नेपाली समय:
Flash News

सांसद जगत सिम्खडा ः सांसदलाई होईन भूमिहिन र सुकुम्बाशीलार्ई निशुल्क जग्गा दिनुपर्छ

हेटौँडा । प्रदेश नम्बर ३ का सांसदहरुलाई छूटमा जग्गा दिने हेटौंडाको स्थानिय निकाय तथा निवासका लागि हेटौँडा कपडा उद्योग उपलब्ध गराउने थाहा उपमहानगरपालिकाको योजना धरापमा परेको छ ।
प्रदेश नम्बर ३ का सांसदहरुले नै विरोध गर्न थालेपछि यो तयारी विवादमा परेको छ ।
सांसद तथा अखिल नेपाल टे«ड युनियन महासंघका महासचिव जगत सिम्खडा भन्छन ‘केही सञ्चार माध्यममा यस्तो तयारी भएको सुनेको छु । यो तयारी आफैमा बदनियतपूर्ण ढंगबाट आएको छ । यदि यो कार्यन्वयन भए नीतिगत भ्रष्टाचार हुनेछ । हामी सांसदहरुलाई होइन ,यहाँका भूमिहिन, मजदुर र सुकुम्बासीहरुलाई यहाँको स्थानिय निकायले निशुल्क जग्गा उपलब्ध गराओस्,’ धादिंग क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश नम्बर २ का निर्वाचित माओवादी सांसद जगत सिंखडाले भने, ‘हामी यस्तो जग्गा वा निवास लिँदैनौँ ।’


उनले यदि यहाँको स्थानिय निकायले जग्गा उपलब्ध गराउने र सांसदलाई निवास उपलब्ध गराए सांसदमा विरोधमा आवाज उठाउने चेतावनी समेत दिएका छन् ।
यो प्रसंगलाई अझ प्रकाश पार्दै उनी भन्छन ‘म यसका विरुद्ध प्रदेश संसदमा समेत आवाज उठाउँछु । जनप्रतिनिधीले यो विषयमा बोल्नु पर्छ । जनताको सेवा गर्ने शपथ खाएकाले पहिलो सुविधधा जनतालाई दिनुपर्छ उनीहरुलाई नै केन्द्रबिन्दुमा राखेर योजना बनाउनु पर्छ ।
हेटौँडाको स्थानिय निकायले सांसदलाई ४० प्रतिशत छूटमा जग्गा उपलब्ध गराउने र थाहा उपमहानगरपालीकाले हेटौँडा कपडा उद्योगको भवन निवासका लागि उपलब्ध गराउने तयारी गरेको समाचार सार्वजनिक भएको थियो ।
सांसद सिंखडाले बन्द भएको हेटौँडा कपडा उद्योगलार्ई पुन सञ्चालनमा ल्याई निजामती कर्मचारी,सेना, प्रहरी लगायतलाई अनिवार्य स्वदेशी उत्पादनमा लगाउन प्रेरित गर्ने । हेटौंडा कपडा उद्योगबाट रोजगारी गुमाएका मजदुरलाई पुन रोजगारी दिनुपर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
–दियो पोष्टबाट साभार