नेपाली समय:
Flash News

काभ्रे सेवा समाज किन र के को लागी ? पढनै पर्ने लेख ।

उत्तम बिक,

जन्मभुमी छोडेर रोजिरोटीको लागी बिदेशीएका नेपालीहरु बिच एकता र सदभाब फैलाएर देशको बिकासमा सहयोग पु¥याउने उद्धेस्यका साथ युएईमा खोलिएका नेपालीहरुको सामाजिक संस्थाहरु झण्डै एकसयको हाराहारीमा रहेका छन । युएईमा क्रियाशिल बिभिन्न संघ संस्थाहरु मध्य काभ्रे सेवा समाज युएई पनि एक हो । सन २०१४ अगष्ट ८ तारिको दिन युएईबासी काभ्रेलीहरको उपस्थितीमा गठन गरिएको संस्थाको तत्कालीन नाम काभ्रे सम्पर्क समिति राखिएको थियो । युएईको दुबईमा रहेका केही काभ्रेलीहरुको सानो बैठकबाट शुरु गरिएको संस्थाले अहिले ठुलो फड्को मार्न सफल भएको छ । युएईमा झण्डै आठ हजारको संख्यामा रहेका काभ्रेलीहरुलाई संगठित गरि स्वदेश तथा बिदेशमा रहेका काभ्रेलीहरुको सुख दुखमा सहयोग गर्ने लक्ष्य रहेको समाजले हाल सम्म निकै राम्रा कामहरु गर्न सफल भाएको छ ।
काभ्रे सेवा समाज युएई यतिबेला युएईमा क्रियाशिल सस्थाहरु भन्दा फरक पहिचान बनाउन सफल बन्दै गईरहेको छ । युएईमा भिजिट भिषामा आएर अलपत्र परेका पिडित देखी नेपालमा बिरामी परेर उपचार गर्न नसकेकाको लागी आर्थिक सहयोग गर्दै सामाजिक कामहरुमा अग्रसर बन्दै गएको समाजले युएईमा रहेका बिभिन्न संघ संस्थाहरु संग हातेमालो गर्दै अगाडी बढन सफल भएको छ । स्थापना भएको झण्डै चार बर्षको अन्तरालमा समाजले युएईबासी काभ्रेलीहरुमा मात्र सिमित नभएर सिङ्गो नेपाल र नेपालीको लागी पनि उदाहरनिय काम गर्न थालेको छ । २०१४ अगष्टमा स्थापना भएर चार पाँच महिनाको अन्तरालमा बिभिन्न कार्यक्रमहरु मार्फत काभ्रलीहरुलाई संगठित गर्दै गएको समाजमा हाल सम्म थुप्रै काभ्रेलीहरु एकत्रित भएका छन ।
दामोदर दाहालको संयोजकत्वमा गठन भएको समाजमा दाहाल र दलचन्द्र ढकालको कार्यकाल समाप्त भएर हाल २०१७, १९ कार्यकालको लागी दिल लामाको अध्यक्षतामा १७ सदस्यिय कार्यसमिति कार्यरत रहेको छ । युईमा अलपत्र परेकी शान्ता मिजारलाई उद्धार गरि नेपाल फर्किने बाताबरण बनाउने देखि काभ्रे काशिपारि बिर्ता देउराली स्थायी घर भएका क्यान्सर पिडित कुमार पन्त र पाँचखाल घर भएका मृगौला पिडित केबी तामाड लाई लाई नगद पचास हजारका दरले एकलाख सहयोग गरेको थियो । त्यस्तै भुकम्प पिडितहरुलाई कम्बल र खाद्यन्न बितरण गर्दै देश बिदेशमा सहयोगी भुमिकामा काभ्रे सेवा समाज युएई अग्रसर रहेको छ ।


