नेपाली समय:
Flash News

दक्षिण कोरिया मा एभरेस्ट म्युजिकल लाइभ कन्सर्ट ३ हुँदै ।

 

तिलोचन गौतम 

” विश्व को सर्बोच्च सिखर सगरमाथा नेपालीको सान सन्जिबनी एम्बुलेन्स सहयोगार्थ हाम्रो अभियान ” भन्ने मुल नारा का साथ सोलुखुम्बु सदरमुकाम फाप्लु स्थित फाप्लु हस्पिटल लाई एम्बुलेन्स सहयोग गर्ने उदेश्य ले रोजगारी को  सिलसिला मा दक्षिण कोरिया पुगेका सोलुखुम्बु बासी कामदाले सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया को आयोजना मा नेपाल का ख्याति प्राप्त चर्चित कलाकारहरु को सहभागीता मा एभरेस्ट म्युजिकल कन्सर्ट गर्ने भएका छन ।


नेपाली हरु को महान चाड ग्याल्पो लोसार तथा कोरियाको नयाँ वर्ष अनि कोरिया को ठुलो पर्व सलनालको अवसर पारेर फाप्लु हस्पिटल लाई एम्बुलेन्स सहयोग गर्ने उदेश्य ले दक्षिण कोरियामा हुन लागेका एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ ले त्यहाँ रहेका नेपाली कामदार लाई भरपुर मनोरञ्जन दिने दिने भएको हो । सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया कार्यक्रम आयोजक समिति का अनुसार कार्यक्रम फेब्रअरी १५ तारिखका दिन सौलमा हुने भएको छ । उक्त कार्यक्रममा कलाकारहरु गायिका मेलिना राई, शिव परियार, राज सिग्देल, मनिता राई, मिलन लामाका साथमा हास्य कलाकार संदिप क्षेत्री लगायत अन्य केही प्रबासी कलाकार हरु को बेजोड प्रस्तुति रहने एभरेस्ट म्युजिकल कन्सर्ट आयोक समिति का बुसान प्रतिनिधि प्रमिस राई ले मजदुुुर अनलााइन लाई जानकारी   दिए ।

कार्यक्रम को लागि सम्पुर्ण तयारी भैसकेको र कार्यक्रम ले भब्यताका साथ सफलता पाउने र दर्सक लाई भरपुर मनोरञ्जन दिलाउने बिश्वास कार्यक्रम आयोजक समितिले लिएको छ ।