नेपाली समय:
Flash News

महासंघको प्रेस बक्तव्यः निष्काशित मजदुरलाई तत्काल काममा फर्काउ

काठमाडौं माघ २४। आई.एम.इ. मोर्टस कम्पनीमा कार्यरत मजदुरर्रकर्मचारीहरुले संगठन निर्माण गर्न हस्ताक्षर संकलन गरी श्रम कार्यालयमा बुझाए पछि, कम्पनीको व्यवस्थापकले ५ जना कामदारलाई गैरकानुनी ढंगले निश्काशन गरेकोमा अखिल नेपाल टे«ड युनियन महासंघका अध्यक्ष गणेश रेग्मीले एक वक्तव्य जारी गरी तत्काल विनाशर्त काममा फर्काउन माग गरेको छ । स्मरणीय के छ भने हस्ताक्षर संकलन कार्य नगर्न व्यवस्थापकबाट पटक पटक मजदुरहरुलाई धम्क्याउँदै आएको भएपनि उनीहरुले कानुनसम्मत तरिकाले हस्ताक्षर संकलनगरी संगठन निर्माण गर्न श्रम कार्यालयमा बुझाएका थिए । कानुनतः कुनै पनि उद्योग कम्पनी जहाँ भए पनि मजदुरहरुले आफ्नो संगठन निर्माण गर्न पाउने भएकोले ब्यस्थापकले चालेको गैरकानुनी कदमलाई सच्याउन आग्रह गरेको छ अन्यथा त्यसबाट हुने गंभीर परिणामको जवाफदेही कम्पनी नै हुनेछ। बक्तव्यको पूर्ण पाठ यसप्रकार रहेको छ ।