नेपाली समय:
Flash News

एक सफल व्यवसायी र समाजसेवीको मोह अब कला र अभिनय सँग !

 

दुबई – जिबन दास/

माघ १४

चितवन खैरेनी १० जन्मी हुर्की परिवार र आफ्नो सपना पुरा गर्न युएईको दुबई आइ अथक परिश्रम र मेहनत गरि अहिले दुबईमा कुसल ब्यवसायी , समाजसेबि र अभिनयको , कला र नेपाली सांगेतिक आकासमा उदाउदा एक प्रतिस्ठित ब्यतिको चम्किलो नाम हो ओम उप्रेती । उप्रेती आज भन्दा १० बर्ष पहिले दुबईमा काम गर्दा ७०० रियल कमाउथे र कसैले चिन्दैन थियो भने अहिले अनि आफ्नै कम्पनी खोली धेरैलाइ रोजगार पनि दिएका छन । आफ्नो व्यावसायिक ब्यस्तता सङ्ग सगै उनि हरेक समाजिककार्यहरुमा सहयोग गर्न र नेपालीहरुको दुख सुख बुझ्न सधै अग्र स्थानमा हुन्छन । मिलनसार र सबैसग समान व्यबहार गरि सबैसग खुलेर बोल्ने ओम उप्रेतीलाइ नेपाली दर्शकहरुले कतिको माया गर्नु हुनेछ उहाँको अभिनय रहेको र सार्बाधिक रुपमा नेपालीहरुले रुचाउन थाल्नु भएको भिडियो हेरेर थाहा हुनेछ । हुनत नब गायक नब कलाकारहरुलाइ म्युजीक बजारमा निक्कै कठिनाइ त हुन्छनै यधपी सबै नेपालीहरुले स्वदेस र बिदेसमा रुचाउने र माया गरिदिनु हुने आसा गरेको म्युजिक भिडियोका मोडल ओम उप्रेती र टिमले हामिलाइ जान्कार गराएको छ । हामी नेपालि हौ र हामिले हाम्रो आफ्नो पन र सङ्गितलाइ माया गर्नु पर्ने र हौसला दिनु हुने अपेक्षा छ भन्दै नेपाली गीत संगीतको क्षेत्रमा उदाउदै गरेको चम्किलो ताराको रुपमा चिनिएका नवगायक तथा संगीतकार प्रवेग दोङकोले पनि बताउनु भयो । उहाँको यस नयाँ म्युजिक भिडियो मेरो मुटु सार्वजनिक भएको छ ।

प्रवासमा रहेर पनि आफ्नो सांगीतिक करियरलाई माथि उठाउदै गरेका गायक दोङको स्वरमा रहेको ‘मेरो मुटु दुखाउने तिम्रो चाह होला…’ बोलको गीत अहिले युट्युवमा रुचाईएको छ । यस गीतको शब्द लक्की लामाले लेखेका हुन भने संगीत स्वयं दोङले नै गरेका हुन् । युएईको विभिन्न भागहरुमा छायांकन गरेको उक्त गीतको भिडियोमा भने सफल युवा व्यवसायी र समाजसेबि ओम उप्रेती, मोडल रिया श्रेष्ठ र हास्यकलाकार इन्द्र सेन्चुरीको अभिनय रहेको छ । ओम उप्रेती संयम एनआरएन सम्मानित रास्ट्रीय समन्वय समितीका केन्द्रिय सदस्य पनि हुन ।

भिडियोलाई राजेश लामाको निर्देशन र रोहित विक्रम कार्कीले छायांकन गरेका हुन् । युएईको सरकारको अनुमति लिएर तयार पारेको उक्त भिडियोमा युएईको विभिन्न ठाउँहरुको मनोरम दृश्य समाबेश गरिएको छ । समुन्द्र, जहाज लगायत महंगो मूल्यको गाडीहरु समेत यस भिडियोमा प्रयोग गरिएको छ । तपाइँ सम्पुर्ण आदरणीय नेपाली दर्शकहरुलाइ म्युजिक भिडियो हेरिदिनु हुन र आफ्नो प्रतिक्रिया दिनु हुन र सबैजनाले सियर गरि हौसला पनि बढाइदिनुहुन सम्पुर्ण टिम स-धन्यबाद विनम्र अनुरोध गर्दछ ।