नेपाली समय:
Flash News

सुदिप गैरेको मरुभुमी अब बजारमा (भिडियो सहित) 

उत्तम बिक दुबई,

नेपाली सांगितीक जगतमा चर्चा कमाउदै अगाडी बढेका लोक दोहोरी गायक सुदिप गैरेको लाकदोहोरी एल्बम मरुभुमी हालसालै मात्र बजारमा आएको छ ।
मरभुमीमा बालुवा तातिन्छ बोलको लोकदाहोरी गितमा परदेशीको पिडा सहितको अभिनय रहेको मरुभुमी एल्बममा गायक सुदिप गैरे र गायिका जसु अधिकारी (सम्झना) ले स्वर भरेका छन । सफलता म्युजिक प्रालिको प्रस्तुती रहेको एल्बम मरुभुमीमा पदम सुवेदीले सम्पादन गरेका छन ।
बैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका गायक गैरेको हालसालै मात्र सार्वजनिक भएको मरुभुमीको एकेन्द्र सारा शंकरले निर्देशन गरेका छन । बासु बराल र लाल बहादुर ढेंगाको छयाङ्कन रहेको एल्बम मरुभुमीमा अभिनय पनि गायक गैरे र आशा खडकाको रहेको छ ।
शब्द, लय समेत गायक गैरे कै रहेको मरुभुमीको सफलता म्युजिक प्रा.लि.ले उत्पादन तथा बितरण गरेको बताउदै मरुभुमी एल्बम हेरेर नेपाली गित संगितलाई माया गरिदिनको लागी दर्शकहरुलाई गायक गैरेले आग्रह गरेका छन ।