नेपाली समय:
Flash News

सन्ध्याद्धारा अभिनित म्युजीक भिडियो “जुन जस्तै” सार्बजनिक भिडियो सहित

उत्तम बिक दुबई ४ जनावरी,

संगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मोडल तथा गायिका सन्ध्या सुस्केराद्धारा अभिनित लोक आधुनिक म्युजीक भिडियो जुन जस्तै संग्स नेपाल मार्फत सार्बजनिक भएको छ ।
चर्चित निर्देशक तथा अभिनेता शंकर बिसीको निर्देशन रहेको म्युजीक भिडियोमा सबिन राईले स्वर भरेका छन भने शंकर बिसी र सन्ध्या सुस्केराले अभिनय गरेका छन् । पुरुषोतम घिमिरेको निकै मार्मिक शब्द रचना रहेको उक्त एल्बममा टीका बम्जनले संगीत भरेका छन ।
बैदेशीक रोजगारीमा युएईमा कार्यरत सन्ध्याले अभिनय गरेको धेरै म्युजीक भिडियो मध्य कृष्ण फिल्मस प्रालिद्धारा दृष्य निर्माण गरिएको जुन जस्तै को सम्पादन नबिन घर्ति मगरको रहेको छ । छयाङ्कण पाटो जयराम लामाले सम्हालेको भिडियोमा पवन लामाले एरेन्जरमा साथ दिएको मोडल सन्ध्याले जानकारी दिएकी छन् ।
युएईमा रहेका कलाकार मध्य भित्र राम्रो छबि बनाउन सफल गायिका तथा मोडल सुस्केराले दर्शकहरु माझ थुप्रै म्युजीक भिडियो बजारमा ल्याई सकेको र हालसालै मात्र सार्बजनिक भएको जुन जस्तै म्युजीक भिडियो हेरेर नेपाली कला संस्कृतिलाई माया गरिदिनको लागी सबैलाई आग्रह गरेकी छन् ।

बाकि भिडियो हेर्न तल क्लिक गर्नुहोला ……..