकि धर्मकाे रक्क्षाकाे निम्त अाफुलाई सानै उमेर देखि सन्यासी जीवन धारण गरेर केही समय अगाडि मात्र अन्नत श्री महामण्डलेश्वर स्वामी महाराज जी काे पद गहण गर्नु भएकी नेपाली चेलि हुन महामण्डलेश्वर स्वामी महाराज जी हेमान्नद गिरी जस्ले अहिले नेपालकाे प्रतिनिधीत्व गरदै नेपालकाे नाम चर्चामा ल्याउनु भएकाे छ । उहाँ संग हाम्रा माेरङ संबाददाता गाेपाल काफ्लेले गर्नु भएकाे कुराकानी ।
१ पछिल्लाे समय चर्चामा शंकराचार्य पदकाे मनाेनयनमा पर्न सफल हुनुभएकाे छ, याे बताई दिनुस कि शंकराचार्य भनेकाे के हाे ?
शंकराचार्य भनेकाे हिन्दु सनातन परम्पराकाे शर्वाेच पाेष्ठ, हाम्राे ४ बेदले यस्लाई सिन्चित गरेकाे छ ४ बेदमा ४ शंकराचार्य हुनुहुन्छ त्यसमा अहिले मेराे पनि नाम स्वकृत भएकाे छ त्याे चै ज्याेति पिठकाे बद्रिका अास्श्रमकाे शंकराचार्य लागि चयन हुँदै छ । त्यस कारण शंकराचार्य भनेकाे याे सम्पुर्ण चराचर जगत जिवहरुकाे अस्तित्व धर्मकाे सर्वाेच सनातन पाेष्ठ भनेकाे शंकराचार्य हाे ।
२ तपाई त महामण्लेश्वर हुनुहुन्छ याे महामण्डलेश्वर भनेकाे चै के हाे ?
: महामण्लेश्वर भनेकाे याे अाचार्य पद हाे गुरु पद हाे लाखै नागा सन्यासीहरुकाे अखडाबाट प्रतिनिधीत्व गरेर महामण्लेश्वर हुन्छ र तिनै नागा सन्यासीहरुकाे सेनापती हाे महामण्लेश्वर । उज्वन कुम्भ मेलाले ९ कराेडकाे साधु सन्त सन्यासीकाे भिडमा ६ जनाकाे मशामण्लेश्वर चयन भएकाे थियाे त्यसमा १ जना मात्र महिला चयन भयाे थियाे, जुनबेला नेपालले महिला राष्ट्रपती, महिला सभामुख, महिला न्यायधिस पाएकाे थियाे । त्यहि बेला नेपालकी चेलि म हेमान्नद गिरी महामण्डलेश्वरकाे पद धारण गरेर नेपाल फर्केकी थिए ।
३ कस्ताे लागाे तपाईं एउटी चेलि त्यत्राे महामण्डलेश्वर सेनापती पद पपाउदा ?
धेरै गाैरवकाे कुरा हाे बनाएर उज्वन कुम्भ मेलाले नेपाललाई सम्मान र सम्पुर्ण नेपालकाे अाध्यत्मीक जगतलाई सम्मान गर्दै नेपाली चेलिलाई सेनापती बनाएकाे थियाे
४ शंकराचार्य पदकाे प्रतिस्पर्दीमा चै काे काे हुनुहुन्छ ।
शंकराचार्य पदकाे प्रतिस्पर्दी तेज्वस्बी, अाेज्वस्बी, धेरै पुराना अाध्यात्मीक जीवन बिताइ अाेजस्वबी माहात्माहरु हुनुहुन्छ ।
५ कस्ताे लागेकाे छ महिलाहरुनि शंकराचार्यकाे प्रतिस्पर्दी हुन पाउँदा ?
खुसी त हुने नै भएउ त्यस्मा एक मात्र महिलामा म छु र याे भन्दा अगाडि महिलालाई शंकराचार्य बनाउनु पर्छ भनेर निबेदन पेश गर्दा स्वकृती नभएकाे अवस्थामा थियाे । धेरै ठुला ठुला अाेजस्वनी, तपसिनी महिला सन्त हुनुहुन्छ उहाँहरु प्रतिस्पर्दामा अाउन नसक्नु भएकाे र नल्याईएका अवस्थामा नेपालबाट एक महामण्डलेश्वर सन्तले हालेकाे निबेदन स्वकृती हुनु नै सम्पुर्ण महिला सन्तकाे सम्मान गर्दै पहिलाे महिला र त्यसमा पनि नेपालकी महिला हुन पाउँदा ।
६ तपाईकाे त्यहा सम्म पुग्ने बाटाे चै कसरी तय भयाे ?
