नेपाली समय:
Flash News

दुबई  क्षेत्रिय समिति र कलाकार संघमा कडेल र तामाङ निर्वाचित ।

उत्तम बिक दुबई,

नेकपा माओबादीव केन्द्रको बिदेश बिभाग अन्तर्गत रहेको नेपाली जनप्रगतिशील मञ्च युएईको दुबई क्षेत्रिय समिति र प्रगतिशील कलाकार संघ युएईको २६ जनावरी २०१८ का दिन पनर्गठन गरिएको कार्यसमितिमा कबिराज कडेल र नबिन दोङ सर्ब सम्मत चयन भएका छन ।
पुनर्गठित दुबई क्षेत्रिय समितिको अध्यक्षमा कबिराज कडेल, उपाध्यक्षमा जोयल लामा र गणेश रोक्का सचिब महेश कुमार स्याङतान, सहसचिब निरमाया खडका दाहाल, कोषाध्यक्ष सुरेन्द्र सुरेन्द्र मगर, सहकोषाध्यक्ष सुर्य प्रसाद खनाल र सदस्यहरुमा सिता मगर, ईन्दिरा लिम्बु, मान बहादुर मगर, मकर ध्वज तामाङ, सोनु तामाङ, रिमा मगर र टिका लामीछाने लगायत सर्ब सम्मत चयन भाएका थिए ।
त्यसैगरि प्रगतिशील कलाकार संघ युएईमा अध्यक्ष नबिन दोङ तामाङ रहने गरि पनर्गठित कार्यसमिति चयन भाएको थियो । जस्मा उपाध्यक्ष राजेश लामा र प्रबेग दोङ, सचिब अन्जुली तामाङ, सहसचिब छोईसाङ तामाङ, कोषाध्यक्ष अनिसा तामाङ, सहकोषाध्यक्ष अभि वाईबा र सदस्यहरुमा मनिस सेन्चुरी, आयुष तामाङ, जिबन मगर, राजकुमार थापा, दिनेश मगर, रन्जिता तामाङ, लाक्पा शेर्पा र रिना मगर रहेका छन । संघको सल्लाहाकार समितिमा ओम उप्रेती, ईन्द्र सिन्चुरी, खेम गुरुङ र संकल्प चन्द ठकुरी रहेका छन ।


नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य हरी नेपाली प्रमुख अतिथी रहेको कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च युएईका कार्यबाहक अध्यक्ष बाबुराम बिश्वकर्मा सभापति र मञ्चका प्रमुख सल्लाहाकार शम्भु वाईबा बिशेष अतिथी रहेका थिए ।
अतिथीहरुमा प्रेस सेन्टर नेपाल युएईका अध्यक्ष अनिस तामाङ एनआरएनए युएईका सचिब मिलन गुरुङ, काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामा, त्रिशुली समाज युएईकी निशा तामाङ, समाजसेवी निशान वाईबा, मञ्चका सारजाह क्षेत्रका कार्यबाहक अध्यक्ष आकास सुवेदी लगातयत अतिथी रहेको कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्चमा आबद्ध सदस्यहरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रममा गत डिसेम्बर १५ मा मेरुदण्ड पिडित सुरेन्द्र बोम्जनको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा आर्थिक तथा बिभिन्न सहयोग गर्ने सहयोगीहरुलाई सम्मान पत्रको साथमा खादा ओडाएर सम्मान गरिएको थियो ।