नेपाली समय:
Flash News

नबिन खडकाको नेपालको पानी जनताको लागानी बजारमा (भिडियो सहित)

उत्तम बिक

दुबई २७ डिसेम्बर, चर्चित युवा जनबादी तथा लोक गायक नबिन खडकाको बहुप्रतिक्षीत गिती एल्बम नेपालको पानि जनताको लगानी युटुव च्यानल मार्फत बजारमा अएको छ ।

नेपालमा रहेको पानिमा नेपाली जनताको लगानी भएमा देश बिकास संगै आर्थिक रुपमा पनि फाईदा हुने गित मार्फत दर्शाईएको छ । पुर्ब सफल उर्जामन्त्री तथा गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर) को परिकल्पनामा नेपालको पानी जनताको लगानी गीति एल्बम निर्माण गरिएको हो । अक्सिजन मिडिया प्रा.ली द्धारा दृष्य निर्माण गरिएको एल्बमको छयाङ्कण युएईको बिकसीत प्रान्त दुबईको डिस्कभरी रोयल स्पोर्टमा गरिएको छ ।

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) को नातिनी गायिका स्मिता दाहाल र जनबादी गायक नबिन खड्काको सुमधुर स्वरमा सजिएको एल्बममा नेपाली जनप्रगतिशील मञ्च युएईका कार्यबाहक अध्यक्ष बाबुराम बिश्वकर्मा, सल्लाहाकार सम्भु वाईबा, प्रबक्ता अनिस तामाङ, युवा समाजसेवी तथा ब्यबसायी ओम उप्रेती र प्रगतिशील कलाकार संघ युएईका कलाकारहरुको अभिनय रहेको छ । राजेश लामाको निर्देशन र दिपक बिस्टको सम्पादन रहेको उक्त एल्बममा गगन बिकले छयांकन गरेका छन्  बाँकी अंश भिडियोबाट…………