गत बर्ष नेपाली नयाँ बर्ष २०७४ को बिशेष अबसर पारेर एक बृहत सांस्कृतिक साझ आयोजना गरेर आनाथ तथा अपाग बालबालिकाको लागी नेपाली रुपैया एकलाख पच्चिस हजार आर्थिक सहयोग गरेको समाजले बिभिन्न समयमा काभ्रे देखि युएई भ्रमणमा आउने सबै काभ्रेलीहरुलाई भेटघाट तथा सम्मान गर्ने गरेको छ । कलाकार, पत्रकार, समाजसेवी नेता, मन्त्री, सर्बसाधारण जो कोही काभ्रेली युएई आएमा समाजले भेटघाट तथा चियापान र चर्चित ब्यक्तीहरुलाई सम्मान कार्यक्रम राख्ने गरेको छ । समाजमा जिम्मेवारी निर्भाह गर्दै आएका अग्रजहरुको केही भनाईहरु
काभ्रे समाजका संंरक्षक दामोदर दाहाल,
संरक्षक दाहाल काभ्रे सेवा समाज एउटा सामाजिक संस्था मात्रै नभएर युएईमा रहेका काभ्रेलीहरुको साझा घर भएको बताउछन । जहाँ सबै काभ्रलीहरु अटाउनेमा दुईमत नभएको र युएईमा मात्र नभएर समाजले स्वदेश तथा बिदेशमा समेत राम्रो काम गर्दै अगाडी बढेकोमा खुशी ब्यक्त गर्छन ।
काभ्रे सेवा समाज युएईका पुर्ब अध्यक्ष दलचन्द्र ढकाल
समाजका पुर्ब अध्यक्ष ढकाल भन्छन काभ्रे सेवा समाज जस्तो नाम उस्तै काम गर्ने सामाजिक संस्था हो । यो संस्था स्थापना संगै युएईबासी काभ्रेलीले राहात महशुस गार्ने गरेका छन । समाजले आगमी दिनहरुमा अझ राम्रो काम गर्दे अगाडी बढ्नु पर्ने बताउछन ।
समाजले गरेको आर्थिक तथा भौतिक कार्यहरु
क) युएईमा अलपत्र परेकी काभ्रेलीचेली शान्त मिजारको उद्धार गरि नेपाल पठाउन सफल ।
ख) भुकम्प पिडितको लागी समाजका संरक्षक दामोदर दाहालको नेतृत्वमा जस्ता, ब्लाङ्केट तथा खाद्यन्न बितरण ।
ग) मृगौला पिडित केबि तामाङ र कुमार पन्तलाई समाजका सदस्यहरुबाट संकलन गरि उपचारको लागी नगद रु (पचास / पचास हजारक दरले  दुईजनालाई गरि) एकलाख आर्थिक सहयोग गर्न सफल ।
घ) अनाथ तथा अपाङ्ग बालबालिकाको लागी संयुक्त अपाङ्ग केन्द्र गोकर्ण र प्रज्ञा चक्षु बालबालिका अपाङ्ग केन्द्र बनेपालाई सास्कृति कार्यक्रम मार्फत संकलन गरि एकलाख पच्चिस हजार आर्थिक सहयोग गर्न सफल ।
ङ) भिजिट भिषामा दलाल मार्फत युएई आएर अलपत्र परेका दिपक घोरासैनीलाई उद्धार पश्चात नेपाल फर्काउन सफल ।
समाजले गरेका यी माथीका मुख्य कार्यहरु हुन यस्तै धेरै कामहरु समाजले गरेका छ भने आगमी दिनमा पनि निरन्तर यस्तै सामाजिक कार्यमा समाज लागी रहने समाजका अध्यक्ष दिल लामा बताउछन । लामाले फुलबारीमा फुलेका सयौ थरी फुलहरुको माला कसरी सजिसजाउ भएको देखिन्छ त्यस्तै काभ्रे समाजमा पनि कभ्रेका सबै क्षेत्रका मानिसहरुको अगमनले समाज सुन्दर र ब्यबस्थित हुनेमा कुनै दुईमत नभएको बताउछन । युएईबासि काभ्रेली हरुको लागि सुख दुखको साझा सास्था काभ्रे सेवा समाज निकै नै आवास्यक  रहेको समाजका दुबई क्षेत्रीय  अध्यक्ष चन्द्र सागार लामा बताउछन ।