नेपाली समय:
Flash News

अपराधीहरुलाई कडाभन्दा कडा सँजाय दिइयोस– विष्णु थापा, अन्टुफ महिला कमिटी

महिला अस्मितामाथि खेलववाड गर्दै देशमा दैनिक जसो बलत्कार जस्तो जघन्य अपराधका घटनाहरुमा बृद्धि हुँदै गएकोमा चिन्ता र चासो ब्यक्त गर्दै महिला अस्मितामाथि खेलवाड र जघन्य अपराधमा सामेल अपराधीहरुलाई तत्काल न्यायको कठघरामा उभ्याई कडाभन्दा कडा सँजाय दिईयोस भनि माग गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ महिला कमिटीको अध्यक्ष बिष्णु थापाद्धारा जारी प्रेस बक्तव्य यसप्रकार रहेको छ ।

प्रेस विज्ञप्ति

मिति ः २०७४,१०, २१

०७४-१०-११ गते विहिबार दरवारमार्गको ल्याण्ड मार्क होटलमा युवतीमाथि सामुहिक बलत्कार घटनाको अपराधि र त्यसैगरी इटहरीमा भएको १४ वर्षको बालिकामाथि बलत्कार गर्ने अपराधिहरुलाई तत्काल कारवाही गरियोस भनि माग गर्दछु ।
अहिले हाम्रो देशमा महिला राष्ट्रपति, सभामुख र ३३% महिला सभासदहरु भएको मुलुकमा यस्तो घटनाहरु विभिन्न ठाउँमा भईरहनु लजास्पद भएको ठहर गर्दछ । अखिल नेपाल टे«ड युनियन महासंघ महिला कमिटि महिलाको अधिकारको लागि लड्ने महिलाकर्मीहरु र मानव अधिकारवादीहरुको पनि ध्यान केन्द्रीत गर्न चाहन्छौं । राष्ट्रपति, सभामुख, सभासदहरुलाई ती अपराधिहरुलाई कडाभन्दाकडा कारवाही गर्न ध्यान जाओस, यो घट्नाका दोषीहरु उम्कन नपाउन, घटनाको सत्य तथ्य वाहिर ल्याई दोषीलाई कारवाही गर्न हाम्रो संगठन जोडदार माग गर्दछ ।

विष्णु थापामगर
अध्यक्ष
महिला कमिटि
अखिल नेपाल टे«ड युनियन महासंघ