यसकाे पनि एउटा प्रकृया छ । पहिले सन्त समाजले निर्णय गर्ने चलन थियाे अहिले धर्म महासंघ मण्डललाई दिएकाे छ । त्याे तथस्ट मण्डल भएकाले अदालतकाे अादेश अनुसार शंकराचार्य हुन सक्ने छवि र अस्तित्व बाेकेका निर्विबादित सन्तहरुकाे नाम चयन गर्ने र निर्णय गर्ने अधिकार पाएकाे छ । त्यसमा हाम्राे अखण्डबाट मेराे सिफारिस परे संगै म यहाँ सम्म अाई पुगेकाे हु ।
७ तपाईंलाई अघि बढ्न कस्काे कस्ताे भुमिका रहनु पर्ला ? नेपालबाट अाध्यात्मीक संघ संगठन, बेद बिध्यालयहरु, पुराेहित, पण्डितहरु, समाजसेवी, राजनितिक दलकाे कुसल सन्देशकाे रुपमा सिफारिसकाे रुपमा गए भारत धर्म मण्डलकाे चासाे केन्द्रित हुने थियाे भारतमा पनि मेरा अनुयाहि शिष्यहरु भएकाले भारतबात सिफारिस भै रहेकाे छ ।८ तपाईं शंकराचार्य भैरहदा महिला सन्त तथा तपाईका शिष्यहरुले के पाउँछन् ।
विश्व मानव जगत, अध्यात्मिक जगत, सामाजिक जगतले पाउने सुबिधाहरु छन । पहिलाे त अाध्यात्मक बिस्तार, शान्ति र समानताकाे बिस्तार, ज्ञान, तप, जप, साधना र सम्पुर्ण धर्मलाई संरक्षण गर्ने जस्ता धेरै कुरा छन । त्याे शंकराचार्य पदलेनै सनातन धर्मकाे परमपरालाई संरक्षण र प्रबधन गर्ने काम गर्छ ।
९ याे शंकराचार्य निरर्णय भारत धर्म मण्डलले गर्ने कुरा छ याे कहिले सम्म अाउछ ?
१० नेपालकाे चेलिलाई यहाँ सम्म अाई पुग्नुकाे कारण चै के हाे ?
नेपाल यस्ताे देश हाे जुन देशमा ऋसि मुनिहरु तपस्या गरेकाे देश हाे, जहाँ भगवान गाैतम बुद्घ , सीता माता, पर्शुराम , ब्यास, पान्डीन्य ऋसि, बिश्वमित्र जन्मिएकाे भुमि हाे । राजा जनकले राज्य गरेमाे भुमि नेपाल वाल्मीकि ऋसिकाे भुमि नेपाल, विश्वमा नभएकाे जरिवुटि पाईन्छ , देवि देवताकाे नदिनाला, विश्वकाे सुरक्षा गर्ने वीर नेपालीकाे भुमि, सगरमाथा, काली गण्डकी र पशुपतिनाथ भएकाे भुमि हाे नेपाल नेपाल र नेपालीले गर्न नस्कने केही छैन त्यस्काै सफलता हाे याे त्याे संगै यहाँ अाध्यात्मक,साधना, बिध्वत्ता, बिबेक, कला, क्षमता हेरेर चया गर्ने गरिन्छ त्यसैले नेपालका विभिन्न संघ सघठनले अा-अाफ्नाे ठाउँ बाट सुभेक्षा प्रकट गरिदिनुहुन समेत अाभार ब्याक्त गर्दछु ।
११ अन्त्यमा
मेरा जति पनि शुभचिन्तकहरु नेपाल र भारतमा हुनुहुन्छ उहाँ हरुलाई धेरै धन्यबाद दिन चाहान्छु जस्काे कार्णले अाज मेराे नाम चयन हुनमा सहयाेग पुगेकाे छ ।

र म नेपाल र हिन्दु देवि देवता, रिशिमुनिकाे पुत्रि हु म १३ वर्षकाे उमेरमा नेपाली बाबा तेजनाथ शर्माकाे पद यात्रामा ७५ जिल्ला हिडेकि छु । याे देशकाे उन्नति र बिकासकाे लागि अाध्यात्मीक संघ संगठन र बिकासकाे लागि म महत्वपुर्ण भुमिका खेल्न सक्छु । त्यसैले मलाई याे उच्च पदमा अासिन हुनकाे लागि सिफारिस पठाइ दिई सहयाेग गरिदिन अनुराेध गर्दछु ।