नेपाली समय:
Flash News

यातायात मजदुर संघ मकवानपुरको जिल्ला सम्मेलन सम्पन्न

शरद सुवेदी, अखिल नेपाल यातायात मजदुर संघ मकवानपुर जिल्लाको छैंटौं जिल्ला सम्मेलन माघ २० गते संपन्न भएको छ ।
‘सामाजिक सुरक्षाको ग्यारेण्टी आजको मूल आवश्यकता’ भन्ने नाराका साथ सम्पन्न मकवानपुर जिल्ला समितिको छैटौं जिल्ला सम्मेलनले देव लामाको अध्यक्ष्यतामा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । जसको बरिष्ठ उपाध्यक्ष हेम बहादुर थापा, प्रथम उपाध्यक्ष राजेश सापकोटा, द्वितीय उपाध्यक्षमा मणिकलाल गोले, उपाध्यक्ष राजकुमार लामा, सचिव अजय सिंह तामाङ्ग सह सचिव ज्ञानेन्द्र दर्जी र कोषाध्यक्ष रविन्द्र लामा निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरु लाल बगाले, बावुकृष्ण उप्रेती, जनील मगर, विदुर लामिछाने, झमकलाल श्रेष्ठ, माधव दुलाल र बसन्त गोब्जा रहनुभएको छ ।
सम्मेलनमा अखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय समितिका उपाध्यक्ष तथा ३ नं. प्रदेश समितिका इन्चार्ज रामचन्द्र कार्की, ३ नं. प्रदेश समितिका संयोजक राजेन्द्र शर्मा तथा महासचिव अजय तिमलिसिनाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो