नेपाली समय:
Flash News

अखिल नेपाल टे«ड युनियन महासंघ केन्द्रीय समितिको आगामी कार्ययोजनाहरु

Jaya Karki, अखिल नेपाल टे«ड युनियन महासंघ केन्द्रीय समितिको यही माघ १५ गतेका दिन काठमाण्डौमा सम्पन्न विशेष राष्ट्रिय सम्मेलनद्धारा घोषित तथा पारित आगामी कार्ययोजनाहरु यसप्रकार रहेका छन् ।
क) प्रदेश स्तरीय भेला÷सम्मेलन सम्पन्न गर्ने ।
ख) स्थानीय तहमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका स्तरीय भेला÷सम्मेलन गर्ने ।
ग) संघीय संरचना अनुरुप पेशागत संगठनहरुको प्रदेश र स्थानीय तहमा भेला÷सम्मेलन गर्ने ।

संघर्ष

क) स्थानीय तहका सामाजिक सुरक्षा कोष ऐन बारे ज्ञापन पत्र बुझाउने ।
ख) स्थानीय सरकारसँग मजदुरका अधिकार बारे अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्ने ।
ग) न्यूनतम वेतन वृद्धिमा रु.५००० थप गर्न पहल गर्ने ।
घ) स्थानीय कमिटीदेखि पेशाको केन्द्रसम्म छलफल र बैठक गर्ने ।

आर्थिक

क) लेवी प्रणालीलाई नियमित र व्यवस्थित गर्ने ।
ख) सामाजिक सुरक्षा कार्यान्यवनका लागि पेशा र प्रदेश कमिटीहरुको बुझाईमा एक रुपमा बनाउन २ दिने कार्यक्रा सञ्चालन गर्ने ।
अखिल नेपाल टे«ड युनियन महासंघले हाँसिल गरेका केही उपलब्धिहरु कामहरु यसप्रकार रहेका छन् ।

यहाँहरु सबैलाई अवगत पनि छ तर पनि केही उपलब्धिमुलक कामहरु यसप्रकार रहेका छन् ।
क. लामो समय पश्चात् नेपाली श्रमिकहरुका पक्षमा सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयनमा ल्याउन सफल ।
ख. श्रम ऐन २०७४ कार्यान्वयनमा आएको छ तथा अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धमा व्यापक सुधार भएको छ ।
ग. प्रदेश सभा सदस्यमा मजदुरका प्रतिनिधिहरु निर्वाचित हुन सफल हुनु भएको छ । हाम्रो संगठनका अध्यक्ष शालिकराम जम्ककटेल, महासचिव जगत सिंखडा र उपमहासचिव सुशीला पुन प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएको छ ।
घ.केही मजदुर नेताहरु स्थानीय तहको प्रमुख, उपप्रमुख र वडाहरुमा पनि निर्वाचित हुन सफल हुनुभएको छ ।
ङ. सामुहिक सौदावाजी, आधिकारिक युनियनको निर्वाचन, प्रोजेक्टको कामहरु नियमित प्रकृयाका आधारमा भइरहेका छन् ।
च. काठमाडौं र ललितपुर जिल्लाका एक दर्जनभन्दा बढी स्थानीय तहका प्रमुखहरुसँग सामाजिक सुरक्षा ऐन कार्यान्वयन र रोजगारी सिर्जनासम्वन्धी वृहत गोष्ठीहरु सम्पन्न भएका छन् ।
छ. महिला कमिटी, युवा कमिटीको भेला सम्पन्न भएको छ ।
ज. जेटियुसिसीको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । संगठनको आगामी कार्यक्रमहरु वार्षिक क्यालेण्डर अनुसार तयार पारिएको छ ।
झ. प्रदेशहरुको बिस्तारित बैठक सम्पन्न भएका छन् तर प्रदेश नं. २ को बाँकी रहेको छ ।
ञ. प्रदेश एकमा पनि प्रोजेक्टका थुप्रै कार्यक्रम सम्पन्न भएका छन् ।
हामीले के गर्न सकेनौं ?
ट. मजदुर आयोगको गठन हुन सकेको छैन् ।
ठ. संगठन सञ्चालनका विधिलाई अझै व्यवस्थित बनाउन सकिएको छैन् ।
ड. तीन तहको निर्वाचनको कारण अझै केही पेसागत संघहरु र जिल्लाहरुका एकता भेला तथा सम्मेलन हुनसकेको छैन् ।
ढ. आर्थिक प्रणालीलाई अझै व्यवस्थित गर्न सकिएको छैन् ।
ण. अनुसन्धान तथा खोजमुलक अभियानमा प्रवेश गर्न सकिएको छैन् ।

१५ माघ, २०७४