नेपाली समय:
Flash News

६ नम्बर प्रदेशमा नरेश भण्डारी मुख्य मन्त्री भए कर्णालीको मुहार फेरिने।

उपेन्द्र न्यौपाने /

जुम्लाबाट निर्वाचित प्रदेश सभा सदस्य नरेश भन्डारी प्रदेश नम्बर ६ को मुख्य मन्त्री दाबेदार रहेका छन्। २०६४ सालमा सभासद रहदा स्वास्थ बिज्ञान प्रर्तिस्ठान को स्थापना गरेका बिकास प्रेमी नेता भण्डारी समाजसेवा को काममा पनि अग्रसर रहनु भएको छ। केहि दिन अघि जुम्ला जिल्ला देपल गाउँ निवासी ममता खत्री क्यान्सर भएको खबर सुन्दा भण्डारी पिडितको स्वास्थ बुझ्न अस्पताल पुग्दै उपचारको लागि आफ्नो तर्फबाट सहयोग हुने र तत्काल उपचार गराउन ट्रामा सेन्टर का मुख्य डाक्टर लाई अाग्रह समेत गर्नु भएको छ। भण्डारीले एक कार्यक्रममा बोल्दै ” विगतको राज्य व्यवस्थाले कर्णालीको निधारमा गरिबीको टिका लगाई दिएकाले त्यस टिका हटाउने गरी काम गर्नुपर्ने बताए । कर्णालीलाई पछाडि पार्ने राज्य व्यवस्थाको अन्त्य भएकोले अब समृद्धिको ढोका खुलेको र कर्णालीमा दुःख, पीडा समाचार र साहित्य बन्ने गरेको बताउँदै अब त्यसको ठाउँमा समृद्ध कर्णालीमा बदल्नु पर्ने बताए । देशको दुर्गम जिल्ला मानिएको कर्णाली को बारेमा अव अभावको समाचार होइन समृद्धिको समाचार लेख्न को लागि कर्णालीको विकासको निम्ति आफू अहोरात्र खट्ने समेत उनले बताएका थिए। अधिकांस समय राजनीति र समाजसेवा मा लागि परेका भण्डारी प्रदेशको मुख्य मन्त्री भएको हेर्ने उक्त क्षेत्रका जनताहरुको सपना समेत रहेको छ। ६ नम्बर प्रदेश मा नरेश भण्डारी मुख्य मन्त्री भए कर्णालीको मुहार बदलिने समेत कर्णाली वासीहरुको अांकलन रहेको छ।