नेपाली समय:
Flash News

प्रवास बाटै कलाकारिता क्षेत्रमा पहिचान बनाउन तल्लिन मोडल दियस थापा ।

 

तिलोचन गौतम /मलेसिया ,फेेेेब्रुअरी ९

बुटवल गोल्पार्क का दियस थापा सानै बाट खेल क्षेत्र र कलाकारिता क्षेत्रमा अग्रसर र जागरुक थिए भलिबल खेल्न भनेपछि पस्केको भात सम्म छोडेर हिड्ने उनि मोजा को भकुण्डो बाट सुरु भएको उनको खेल जिल्ला स्तर सम्म पुग्यो विभिन्न रनिङसिल्ड भलिबल खेल मा धेरै क्ल्ब संघ सस्था बाट खेल को लागि हिड्ने उनि अहिले बाध्यतात्मक स्थितिका कारण वैदेशिक रोजगार को सिलसिलामा मा एक बर्ष पहिला मलेसिया आइपुगे का छन।

उनि मलेसिया आएर पनि विभिन्न स्थान मा भलिबल खेल मा सहभागि भै रहदा साथी भाइ ले म्युजिक भिडियो मा अभिनय गरेको कुरा सुनाउथे उनको पनि यो सानैदेखिको रहर भएको ले चासोको बिसय बन्न पुग्यो। एउटा साथी मार्फत उनले पनि अभिनय गर्ने मौका पाए त्यो उनको  लागि अनुभव हुन गयो सुरु सुरु मा अप्ठ्यारो लागे जस्तो महसुस हुन्थ्यो।   तर पनि ईच्छा  न हो अभिनय गरेको भिडियो बजारमा आएपछी अझै बडी हौसला मिल्यो कमि कमजोरी लाई सुधार गर्दै लौजादै अहिलेसम्म करिबकरिब एक दर्जनभन्दा बढी म्युजिक भिडियो खेलिसकेका छन ।

पछिल्लो समय मा धेरै साथीहरू ले मेरो गित मा खेलिदिनुस भन्छन् कम्पनीको काम लाई म्यानेज गर्दै समय मिलाउदै यहीँ क्षेत्रमा आफ्नो भबिस्य खोज्न तल्लीन छन एतिबेला मोडल थापा ।