नेपाली समय:
Flash News

“क्या राम्री सोलटिनी मेरी” छिटै बजारमा आऊदै

जगत लुईटेल युएई ८ फेब्रुअरी,

प्रवाशमा रहेर पनी नेपाली संगित क्षेत्रमा कृयाशील गायक पारस लामको पहिलो गीत “वाऊ क्य राम्री सोलटिनि मेरी” को म्युजीक भिडियो यसै सात रिलिज हुने भएको छ ।

नायिका तथा हट मोडलका रुपमा चिनिएकी रिया श्रेष्ठको अभियन रहेको ऊक्त म्युजिक भिडियो गत महिना दुबईमा छायाङ्कन भएको थियो । पुजन श्रेष्ठले निर्देशन गरेको यस म्युजिक भिडियोमा कलाकार हरु रिया श्रेष्ठ, दुर्गा क्षेत्री,केसव कट्टुवाल र पुजन श्रेश्ठ रहेका छन् भने क्यामेरामा श्री कृष्ण भट्टराई छन् ।

नेपाली संगित क्षेत्रका चर्चित गायक/संगितकार टंक बुढाथोकीको संगित रहेको यस गितका रचनाकार ज्ञानेन्द्र तामाङ हुन, नव गायक पारस लामाको दोस्रो गित “तमोर नदि गडतिर नावा खोला खेत” पनी चाडै बजारमा आऊदै छ ।