नेपाली समय:
Flash News

यातायात मजदुर संघ चितवनको अध्यक्षमा सुमन भुजेल र मकवानपुरमा देब लामा

शरद सुबेदी, माघ २४
अखिल नेपाल यातायात मजदुर संघ चितवन जिल्लाको दोश्रो सम्मेलनले सुमन भुजेलको अध्यक्षतामा २३ सदसीय जिल्ला समिति गठन गरेको छ भने उपाध्यक्षमा द्वय कुलबहादुर श्रेष्ठ (राजु) र दीलकुमार श्रेष्ठ रहनु भएको छ । यसैगरी सचिव पुष्कर भण्डारी, सह सचिव पुष्प श्रेष्ठ तथा कोषाध्यक्ष दीपाकुमारी श्रेष्ठ रहनुभएको छ । त्यसैगरी निर्वाचित कार्य समितिमा रामप्रसाद पनेरु, निकाश रञ्जितकार, शुरेष वि.क., बज्रबहादुर थापा, नविन गुरुङ्ग, शारदा कुमारी सुनाम, रामचन्द्र थामी, कविता सुवेदी, विपिनचन्द्र श्रेष्ठ, प्रेम लामा पदमलाल पौडेल, सुरेन्द्र सुवेदी, बुद्ध परियार, नकूल मगर, सुजन श्रेष्ठ, भरत सुवेदी र झापबहादुर मगर रहनुभएको छ ।
महान शहीदहप्रति श्रद्धान्जलि व्यक्त गर्दै शुरु भएको सम्मेलनको उद्घाटन अखिल नेपाल टे«ड युनियन महासंघका उपाध्यक्ष तथा प्रदेश ३ का इन्चार्ज जय कार्कीले गर्नु भएको थियो भने स्वागत मन्तव्य कुलबहादुर श्रेष्ठ राजुले गर्नुभएको थियो ।

सम्मेलन सफलताको शुभकामना नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र चितवनका जिल्ला संयोजक इन्द्रजित,अखिल नेपाल टे«ड यूनियन महासंघ प्रदेश ३ का संयोजक प्रकाश श्रेष्ठ, सहइन्चार्ज जनक शर्मा,अनक मगर, अखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय समितिका उपाध्यक्ष तथा ३ नंं. प्रदेश समितिका इन्चार्ज रामचन्द्र कार्की, संयोजक राजेन्द्र शर्मा, संयुक्त एम्बुलेन्स चालक संघका संस्थापक नवराज लम्साल, ट्याक्सी व्यवसायी संघका अध्यक्ष खड्गबहादुर गुरुङ, अनिल न्यौपाने, विष्णुराम लामिछाने, इश्वर छतकुली, रमेश काफ्ले, चिजबहादुर बोहोरा, इश्वर सापकोटा, चितवन अन्टुफ संयोजक यदुमणि कण्डेल, लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । उद्घाटन शत्रमा यातायात मजदुरसंघ र अरु पेसागत संघहरु नेताहरु डम्बरसिंह ठकुरी, विष्णु गुरुङ, सन्त उप्रेती, सावित्री आचार्य, सुमित्रा भुजेल र दिपचन्द्रले पनि आतिथ्यता गर्नु भएको थियो भने अभियान टिभी च्यानलले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।जिल्ला सम्मेलन आयोजक समितिका संयोजक सुमन भूजेलको अध्यक्षतामा सम्पन्न सम्मेलनको संचालन संगम के.सीले गर्नुभएको थियो । जिल्ला सम्मेलनमा विभिन्न स्थानबाट गाडीको जुलुस सहित यातायात मजदुरहरु कार्यक्रम स्थलमा पुगेका थिए ।


मकवानपुरको अध्यक्षमा देव लामा

अखिल नेपाल यातायात मजदुर संघ मकवानपुर जिल्लाको छैंटौं जिल्ला सम्मेलन माघ २० गतेका दिन प्रमुख अतिथि अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष तथा ३ नं. प्रदेश संयोजक रामचन्द्र कार्कीले उद्घाटन गर्नुभयो । मकवानपुर जिल्ला सम्मेलनको उद्घाटन मन्तव्य राख्दै उहाँले सामाजिक सुरक्षा ऐनको कार्यान्वयनमा जोड दिनुभयो ।
‘सामाजिक सुरक्षाको ग्यारेण्टी आजको मूल आवश्यकता’ भन्ने नाराका साथ सम्पन्न मकवानपुर जिल्ला समितिको छैटौं जिल्ला सम्मेलनले देव लामाको अध्यक्ष्यतामा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । जसको बरिष्ठ उपाध्यक्ष हेम बहादुर थापा, प्रथम उपाध्यक्ष राजेश सापकोटा, द्वितीय उपाध्यक्षमा मणिकलाल गोले, उपाध्यक्ष राजकुमार लामा, सचिव अजय सिंह तामाङ्ग सह सचिव ज्ञानेन्द्र दर्जी र कोषाध्यक्ष रविन्द्र लामा निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरु लाल बगाले, बावुकृष्ण उप्रेती, जनील मगर, विदुर लामिछाने, झमकलाल श्रेष्ठ, माधव दुलाल र बसन्त गोब्जा रहनुभएको छ ।
सम्मेलनमा अखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय समितिका उपाध्यक्ष तथा संयोजक राजेन्द्र शर्मा, केन्द्रीय उपाध्यक्ष तथा २ नं. प्रदेश इन्चार्ज सुन्दर केसी तथा महासचिव अजय तिमलिसिनाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष तथा मकवानपुर जिल्ला अध्यक्ष गंगा भट्टराईको अध्यक्षतामा सम्पन्न सम्मेलनको संचालन अजय सिंह तामाङ्गले गर्नुभएको थियो । सम्मेलनमा जिल्लाभरीबाट यातायत मजदुरहरुको सहभागिता रहेको थियो ।