नेपाली समय:
Flash News

राजदुतलाई स्वागत गर्ने संयुक्त कार्यक्रम नेपाली समाज उपस्थित भएन 

उत्तम बिक दुबई २३ जनावरी,

नेपाली राजदुतावस आबुधाबी युएईको लागी हालसालै मात्र युएईमा आएका नब नियुक्त कार्यबाहक राजदुत सागर फुयाल सहित अन्य कर्मचारीलाई युएईबासी नेपालीले स्वागत संगै सचेत गरएका छन ।
केहि समय पहिला युएईका तत्कालीन कार्यबाहक राजदुत नेत्र बहादुर टन्डन आफ्नो कार्यकाल सकेर स्वदेश फर्किए पछि नयाँ कार्यबाहक राजदुत फुयाल सहित श्रमसहचारी मोतिराम भुसाल र तृतिय सचिब नारायण ज्ञावली युएई आएका हुन ।
झण्डै तिनलाखको हाराहारीमा रहेका नेपालीहरुको अभिभाबकत्व गर्दै युएई आएका दुतावसको कर्मचारीलाई एनआरएनए युएई र नेपाल आदीबासी जनजाती महासंघ युएईको संयुक्त आयोजनामा पाँच दर्जन भन्दा बढी नेपाली संघ संस्थाहरुले स्वागत सहित सम्मान गरेको थियो ।
युएईबासी नेपालीहरुको बाक्लो उपस्थितीमा गरिएको उक्त स्वागत तथा सम्मान कार्यक्रममा उपस्थितहरु मध्य धेरैको गुनासो घरेलु कामदारको श्रम स्विकृति र भिजिट भिषा किन बन्द भयो भन्ने बारे रहेको थियो ।


नेपाल सरकार र बैदेशिकर रोजगार बिभागले भिजिट भिषामा ब्यबस्थापन गर्ने भन्दै भिजिट भिषा बन्द गरेपछि दलाल मार्फत धेरै नेपालीहरु ठगिएकोले तत्काल त्यसको ब्यबस्थापन गर्न सम्बन्धित निकाय संग पहल गर्न उपस्थित बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनीधिहरुले आग्र्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालले तत्कालिन कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनको पत्रकारहरु माथी हेर्ने दृष्टिकोण गलत भएकोमा आक्रोस ब्यक्त गर्दै सुचनाको हक सबैलाई हुनुपर्ने बताए । नेपाल एयरलाईन्सका कन्ट्रिम्यानेजर रमेश पौडेलले बर्षाै देखि युएईमा कार्यरत घरेलुकामदार स्वदेश फर्किए रोजीरोटी गुम्ने डरले नेपाल जान नपाएका घरेलु कामदारहरुको श्रम सिफारीसुमा सुधार ल्याउन दुतावसले पहल थालोस भनि आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै नबनियुक्त कार्यबाहक राजदुत फुयाँलले बैदेशिक रोजगारलाई सुरक्षित र ब्यबस्थित गर्न आफुले सक्दो प्रयास गर्ने बताए । हामी युएईबासी नेपालीहरुको सेवाको लागी नै आएका हौं भन्दै श्रमसहचारी मोतिराम भुषालले युएईबासी नेपालीहरुको साथ सहयोग र समर्थनमा आफुले जनपक्षिय काम गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरेका थिए भने तृतिय सचिब नारायण ज्ञावलीले सबैको भावना अनुरुप काम गर्ने बताए ।
झन्डै पाँच दर्जन भन्दा बढि संघ संस्थाका प्रमुख तथा प्रतिनीधिहरु, पत्रकार, बुद्धिजिबीहरुको उपस्थिती रहेको कार्यक्रममा युएईमा सबैभन्दा पुरानो संस्था नेपाली समाजले भने कार्यक्रममा उपस्थिती नजनाएर स्वागत कार्यक्रमको बहिस्कार गरेको थियो ।